• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८९१ - जग्गा

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/15 ६२

अभिलेख दर्ता नं. ८९१

२०११ सालको मि.नं

नेपाल प्रधान न्यायालय सींगल वेञ्‍च

अ.नं.-६१८

 


मोरं प्र. भाला भलेनी मौजे राजगंज सोनुवारी वस्ने सोमं झागर अपीलाट निवेदक

रेस्पोडेन्ट मौजे वेलाहा बस्ने जगननी थारु-


ऐ ऐ बस्ने वन्धु झागर

मुदा  जगा

ईजलास

श्री माननीय न्यायाधीश प्र.मा.ने.ता.ले.ज. प्रकाश सम्सेर जं.वा.रा

 

फैसला

            मौजे जगंनाथपुर मौजाका मेठ वंन्दी भीत्र जगा वीगाहा १।।।१ हाल अवाद गर्न पाऊं भनी श्री ५ महाराजाका सवारीमा नेदन गर्दा भै आयाका प्रमांगी वमोजीं १० नं फाराममा दर्ता भै ४ साल देषी ७ साल सम्म वाली लगाई षाई आयाको ०८ सालमा षंजोत गर्दा प्रतेवादीले हटक गरेकोले सजाय गरी हाल अवादी कायं गरी पाऊ भंने फेराद पत्र रहेछ ।

     वादीले दावी गरेको जगा ०७।१।३१ गते रामगंज झोरा वस्ने मेठ श्री कृष्णवाट मेरो यकाघरको भतीजा वैजनाथका नाऊवाट कंरु ५४० मा राजीनामा गराई लीयको हु जगंनाथपुर मौजाको हैन १ नं रामगंज झोराको नंवरी जगा हो भंने प्रतेवादी रहेछ .

     यस्मा ऊजुरवालाको १० नं फाराम दाषेल भयपनी अैले सम्म जाच पास र १० नं फाराममा दर्ता भै नसकेको रामगंज झोरा तर्फबाट नंबरी श्रेस्तास्मेत भीडाई हेर्दा झगडा परेको जगाको चौहदीस्मेत केही मील्न आयको जगनपुर मौजाको जगा भय फरक हुनुपर्ने

     बुझीयका सरज्मीनले रामगंज झोराको षरीद गरी ली प्र. ले भोग गरेको भंने लेषी दीयकोले रामगंज झोराको जगालाई वादीले हाल अवादी भनि झुट्टा ऊजुर गरेको ठहराई १०।४।२ गते मो.वी.गोस्वारावाट छीनेकोमा चीत्त वुझेन भंने अपील परी आयाको अपील जीकीर र मीसीलको वेहोरा स्मेत पेस भयो . यस्मा अपीलाटले हाल अवादी दर्ता गरायाको र चलं वाहाली लीयको तीरो भरो चलायको स्मेत कुनै नीसा प्रमाण अपील जीकीरमा स्मेत लेषन नसकेकोले ईन्साफ गोश्र्वाराको मुनासीव छ ईन्साफ पारी छीन्‍ने हाकीं ऊपर अपील गरेमा अपीलाट वादी सोमं झागर-१ बन्छु झागर -१ स्मेत जना २ के ज्मा सुरु डंड कंरु १ को हा.का. १० नंले सैक्रा १० ले पैला अपील हुंदा ज्मा कंरु ३।।    डुंनेमा नीजहरुले १०।५।३० मा मो.वी. अपीलमा धरौट राषेको सदर स्याहा गरी दीनु भनी तहसीलमा लगत दी फैसला भयका जनाऊ स्मेत दीनु भनी मीसील मीसील फांटमा वुझाई दीनु.  

 

 

                                 प्रकाशशम्सेर

                                 न्यायाधीस

ईती सम्वत २०११ साल पौष १५ गते  रोज ५ सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563