• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८३६ - जगा वाली

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/30 १२८

अ.द.नं. ८३६-२०११,

दे.फौ.पु/रीट नं. ३९४/४९९

  प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं. १३१९

मुद्दा -जगा बाली


अपीलाट्-वादी रामभद्र मरी सकार गर्ने जैभद्र मीश्र जी. सर्लाही प्र.असीभौ मौजे पर्सा पछवारी ---

विपक्ष प्रतेवादी भुईला ग्वारस्मेत जी. सर्लाही प्र. असीभौ मौजे खैरवनी


ईजलास

श्री माननीय प्रधान न्यायाधीश महेन्द्र बहादुर महत छेत्री

फैसला

येस्मा मेरा नाउमा दर्ता भयेको बहुअर्वाको ५१० नं. को जगा कट्ठा ।३।४ नं. ८४४ को कट्ठा ।३।४ र नं. १०५८ को कट्ठा ।१। मध्ये ऽ३।।६ मध्ये पूर्वतर्फबाट जगा धुर ऽ२१ मा फुस्को घर डेरा बनाई अरुमा धां रबी बालीस्मेत लगायेको पाकी तयार भयेको बाली काटी कटाई षाई दीयेका र ७।१।२६ गतेका दीं मेरो घर डेरा स्मेत कुशेश्र्वरले लगेकाले  माग्दा नदीयकाले बीगो कंरु ५९२।। भराई जगाको टंटा छुटाई चलं चलाई पाउ भंने स्मेत बेहोराको राम भद्रको बादी रहेछ।

वादीको ८४४ नं को जगा ५ सालको बाली देषी बटैया सकार गरी लीयेको तयार भयेको बाली आधा कुसेश्वरले लगेकाले बीगो मैले तीर्न नपर्ने भन्‍ने भुइला ग्वारको प्रतेवादी रहेछ।

वादी लेषबाटै  उजुर गर्ने हदम्याद नाघी सकेको देषीयकै छ वादीको ५१० ˟८४४ नं. को जगा वन झोरन मार्फत अवाद गराई बादीले बाली षायेकै छ १०५८ नं को जगा वादीको नहुदा वादी झुट्ठा हो भंने स्मेत बेहोराको कुसेश्वरस्मेतको प्रतिवादी रहेछ।

१०५८ नं को जगा फकीराले रामबदलाई बीक्री गरेको देषीयेका बादीको म्याद भीत्र उजुर स्मेत नभयेकाले वादीको उजुर झुट्ठा ठहर्छ भंने सर्लाही अमीनीको ०८।११।६ गतेको फैसला रहेछ।

१०५८ नं को जगा वादीको हो भंने श्रेस्ताबाट नदेषीयको बाली लुटे भनेतर्फ सबूद गुजार्न नसकेकाले ईन्साफ सुरुको मनासीब भंने महोतरी अपीलको ०९।८।२६ को फैसला रहेछ।

प्र भूइलाग्वार सावीतै भयेको बाली षाय नषायेमा सरजमीं बुझ्न पर्ने भयकाले स्मेत ईन्साफमा चीत्त बुझेन भन्‍नेस्मेत जै भद्रको अपील रहेछ।

येस्मा जै भद्रको धरौटी अपील परी पेस हुन आयेको बुझ्दा वादी दाबीको १०५८ नं को जगा बादीको हो भंने कुरा वादीले कुनै सबुद प्रमाण गुजार्न नसकेकाले घरको बीगो र घर बनेको भनेको सो १०५८ नं. को जगा बादीले नपाउने गरेको र ५१० ˟८४४ नं को २ कीत्ता जगाको हकमा प्रतेवादीहरुले पनी वादीकै हो भनेकाले सो २ कीत्ता जगा वादीको ठहरायको ईन्साफ सुरु र अपीलको मनासीब छ बालीका हकमा  मेरो कमाई काटी लगे भनेको हुदा लुटपीटको हदम्याद लाग्नेमा मीती नषुलेको दावी गरेको बालीहरु  पाकी काट्ने यामको वीचारबाट आर्को साल ०७ साल श्रावण १२ गते मात्र नालेस परेकाले म्याद नाघेको उजुरबाट ईन्साफ गरी दीन नहुने षारेज हुनेमा मीती नषुलेबाट दर्ता हुन गयेको गल्ती अडा कै हुदा वादीलाई जरीवाना लाग्दैन फीर्ता दीने र त्यस्तो षारेज हुने नालेस ली इन्साफ गरेकाले सुरु र अपीललेस्मेत अैंन छाडी काम गरेको ठहर्छ सो ठहर्नाले तपसीलका कुरामा तपसीलै बमोजीं गर्नु ।

तपसील

वादी रामभद्र मरी सकार गर्ने जैभद्र मीश्रके नीजलाई सुरु सर्लाही अमीनीका ०८।११।६।२ का फैसलाले गर् गरेको डंड कंरु ५८। माथी लेषीये बमोजीं नलाग्ने हुदा असुल भये फीर्ता र नभये ब्यहोरा जनाई लगत काटी दीनु भनी सर्लाही अमीनीमा लेषी पठाउन तहसीलमा लगत दीने ----------------------------------

माथी ईन्साफ षंडमा लेषीय बमोजीं षारेज गर्नु पर्ने कुरामा षारेज नगरी ईन्साफ गर्ने देहायेका अडा अडाका मानीसके अैन छाडी काम गरेको भंनु पर्दा अ.वं २८९ नं ले तजवीजी कंरु/एक आना का दरले जरीवाना हुन्छ असुल गर्न तहसीलमा लगत दीने-

महोत्तरी अपीलका हाकीं सुब्बा ईन्द्रप्रसाद पाध्या पूर्व २ नं मंथलीके कंरु एकआना----/

सर्लाही अमीनीका हाकीं नासु वषतमानसींह श्रेष्ट का.ई. जुध्द सडकके कंरु एकआना---/

अपीलाट वादी जैभद्र मीश्रके महोत्तरी अपील उपर येस अडामा अपील गर्दा तारेषमा रहन नपर्ने गरी कंरु ।।/।। साल ०९।१०।१२।१ मा महोत्तरी अपीलमा धरौट राषेको देषीयकोमा नीजलाई सुरुले गर्ने गरेको डंड नलाग्ने भयेका ननीजलाई सुरुले गर्ने गरेको डंड नलाग्ने भयेकाले अपील गरे बापत हाकींका नाउमा कराउनेका १० नं बमोजीं तजबीजी कंरु १ ।यक रुपैया डंड हुनेमा महोतरी अपीलमा धरौट रहेको सो कंरु ।।/।।कट्टा गरी बाँकी कंरु ।/।। पाँच आना दुई पैसा बेरुजु हुदा अैन बमोजीं असुल गर्नु भनी सर्लाही अमीनीमा लेषी पठाउन तहसीलमा लगत दी मुद्दा छीनीयेको बेहोराको नीज अपीलाटलाई  जनाउ पठाइ मीसील प्रधान न्यायालय मीसील फाटमा बुझाई दीनु।

 

 

 

 

महेन्द्र बहादूर महत्

                                            न्यायधीश                               

इती सम्वत २०११ साल मार्ग ३० गते रोज ४ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..