• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८३४ - लेनदेन

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/28 ८३

अ.द.नं. ८३४-२०११,

दे.फौ.पु/रीट नं. ७२९/१२७७

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं १२७७

मुद्दा- लेंदें


अपिलाट् जि. वारा प्र कोट मौजे अमलेखगन्ज बस्ने शेरबाहादुर श्रेष्ट

विपक्ष विरगञ्जबजार बस्ने वंसिधर माडवारी


इजलास

श्रीमाननिय न्यायाधीश  भैरवराज पंतोपाध्या

फैसला

प्रत्येवादी वंसिधरको छोरा रामचन्द्रले नं १७७ को मटर धीतो लेखी लिएको कं रु ३०३ को सावा ब्याज भराई पाउ भंने शेरबहादुरको वादी रहेछ।

मेरो मंजुरीबेगर लिएको हुदा मैले तिर्न पर्ने होइन भंने वंसिधर माड्बारीको प्रत्येवादी रहेछ। ०९।२।२ गते विरगञ्‍ज  अमीनीबाट सो कंरु ३०३ र त्यसको ब्याजस्मेत बंसिधरको जायजातबाट भराउने गरेकोमा कटरवन अपीलबाट अमिनीको इन्साफ केही उल्टाई नं १७७ को धितो लेखीएको मटरबाट भरी पाउने ठहर्छ भनी ०९।७।६ गते फैसला गरेको रहेछ।

बाबु वंसिधरकै जायजातबाट भरी पाउनुपर्छ मोटरै छैन भन्‍नेसमेतको शेरबहादुरको अपिल रहेछ।

उपरोक्त मुद्दामा अपिलाटको वारेसलाई राखी बुझ्दा नं १७७ को मटर धितो लेखी रुपैया दिएको देखिएको स्व मटर असामी वंसिधरको छोरा रामचंडकै नाउमा दर्ता छ भनी विरगञ्‍ज गोस्वराले ज्वाफ दिएको र स्व मट्टर वंसिघरकै जिम्मामा छ भनी वादी शेरबहादुरले प्रमाण दिन नसकेकोबाट समेत कटरवन अपिलले गरेको इन्साफ शदर छ अपिलाट् शेरबाहादुर के इन्साफ पारी फैसला गर्ने हाकीं उपर अपिल गरेमा हा का १० नंका ऐनले सुरु डंड अपिलबाट केही नभएकोले तजबिज कंरु १। यक दंड हुन्छ बेरुजु हुदा तहसिलमा लगत दि मिसिल मिसिल फाट्‌मा बुझाई दिनु।  

भैरवराज पंत

   न्यायाधीश

सम्वत् २०११ साल मार्ग २८ गते रोज २ सु

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563