निर्णय नं. ८७७ - जगा जालसाजी
अभिलेख दर्ता नं ८७७
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.१४६५
मुद्दा जगा जालसाजी
अपीलाट प्रतेबादी तापलेजुं भैवा खोला चीत्रे डाडा बस्ने बाहादुर सीं तामां १
विपक्ष्य-बादी ऐ ढुंगे सागु बस्ने नरबाहादुर लींबु १
ईजलास
श्री माननीय न्यायाधीस भैरवराज पंत ऊपाध्या
फैसला
लोग्ने नरबीर ७५ सालमा पर्लोक भयेबाट घरमा अरु जानीफकार कोही नभयेकोले लोगनेका नामको जीम्मावाली दामकामस्मेत मैले गरी चलाई आयेकोमा ७।८ पुस्ता ताढाको नाती नाताको अंयाये मध्येको बीक्रं बराबर म भयेमा आई तीम्रो खेतीपाती लर लगानीजींमा तालुकी दामकाम गर्न तीमीले नसकेका खंडमा मलाई भन्नु म गरी दीऊला भनीहरबषत आईहरेक कीसींको कुरा गर्ने गरेको नीज बीक्रं लेषापढीको स्मेत सीपालु ताठोबाठो हुनाले सुधनु परेको कुरा नीज बीक्रंसंग सोधी बुझी काम गर्ने र जींमाको दामकामस्मेत नजीकको हकदार नभयेपनी बीक्रंलाई दामकाम गरायेकोमा मालमा तीरो दाषेल गर्न वारेसनामा चाहींछ भंने भां पारी षाली कागजमा २।३ ठाऊमा मेरो सहीछाप गरायेको थीयो तीरो मालमा नबुझाई पजनी गरायेछ आईमाई हुँदा ऊजुरबाजुर गर्न नसकी चुपलागी बसेकी र लोग्ने मरेपछी मेरा कीमत आमबोटेको सींसार भंने समेत कं रु ५५०० चांचुंमा लालबहादुरलाई भोग बंधकी पास गरी जगा भोगायेकाको यही आषाढ १० गते नीज लालबहादुर भयमा अंन्याये मध्येको हर्कमान बाहेक बीक्रं स्मेत भै हर्कमनीको हक चलंको ज्मै जगा मेरो हक भयेकाले तीमीले हर्कमनीबाट भोग बंधकमा खायेको जगामा वढथप कंरु २९९ मलाई दीनुपर्छ भनी करकापवाट कंरु २९९ बढथप लगेको भनी नीज लालबाहादुरले मसंग आईभनेको मैले लेषत गरी नदीयेको लोगने मरेपछी मैले डील्लीराम चुक दाहालबाट कंरु ७०० कर्जी ली मेरो लोगनेको नाऊमा मोहीया दरता भयेको आमबोटे खेत भोगवंधकमा दीयेको सो थैली अंन्यायेहरुका मीलेमतबाट तीरी हर्कमनीको छोडपत्रबाट हक भयेको भनी २००४ सालको बालीलाई कंरु १५४५ मा वीक्रंले बाहादुर तामांलाई भोगवंधक दी सो जगाको बाली नैनवाहादुर कुलबाहादुर बीक्रं र मस्मेत ४ जनाले लुटीषायो भंने नालेस पारी बीक्रं र मेरो वारेसद्वारा प्रतेबादी पारी नैनवाहादुर कुल बहादुरले बाली लुटी खायेको ठहरछ भंने फैसला गराई अपील ऊजुर स्मेत नगरी म्याद गुजारी बसेकोस्मेत सबै कुरा हालमात्र थाहा पायेकोले नीबेदन गर्न आयेको छु बीचबीचमा म्याद तामेल गरी मुदा हारजीत गरदैमा मेरो हक नजाने भयेकोले मैले छोडपत्र गरी दीयेको भय पास हुनु पर्ने पास नभयेबाट जालसाज भंने येथार्थ भयेको र ३ पुस्ताको हकदार लालबाहादुर नरबाहादुर छदै ७।८ पुस्ताको नीज बीक्रंलाई अैंले धर्मपुत्रस्मेत राषन नहुने हुनाले २००१ सालको मीतीपारी गरेको छोडपत्र बदर गरी मेरो हक सदर गरी पाऊ भंनेस्मेत ०६।३।२९।३ को बादी बयां ।
सो आंबोटे खेत हर्कमतीका लोगनेले यी ..... लाललाई दीयेको नीजबाट तीले प्रसादले ली नीजबाट डीलीरामले थैली तीरी ल्याई हर्कमतीले बढ्स्मेत खायेको सो थैली हर्कमती बीक्रंले तीरी ल्यायेकाले मैले कंरु १६४५ नीजहरु दुबैलाई डीयेको हर्कमती मरेपछी मेरो हक भनी बीक्रंले भनेको बीक्रं सुभांगीस्मेत भयेको हुदा बिक्रं आगेमा र फडकेमा हर्कमतीस्मेत साछी राषी पास गरी लीयाको हुं लेषीयेका जगाको बाली नैन बाहादुरस्मेतले लुटेमा बादी र दातास्मेत ऊपर ऊजुर दीन परी दीयेको जालसाजी गरेको होईन भंने ०६।११।२२।१ को प्र. बयां ।
जगाको मुष्ये हक बादी हर्कमतीको देषीयेको तेस्तो मानीसलाई आगेयेमा नै राष्नु पर्नेमा नराषी साछी राषेकोबाट अडामा हर्कमतीलाई लादा अडाले सोधने खंड पर्ने सोध्दा नीज हर्कमतीले थाहा पाई गरी नदीने भयेवाट तेस्तो बेरीतसंग घरसारमा साछी राषी सहीछाप गराई लगी पास गरेको रहेछ भंने देखीयेको ऊस्मा पनी ७८ साल देषी छत्रपतीलाई बंधकी दी भोगायेको जगा लेषीदीनै नहुने हुदा तेसबाट पनी लेषीदीयेको नदेषीने सो बीक्रंले बाहादुरलाई गरी दीयेको तमसुकमा डील्लीराम चुक दाहाल तीर्न लीयाको भंने बोली परेको पास हुंदा भने सो फट्टा प्रमाण पेस नभयाकोले सो फट्टा हालैमात्र खडा गरेको देषीने बाली लुटपीट्को हारजीत गरेको मुदामा हर्कमतीको वारेसद्वारा परेको प्रतेवादीमा जींमा बीक्रंले लीयेकोबाट जींमाको नाताले अघीको जींमावालको नांमा दरता भयाको रैकर षेतस्मेत बीक्रंको हक हुन गयेको भंने लेषेको तेस्तो बोली प्रतेबादीमा लेषने अवस्थै नपरेको तेस्तो बोली लेषेकोबाट पनी जसरी हुंछ हर्कमतीको हक छुटाउने बीक्रंको हक गराउने गरेको देषीन आयेको यदी तेसो होइन भंनालाई रु ११४५ मा लीयेको जगामा यकै सालमा रु १२०० बीगो कसी नालेस गरेकोमा अडाले ज्मै दीलाउने गरेकोमा नैन बाहादुर कुलबाहादुरले अपील ऊजुरै नगरेको र छोडपत्र पास भयेको स्मेत नभयेकोले हर्कमतीको हकसंम टुटाउने गरी मुदा गरेको हुंदा सो हक टुटाऊने गरेको फैसला बीक्रं र बाहादुरले लेंदें गरेको रु १५४५ को तमसुकस्मेत बदर गरी दीने भंने ०६।१।१ को धनकुटा अपीलको फैसला ।
नरबाहादुरको बाबु कुलबाहादुर छँदा छँदै नरवाहादुर कसरी नजीको हकदार थहर्ने तेतैवाट षास जाल रचेको भंने येथार्थ भयेको हर्कमतीको नजीको हकदार षास बीक्रं भयेको यो हर्कमतीको लोग्न नरबीरले नीजको भैयाद हकवाला अंसीयार बीक्रंको बाज्ये मांधोजको बाबु सुधा संसेरबाट जींमा मात्र अंश लीयेको श्रेष्ठामोठ तेरीजबाटै देषीयेकै र ऊस्मा पनी हर्कमतीको जींमा बिक्रंले ९३ सालमा १३ थुंमालवाट बाहाली लीदा नरबाहादुरले कीन ऊजुर गर्न सकेन सो नसकेबाटै बेहकको मानीस भंने यथार्थ भयको र जींमामा नरवाहादुर वा नीजको पुर्षौली दरता हुनुपर्ने सो नभयेको र लेखीयेको षेतको बाली यो नरवाहादुरको बाबु कूलबाहादुरस्मेतले लुटी खायेमा मैले नालेस गरेमा लुटी खायेकै ठहरी फैसला भये उपर अपील ऊजुरस्मेत गर्न नसकेको खाली मैले पाउने बीगो आलटाल गरी अलमल्याउनको नींतीसंम यो ऊजुर गरेको भयेको साचै छत्रपतीले ७८ सालमा भोगबंधक लीयेको भये सालसालको तीरो तीरेको रसीद पेस गर्न सक्नु पर्ने सुबा बिक्रंले बुझी नलीये द्रषास्तसाथ दाषेल गर्न सक्नु पर्ने नसकेबाटस्मेत झुट्टा दावा गरेको भंने यथार्थ भयेको हुंदा हक ईन्साफ गरी पाऊ भन्न प्र. बाहादुर तामांको ०९।१२।५ को अपील पत्र ।
यस्मा धंकुटा अपीलले गरेको ईन्साफमा चीत्त बुझेन भंने प्र बाहादुर तामांको अपील परी छलफललाई बादी हर्कमती मरी मुद्दा सकार गर्ने नरबाहादुरलाई झीकाई पेस गर्नु भंने सींगल बेञ्चका आदेस बमोजीं नरबाहादुरलाई झीकाई पेस हुन आयेको येस मुदामा दुवै थर झगडीया राषी छलफल गरी बुझ्दा बादी हर्कमती मरी मुद्दा सकार गर्दा नरबाहादुरले सकार गरेको भयेको सकारवाला नरबाहादुरको बाबु कुल बाहादुर जीबीतै भयेको मिसीलबाट देषीयेको हर्कमतीको अपुताली बाबु कुलबाहादुर छदै छोराको दैया नलागने हुनाले अ.वं. १०६ नं ले कुल बहादुरको ऊजुर बेगर सुनी हक बेहक गर्न नमील्ने भयेकाले नरवाहादुरको ऊजुर षारेज गरी दीने लेषीया वमोजीं नै खारेज गर्नुपर्नेमा धंकुटा अपीलले ईन्साफ गरेको देहायेका कलंमा देहाये बमोजीं गर्न लगत दी मीसील मीसील फांटमा बुझाई दीनु ।
तपसील
देहायेका प्रतेवादीहरुके रु ११४५ को कागज जालसाजबाट षडा गरी लीनुदीनु गरी हारनु जीतनु गरेको कृते कागजका १३ नं ले सैक्रा २५ ले रु ३८६।२५ दुवै जनालाई र लीफा लीयेका बीगो नखुलेको हुंदा विक्रंलाई कृते कागजको २० नं ले तजबीजी २० डंड हुंछ देहाये बमोजीं लगत कसी रुजु नहुदा अैं वमोजीं गर्ने भनी धंकुटा अपीलका २००९।८।१।१ का फैसलाले लागने गरेको हाल माठी ईन्साफ खंडमा लेषीया वमोजीं भै मुद्दै खारेज भयेकोले सो धंकुटा अपीलका फैसलाले लागने गरेको नलागने भयेकोले असुल भये फीर्ता र नभये बेहोरा जनाई लगत काटी दीनु भनी धंकुटा अपीललाई पुर्जी गरन लगत दीने -------------------------------------------------१
प्र मैवाखोला चीत्रे गडा बस्ने बाहादुर तामांके रु --------------- १९३।१२।२
ऐ छोटी सागु बस्ने विक्रं लींबु समेत रु ----------------------- १९३।१२।२
देहायेका प्रतेवादीहरुके जालसाज गरेमा कृते कागजका २० नं रु १० का दरले ऐ का ऐंले लागने गरेको हाल ऐ ऐ हुंदा नलागने भयेकोले ऐ ऐ भनी धंकुटा अपीललाई पुर्जी गर्ने ऐ --------------------------------------------------------------------------२
मैवा खोला दुंगेसागु बस्ने नैन बहादुर लींबुके रु -----------------१०
ऐ बस्ने कुल बहादुर ऐ के रु ----------------------------------१०
तापलेजुं आठराईकोगैरी गाउ बस्ने गंगाप्रसाद दाहाल के रु -------१०
तापलेजुंको फुंलीजीमी पोखरी बस्ने हर्कमां तामां के रु ----------१०
बादी मैवाखोला युगेसाधु बस्ने हर्कमती लींबुनीको मुद्दा सकार गर्ने ऐ बस्ने नरबाहादुर लींवुके जगा जीतेमा लीने गरेको सलामी रु १ ऐ ऐ हुदा ऐ ऐ ---------------------३
फेदाप मोराहां सुंतले बस्ने थ. छत्रपती पाध्याके बंधकी लीयाको जगा खान पाऊने भै जीतेमा भनी ऐ का ऐंले लागने गरेको सलामी रु १ ऐ ऐ हुंदा ऐ ऐ -----------------४
नर बाहादुरलाई सजाये गर्नु पर्छकी भंन हर्कमती मरी मुदा सकार गरेको हुंदा केही गरन परेन ---------------------------------------------------------------------------५
अैं छाडी कां गर्ने धंकुटा अपीलका अ.ना.सु संसेर राजवंत श्रेष्ठ के अ.वं २८९ नं.का अैं बमोजीं मोरु १। एक जरीवाना हुन्छ असुल गर्ने लगत दीने -------------------६
भैरवराज पंत
न्यायाधीस
ईती संवत २०११ साल पौष १२ गते रोज २ शुभं