• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २० - जगा हटक

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/२४ १८१

अभिलेख दर्ता नं.२०/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.१३/६६२

 

नेपाल प्रधां न्यायालय डीवीज्यं ब्यांञ्च

दा.नं.६६२

मुद्दा जगा हटक

 


अपीलाट प्रतेवादी : टुमलाल अग्रहरी बनीञा धनौरा तप्पे मौजे ठुलो बर्गदवा १


वीपक्ष्य : कंसमती वडाइनी तप्पे धनौरा मौजे तौलीहवा बजार १


 

ईजलास

श्रीमाननीय प्रधां न्यायाधीस हरीप्रसाद प्रधां एम.ए.वी.एल

श्रीमाननीय न्यायाधीश भैरव राज पन्त उपाध्याय

 

फैसला

कंसमती वडाईनी संगको जगा हटक गरयौ भंने मुद्दा १ जगा वाली मुद्दा १ तौलीहवा अमीनीमा डायर भएको दर्षास्तमा बस्ता कसंमतीको बीन्ती चढाईमा भएको हुकुं प्रमाङ्गी वमोजिं वि मुद्दाहरू सदर मामीला नीकसारीले जाहेर गर्ने भये पछी सदर मामीला निरुसारीले ०७।३।२० मा मलाई दियका १५ दिने म्यादमा हाजीर हुन नसकाले यक तर्फी वाट ०७।६।२२।१ मा मलाई हराई षड्ग नीसाना फेसला गरेकोले ०७ सालका आन्दोलनका टापमा म्याद गुज्रेको हुदा स्व म्याद थामी दुवै मुद्दामा ईनसाफ पाउ भन्ने टुमलालको नीवेदन पत्रमा दुवै थर झगडीया राखी जाहेर गर्नु भंने आदेस वमोजिं कंसमतीलाई स्मेत झीकायकोमा उजुरवाला टुमलालको वा हसमत मुसलमानले लियको ०९।६।२० को तारेष दोश्रा पटक पारी गुजारेकाले कंसमतीको वा चंन्द्रीका प्रसादको तारेष टुटाई यो उजुरी अ.वं.२२६ नं का अैं बमोजिं डीसमीस गरी दीनु डीसमीस गराय वापत ईन्साफ सदर भयमा हा.का. ११ नं. ले सुरु दंण्ड कं रु.१४५। को दसौद कं.रु १४।।२ का अ.वं.२२८ नं ले सैक्रा ५ ले कं.रु ।।३ दण्ड गर्नु बेरुजु हुदा अ त दे मा लगत दी यही वादी कंसमतीको टुमलालको यही झग्गडा परेका जगाको वाली भरी भराउ गरी पाउँ भंने मुदा र जगा चलं चलाई पाउँ भंने मुदा वुटौल अपीलमा डायेर भएकोमा यो ऊजुर डायेर भयपछी टुमलालका दरखास्तवाट यो जगा हटक मुद्दाको टुंगो लागेपछी यस बुटौल अपीलमा परेका र मुद्दाको तै वाट अर्ने भनी वुटौल अपीलले स्व २ मुद्दा मुलतवी राषेको प्रमाणमा आउको मीसीलवाट देषीएकाले स्व मुलतवी रहेका मुद्दामा कंसमती स्मेत ज जस्का नाउमा जनाउ दिनु पर्छ दी मुलतवी जगाई तैकात गरी दिनु भनी यि मुलतवीका मुद्दाहरू र यो जगा हटक र आजैका मीती डीसमीस भयका जगा वाली मुद्दाका अरु मीसील स्मेत वुटौल अपीलमा पठाई दीनु ।

 

न्यायाधीश                                              प्रधां न्यायाधीश

ईती सम्वत् २००९ साल माघ २४ गते रोज ६ सुभं ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..