निर्णय नं. ८९५ - जगा वाली
अभिलेख दर्ता नं.८९५
२०११ सालको मि.नं
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ.नं.१३८५
मुद्दा: जगा वाली
अपीलाट वादी कृष्ण वहादुर खड्गा छेत्री ल.पु.ई जाउलाखेल १
विपक्ष-प्रतेवादी चन्द्रवहादुर खड्गा छेत्री समेत ऐ ऐ
इजलास
श्री माननीय न्यायाधीश भगवति प्रसाद सिंह विएस्सी वि.एल
फैसला
यस्मा मेरो मोहियानी हकको पटिया भंने वागडोल खेत रोपनि ६ को लुथागुठीको थकाली मोक्षानंदलाई साल १ को फिए पाथिले सचामुरी ६।– आठमाने पाथीले गहुं पाथी ।१२ स्मेत वुझाउनु पर्ने जगा साविक क.प.खड्ग वहादुरले भोग गरी आएको वालि वांकिमा निजको स्वास्नी जम्वुदेवीले जगा राजिनामा गरि दिएवाट वीर्तावारले मलाई कमाउन दिएकाले मेरो मोहियानीहकको ०६ सालको धानबाली प्रतेवादीले लुटी लगेकाले विगो मोरु ४६५।६६ भराई पाउ भंने स्मेत वादी रहेछ ।
सो जगा वावु खड्ग वहादुरले मोहिया भै कमाई आएकोमा अंश वापत वावुसंग खाई जिविको निमित्त सो जगा ली भोग गरी तिरो कुत तलसिंलाई वुझाई आएको र ०२ साल जेष्ठ २८ गतेको दाएदातीमा पनि यो जगा सानी आमा जम्वुदेवीले लेखिदिएकी ०१ सालका डिसमिस फैसलाले पनि सो जगा मेरो हक देखि देखिएको मेरो घर चोरी हुंदा हुलीया लेख्दा यै झगडा परेको जगाको ०४।०५ सालको वाली वुझाएको रसीद पनि हराएको सो हुलीया यै वादीका हस्तावाट लेखिएको समेतवाट राजीनामा वहालीसमेत जालसाजी खडा गरी झुट्टा नालेस दिएको हो सो जगा मेरो हक भोगको हुंदा ०६ सालको धानवाली पनि मेरै १० कर्मको हो भंने स्मेत प्रतेवादी रहेछ ।
मेरो वीर्ता जगा क.प.खड्ग वहादुर र नीजको स्वास्नी जम्वुदेवीले कमाई आएकोमा वाली बाकिमा जम्वुदेवीले जगा राजीनामा गरी दिएकिले कृष्णवहादुरलाई कमाउन दिएको छु भंने स्मेत वीर्तावार मोक्षानंदको बयां रहेछ ।
झगडा परेको जगा एकलौटी प्र. चन्द्र वहादुरको हक भएको लिखत सवुद क्यै पेस नभएको यै प्रतेवादीको र जम्वुदेवीको अंश मुदामा जम्वुदेवीले तायदाती दीदा झगडा परेको जगा ४ खंडको १ खंड यो चन्द्र वहादुरको भाग लाग्ने भंने लेखिएको फैसलावाट देखिएकाले सबै जगा प्रतेवादीको भोगमा नदेखिएको वादीकै हस्तावाट हुलीया लेखेको भंने कुरालाई लेखाउनेले भने वमोजिं लेखने हुंदा सो प्रमाण हुन्छ नभै खेत रोपनि ६ मध्ये ४ खंडको १ खंड१।। रोपनी सम्म प्रतेवादीकै हक भोगको हुदा वादीले लिएको वदर गरी दिने वाकि जम्वु देवीको हक सम्म वादीले विर्तावारसंग पाएकोले वादीकै ठहर्छ भनि ०८।४।२५ मा ल.पु.अदालतले फैसला गरेको रहेछ ।
०२ साल वैशाख १६ गतेको जम्वुदेवीको छोडपत्रवाट वीर्तावारको हकमा भै वीर्तावालाको वहालीवाट मेरो हक भएको भंने वादी दावीलाई सो छोडपत्र जालसाजी भंने प्रतेवादीको वयां भएको जम्वुदेवीले म्यादै गुजारी वसेकि र ०२।१।१६ मा छोडपत्र गरेकि भए ०२।२।२८ गतेको तायदातीमा लेखिदिनु नपर्ने लेखिदिएवाट जालसाजी नै देखीएकाले वादीले झुट्टै उजुर गरेको ठहर्छ सुरुले गल्ती गरेमा जरीवाना गर्ने भनि ०९।८।२३ मा अपील तेश्रा फांटवाट फैसला गरेको रहेछ ।
वादी कृष्ण वहादुरको र वीर्तावार, मोक्षानंदको अपील परि आएवाट नीजहरुलाई समेत राखि इन्साफ तर्फ विचार गर्दा जम्वुदेवीले जगाको मोहियानी हक ०२।१।१६ मा विर्तावालालाई राजीनामा गरी दिएकाले विर्तावालावाट मैले पाई मेरो कमाहिको धानवाली लुट्यो भंने मुख्य वादीको दावी भएमा साथै जम्वुदेवीले ०२।१।१६ मा राजीनामा गरी दिएको भए तेस भंदा पछि ०२।२।२८ गते अंश मुद्दामा नीजै जम्वुदेवीले अंश मुद्दामा ताएदाती दिंदा यो झगडा परेको जगा दिन नपर्ने दिएकी र यै जगाको ०४।०५ सालको विर्तावारले गरिदिएको रसीद चोरी भनि प्रतिवादी तर्फको हुलीया कागज वादीकै हस्ताबाट लेखिएमा वादी सावित भै वयां गरेको ०२ सालमै सो जगा वादीले पाएको भए तेस भंदा पछि ०४।०५ सालको सो जगाको रसिद चोरी भो भनि प्रतेवादीतर्फको हुलिया आफ्नो हक भोग भए सो कुरा वादीले लेख्न नपर्ने लेखेवाट स्मेत इन्साफ अपील तेश्राको मनासिव छ इन्साफ बारी छिन्ने हाकीं उपर अपील गरेमा अपीलाट वादी कृष्णवहादुरके सुरु अपीलले नै गरेको डंड मोरु ५१।५१ को हा.का. १० नं का ऐनले दसौद मोरु ५।१६ पांच रुपैञा सोह्र पैसा डंड हुन्छ रुजु हुंदा असुल गर्नु भनी र ल.पु.ई वकुंवहाल महावौध बस्ने वीर्तावार अपीलवाट मोक्षानंद शाक्य वंशके सुरु डंड मोरु ५। को हा.का. १० नं. का ऐनले दसौद मोरु ।५० पचास पैसा डंड हुन्छ रुजु हुंदा असुल गर्नु भनि तहसिलमा लगत दी मिसिल मिसिल विभागमा वुझाई दिनु ।
भगवती प्रसाद सिंह
न्यायाधीश
इति संवत २०११ साल पौष १६ गते रोज ६ शुभम्