निर्णय नं. ८३७ - कबुलीयेत गराई पाउ
अ.द.नं. ८३७-२०११,
दे.फौ.पु/रीट नं. ७८५/९
नेपाल प्रधान न्यायालय फुल बेञ्च
मु नं १८३०
मुद्दा – कबुलीयेत गराई पाउ
अपीलाट-बुटौल तप्पे गौडा मौजे तीतीरलां बस्ने अलकु धोबीस्मेत
वीपक्ष-ऐ.ऐ. बस्ने ज्मी अंबीकाप्रसाद तेवारी
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए.बी.एल
श्रीमाननीय न्यायाधीस प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबाहादुर राणा
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या
श्री माननीय न्यायाधीस महेन्द्रबाहादुर महत छेत्रृ
श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह बी एस्सी बी.एल
फैसला
येस्मा ५ सालका खड्गनीसाना बमोजीं ६ साल देषीको पोत अरु रैतीले सकार गरे बमोजीं ई वादीवाला रैतीले बुझाउन मञ्जुर गरे वादीवालाहरुले सकारी जगा कमाउन पाउछ मंजुर नगरे ज्मीदारले षुस गर्न पाउछ भंने षड्ग नीसाना भये बमोजीं अरु मौजाका रैतीहरुलाई कबुल गराउदा कची वीगाहा १ को धान मं ६ छ का दर्ले बुझाउने कबुल गरी कागज गरी दीएकोले सो बमोजीं कबुल गर्ने भए गर्नु भनी ई वादीवालाहरुलाई सुनाउदा मञ्जुर नगरेकोले षड्ग नीसाना बमोजीं बकुलीयत गराई पाउ भन्ने ज्मीदार अंबीका प्रसादको बींतिपत्र बयां रहेछ।
हामीले कची वीगाहा १ को कंरु २। का दर्ले बुझाउने गरी रेसमराजलाई कबुलीयेत गरीदीयकोले सो बमोजीं गरी बुझाउनमा मञ्जुर छौ बढी बुजाउनमा मंजुर छैनौ भंने अलकु धोवीस्मेतको बयां रहेछ।
बुझीयेसम्मका प्रमाणबाट षड्ग नीसाना बमोजीं अरु रैतीले सकार गरेको पोत बमोजीं प्रतेवादीहरुले सकार नगरेकोले षड्ग नीसाना बमोजीं वादी ज्मीदारले जगा षुस गर्न पाऊने ठहर छ भनी पीकराज तौलीहवा गोश्वाराले फैसला गरेको रहेछ।
तारेषमा रहेको वादी अंबीका प्रसाद र प्रतेवादी अलकु धोवीलाईस्मेत राषी यो मुदा बुझदा प्रतेवादी अंवीकाप्रसाद इनै बादी अलकु धोवीस्मेत भयेको पोत कायं गरी पाउ भंने मुद्दामा ईनै प्रतेवादी अलकु धोवीस्मेतले कची वीगाहा १ को कची धान मं ३ र नगदी बुझाये कची वीगाहा १ को कंरु ४ का दर्ले तीर्नु बुजाउनु पर्ने ठहरी आजै फैसला भएकोले सोही बमोजीं पोत कायै गरी कबुलीयेत गर्नु गराउनु भनी वादी प्रतेवादी दुवैथरलाई सुनाइ दीने ठहर्छ वादी प्रतेवादी कसैलाई केही गर्न पर्देन मीसील मीसील फाटमा बुझाई दीनु।
भगवतीप्रसाद सिंह महेन्द्रबहादूर महत भैरवराज पंत प्रकाशशम्सेर हरिप्रसाद न्यायधीस न्यायाधीस न्यायाधीस न्यायाधीस प्रधान न्यायाधीस
ईती संवत् २०११ साल मार्ग ३० गते रोज ४ सुभं