निर्णय नं. ८३९ - जग्गा वाली
अ.द.नं. ८३९-२०११,
दे.फौ.पु/रीट नं. ७३०/३२९
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं. ३२९
मुद्दा – जग्गा बाली
अपिलाट का.प.ई. पनौती चामखर्क बस्ने सोनाम सिं तमां -
विपक्ष-का.प.ई पनौती चामखर्क बस्ने मु चक्रबाहादुर खत्री क्षेत्री --
इजलास
श्रीमाननिय न्यायाधीश महेन्द्रबाहादुर महत क्षत्री
फैसला
यै प्रत्येवादीसंग मुद्दा परी ०६।९।१८ मा का.प.अ.बाट जिती पाएको जगाको गहु र उतिसको रुख रुखस्मेत प्रतेवादीले ०७ साल वैशाख १७ गते लुहो बिगो मोरु २८ भराई जग्गास्मेत चलन चलाई पाउ भंने मु. चक्रबहादुरको वादी रहेछ।
०६।९।१८ गते वादीको र मेरो जगा छुट्टाछुट्टै ठहरी फैसला भएकोले आफ्नो जगाको वाली खायेको छु दाबी बमोजीम गरेको छैन भंने सोनाम सिं स्मेतको प्रत्येवादी रहेछ।
दाबी बमोजीं लुटपिट गरी बाली खाएको र रुख लुटेकोस्मेत ठहराई काभ्रे पलाञ्चोक अदालतबाट ०७-११-२९ मा फैसला गरेको अपिल पहिला फाटबाट ०९।२।१६ गते मनासिब ठहरायको रहेछ।
अपिलले गरेको इन्साफमा चित्त बुझेन भंने सोनामसिंको अपिल रहेछ।
उपरोक्त मुद्दामा अपिलाट्लाई राखी बुझ्दा वादीको उत्तिसको रुख स्मेत प्र. सोनाम सिंले लगेको भए गहु लगेको हो भनी बकपत्र गर्ने प्रत्येवादीको साछीले स्व रुख पनी लगेको हो भन्नु पर्ने स्व साछी प्रत्येवादीको भै कन पनी प्रत्येवादीले नै गहु लुटी लगेको हो भनी लेखी दिएको देखीयबाट स्व साछीलाई सक्कली सम्झनु पर्ने र सक्कली सम्झनुपर्ने र सक्कली साछीले नै रुख लगेकोहोइन भनी लेखी दिएको मिसिलबाट देखीयकोले उत्तीसको रुखहरुसम्म प्रत्येवादी सोनाम सिंले लुटी लेको ठहर्दैन अरु सुरु अपिल्का फैसलामा लेखीयका बूदा प्रमाणबाटस्मेत इन्साफ अपिल पहिलाको मनासिब ठहर्छ।
केहि इन्साफ उल्टीमा अपिल पहिलालाई पछी अपिल गरेमा अपिलाट्लाई र बढी बिगो दाबी गरेमा छलफलमा रहेका वादी समेतलाई केहि गर्नु पर्दैन तपसिल्मा लेखीएको कुरामा तपसिल बमोजीं गरी मिसिल मिसिल फाटमा बुझाइ दिनू।–
तपसिल
प्र सोनाम सिं तमांबाट का.प.अ. का ०७ साल फाल्गुं २९ गते रोज २ का फैसलाले वादी मु चक्रबहादुरलाई जम्मा मोरु २८। भराई दिने ठहराई फैसला भएको अपिलबाट पनि सदर भएकोमा हाल इन्साफ खण्डमा लेखीए बमोजीं उत्तीसको रुखको बिगो मोरु ९ । नौ भनी नपाउने ठहरेकोले स्व मोरु ९।– कटाई बाकी मोरु १९।– मात्र निज मु. चक्रबहादुरलाई सोनाम सिंबाट भराई दिनु भनी तहसिलमा लगत दिनू।-
महेन्द्रबहादूर महत्
न्यायाधीश
सम्वत् २०११ साल पौष १ गते रोज ५ सु