• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९१६ - पानी बेइजती

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/28 ९७

सम्बत २०११ को दे ७०७/९४०

अभिलेख दर्ता नं. ९१६

 

नेपाल प्रधान न्यायालय फुल बेञ्च ।

ठा.नं ९४०

मुद्दा पानी बेइजती

निबेदक प्रतेवादी बाबाजी राउत जि.प्र.       विपक्ष वादी चन्द्रीका मिश्र

महतरी मौजे बगडा

इजलास

श्रीमाननिय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान, एम.ए.बि.एल।

श्रीमाननिय न्यायाधिश प्र.मा.ने.ता.ले.ज प्रकाश शम्शेर जं.व.रा

श्रीमाननिय न्यायाधिश भैरवराज पंतो पाध्या।

श्रीमाननिय न्यायाधिश महेन्द्र बाहादुर महत क्षेत्री ।

श्रीमाननिय न्यायाधिश भगवती प्रसाद सिंह वि.एस्सी. वि. एल

 

फैसला

यसमा म वखतीको काम गर्थे०४।१०।११ गते प्रतेवादी बाबाजी, नन्दा, अवधा बुधनहरु म काहां आई उधारो वखती मागे दाम नदी दिन्न भने तिम्रो पानी हटक गरछौ भनी गाली बेइजती गरे सजाय गरी पाउँ भन्ने चन्द्रीका मिश्रको फेराद,

हामीले वखती मागी पानीको वेइजत गरेको छैन भन्ने नंदा, अवधा, वुधन ‌औले ३ वर्ष भयो बादीले सितारामको छोरी बिवाह गरेको निज सिताराम तेली सुडीको प्रोहित भै पुजा गर्ने निजका हातको भात पानी पानी चलने जातले खाई आएको छैन भन्ने वुझिएको गाउमा खलबल भएकोमा प्रकाश नगराई देउ भनेको मेरा बुताबाट पारलागदैन भनेमा नालेस दिएको भन्ने बाबाजी समेतको प्रतेबादी,

सितारामको छोरी मैले बिबहा गरेको छैन स्वास्नी मेरा २ छन जेठी सुकदेव मिश्रको छोरी कांछी महाबिरकी छोरी महाबिर मरीसकेकाले कान्छा बाबु रामचन्द्र छन भन्ने बादी चन्द्रीका, बादीलाई मैले चिनेको छैन छोरी मेरा २ छन यौटी १० बर्ष अर्की ५ वर्ष कन्यै छन बिवाह गरेको छैन भन्ने सिताराम दाजु महाविरकी छोरी बादीले बिबाहा गरेको छ सितारामलाई चिनेको छैन भन्ने रामचन्द्र, म महाविरकी छोरी हुँ भन्ने बादीको स्वास्नी सरस्वतीसमेतको बयान,

बुझिय सम्मबाट बादीले सितारामकै छोरी बिवहा गरेको चन्द्रिकाको पानी हटक गर्नु पर्नेमा हटक गरेका छैनौ भन्ने प्र नंदा, अवधा, बुधन, बादिका साछी रामलखन बादी चन्द्रीका समेतको सिताराम मिश्र सरह पानी नचलने ठहर्छ साधक सदर भै आएपछी जात वाहेक गरी दिने भनी ०६।४।१४ मा सुरु जलेश्वर जमिनिले जाहेरी फैसला गरेको

सोही सदर गरी ०६।१२।२० मा महुतरी अपिलले पनी जाहेरी फैसला गरेको ,

वुझियसम्मबाट सितारामको छोरी बिबाह गरेको र पानी हटक हुन्छ भन्न मुनसिव नपर्ने अवधा राउत समेत ३ जना उपर बादीले झुट्टा उजुर गरेको र माहाविरकी छोरी बादीले बिबाह गरेकोमा सितारामकी छोरी विवाह गरेको भनी पानीको कुरा उठाई प्र. बाबाजीले बेईजत गरेको र सुरु अपिलले गलती इनसाफ गरेको ठहर्छ भनी ०७।७।२० मा प्र.न्या.पैल्हा पाटले फैसाला गरेको.

प्रधान न्यायालय पैल्हा फाटको इन्साफ सदर गरी ०८।१।४ मा का.मु.प्रधान न्यायाधिश मे.क. वलभ शम्शेर जंबा.रा. बाट फैसला भएको इनसाफमा चित्त बुझेन भन्ने प्र. बाबाजीको निवेदन परी बेहोरा साचो हो र ०८ सालमा छिनियको भय सबिक सदर मामिला निक्सारीबाट यो मुदाको मिसिल झिकी इनसाफ जाची ऐन सवाल बमोजिम गर्नु भन्ने ०८।७।६ मा र सुडी तेलीको प्रोहित सितारामको छोरी यो बादीले बिबाह गरेकोबाट पानिमा हटक भन्ने साछी सरजमिन मेरा छोरीको बिवाह भएको छैन भन्ने सितारामको वयान तेली सुडी जातको तनपानी गर्नेको भातपनी चलने नचलने कुरा निर्णय गर्न यो मुद्दा फुल बेञ्च खडा भएपछी दुवै थर झगडीयालाई म्याद पठाई झीकाइ पेस गर्नु भन्ने ०९।५।२६ मा समेत आदेश भएको,

दुवैथर झगडीया झिकाई पेस हुदा पेटवोलीबाट बुझियका सिताराम रामचन्द्रलाई समेत राखी मुद्दा हेर्न पर्दा निजहरुलाई १५ दिने म्याद दी झिकाई हाजेर हुन आय तारेख तोकी पठाउनु भनी अमिनीमा लेखि पठाई आएपछी पेसगर्नु भन्ने ०१०।६।१० मा फुलबेञ्चवाट आदेश भएको,

आदेश बमोजिम अमिनीमा लेखि गै अमिनीबाट सिताराम, रामचन्द्रलाई १५ दिने म्याद दिदा म्यादमा हाजिर हुन नआइ निजहरुले दिएका निवेदन र तामेली म्यादसमेत जिला अमिनीबाट आई तारेखमा रहेका प्रतेबादी बाबाजिको वारेस डोरनाथ, बादी चन्द्रीकालाईसामेत राखी बुझदा सितारामको छोरी बादीले बिवाहा गरेको भनेमा सिताराम बझिदा मेरा छोरीको बिवाह भएकै छैन भन्ने र सितारामको छोरी हैन महाबिरको छोरी हो भन्ने बादी र रामचन्द्र, महाविरकै छोरी हुँ भन्ने सरस्वतीकोसमेत बयान भएको देखिएकोलेसमेत इनसाफ प्रधान न्यायालय पैल्हा फाटको सदर गरी का.मु. प्रधान न्यायाधिशबाट छिनेको मुनासिब मुदन दोह यायमा प्रतेबादी बाबाजी राउत ग्वारलाई हाकिमका नाऊमा कराउनेका ११ नं बमोजिम प्रधान न्यायालय पैल्हा फटबाट भएको सुरु डण्ड कंरु ५० को दसौद कंरु ५ पाच रुपैञा थप डण्ड हुन्छ वारेस हुदा असुल गर्न तहसिलमा लगत दि मिसिल बुझाई दिनु ।

 

महेन्द्र बाहादुर   भगवती प्रसाद सिंह        भैरवराजपंत      प्रकाश शम्सेर         हरिप्रसाद

न्यायाधिश            न्यायाधिश          न्यायाधिश        न्यायाधिश    प्रधान न्यायाधिश

 

इती सम्वत २०११ साल पौष २८ गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563