निर्णय नं. ८३५ - नीकास बाटो
अ.द.नं. ८३५-२०११,
दे.फौ.पु/रीट नं. ३३०/१०७
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
ठा.नं. १०७१
वादी नीवेदक का.ई. छेत्रपाटी धोबीचौर बस्ने बीस्नुकुमारी राणा
विपक्ष प्रतेवादी का.ई.पकनाजोल बस्ने मे.क.नरेन्द्रबीक्रम राणा
मुदा -नीकास बाटो
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. बी.एल.
श्रीमाननीय न्यायाधीस महेन्द्रबाहादुर महत क्षत्रृ
फैसला
यस्मा हामीहरुको रछान ससि विक्रमका चर्पी पछाडीको ढोकाबाट लाने गरेको नीकास बाटो भतिजा नरेन्द्र वीक्रमले पर्खाल लगाई बन्द गरी दीये खुलाई पाउ भन्ये नैनकुमारी बीन्तीपत्रको बेहोरा माष्टर दुर्गाप्रसादको र क.प. ससी वीक्रम राणाको नक्सा पास मुद्दा जाहेर गर्न ल्याऊदा बीस्नु कुमारीको छोराले भीम वीक्रम नैन कुमारीको छोरा नरेन्द्र वीक्रम राषी म्युनीसीपल मुद्दा नक्सा फाटले जाहेर गर्दा नीकास मैले पर्खाल लगाई बन्द गरेको हैन सो रछां सफा गर्ने नीकास बाटो सो रछान संगै थीर वीक्रमको रछानतर्फको गारोमा सावीक ढोका भै सोही ढोकाबाट रछान लाने गरेको सो ढोका म हिन्दुस्थान गयेका बखत बन्द गरे ढोकाको नीसा छ भन्यस्मेत नरेन्द्र विक्रमले बिन्ती चढायको हुनाले सो कुरा हो हैन सरजमीं जाची बुझी भीम वीक्रमको रछानतर्फको गारोमा साबीक ढोका वा ढोका भयेको नीसाना देखिन आयो भने सोही ढोका कायम गरी नदीनु सावीक ढोका नीसान देखिन नआये क.प. ससी वीक्रमको नीकास बाटो संग मिलाऊनलाई मे.क. नरेन्द्र वीक्रमले लगायको पर्खाल चाहीने जति भत्काइ निकास बाटो खुलाई दीनु भन्य १ छापे भयको रहेछ।
वभरसीयरलाई नक्सा जाच गरायमा भीत्र छेडीमा नक्सा मै देखाय बमोजीं पुरानो काठ देषीयको तर सो गारो हाल सालको नभै पुरानै देषीयकोले नीसानाबाट सो ठाउमा ढोका रहेको देषीदैन पर्खाल नया बनाये जति नक्सामा देषायेको छ भनी लेखि नक्सा भै आयेको रछान ससी वीक्रमको चर्पीतेरका ढोकाबाट लैजाने गरेको नरेन्द्र वीक्रमले वभर सीयका लेखाईबाट पनी ढोका चौकोस नदेषी पुरानो गारो देषीयकोले रछान संगै ढोका भयको भन्य नरेन्द्र वीक्रमको दाबी पुग्न सक्तैन क.प.ससी वीक्रमको नीकास बाटो संगै मीलाइलान लाई चाहीने बाटो जति पर्खाल भत्काई दीनु भनी नरेन्द्र वीक्रमलाई सुनाई दीने सो बमोजिं गर्न लाऊनु भनी म्यूस्यांनीटे सं लाई जनाऊ दीने स्मेत ठहराई ०६।७।२४ मा म्यूनीसीपल मुद्दा नक्सा फाटबाट फैसला गरेको रहेछ।
सरजमींमा गै हेर्दा स्व पश्चींको गारोमा भीत्रीतर्फ क्रोपु जस्तो काध १ रही त्यसको मुनी हाफ ञ्याल जस्तो कीसीं भै छेट्को जोनी नमीली दावि फरक भै रहेको बाहीर तर्फ भने सो कीसींको केही चीनो नदेखीयकै मीलांको गारो भै ढोका रहेको नीसाना नदेखियको ढोका भयेको भये बन्द गरेको चीन्ह भीत्र बाहीरबाट देखिनु पर्ने नदेखीयकाले इन्साफ म्यूनीसीपल नक्सा मुद्दा फाटको मनासीब गरी ०६।१२।२८ मा म्यूनीसीपल गोश्वाराबाट फैसला गरेको रहेछ।
बुझीयका सरजमींहरुको कुरा यकै मीलां भै फरक देखियको त्यस्तो नीकास बाटो बन्द गरी पर्खाल लगायको भये मौकैमा उजुर गरी पर्खाल लगाऊनै रोक्नु पर्ने सो गरेको नदेखियको रछान रहेको ठाउ नजीकको गारोमा अघी ढोका रहेको भनेको ठाऊमा गै जाच्दा पनी अरु गारो सरह मीलांको गारो नदेखियकोले सावीक ढोका रहेको देखिनाले नैनकुमारी बीस्नु कुमारीको ऊजुर झुट्टा र सुरु गोश्वाराले गल्टी गरेको ठहर्छ भनी ०९।८।२ मा प्रधान न्यायालय पैला फाटबाट फैसला गरेको रहेछ।
वीस्नु कुमारीले दीयका बीन्तीपत्रमा भयका आदेश बमोजिं दायर भयको यो मुद्दा उजुरवालाको वारेस कोश बाहादुर र नरेन्द्र वीक्रम राणालाई राषी बुझ्दा।
नक्साबाट का.प. भीम वीक्रम राणाका रछान देखी पश्चींको नीज भीम वीक्रमको घरको गारोमा पुरानो काठ देषीयको भनी लेषीयको र नरेन्द्र वीक्रमले नया पर्खाल निकास बाटो बन्द गरे भनेका पर्खाल देखी उतरमास्टर दुर्गाबहादुरको हकको बारी भै आफु आफु हका छुताई पर्खाल लगायको देखिनाले स्मेत इन्साफ प्रधान न्यायालय पैला फाटले ठहराई छीनेको मनासीब दोहरायमा बीस्नु कुमारी राणाके सुरु डंड मोरु । २५ को हाकींका नाऊमा कराऊनेका ११ नं ले सैक्रा १० ले मोरु ।२।२ दुई पैसा दुई दाम डंड हुन्छ वारेसहुदा ञैन सवालको रित पुर्याई असुल गरी अदालत तहसिलमा लगत दी मीसील मीसील फाट्मा बुझाइ दीनु ।
महेन्द्र बहादूर हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधीश
ईती सम्वत २०११ साल मार्ग २९ गते रोज ३