निर्णय नं. ९१७ - गाली बेइज्जती
सम्बत २०११ को फौ.पु. २१५/११२
अभिलेख दर्ता नं. ९१७
नेपाल प्रधान न्यायालय सिङ्गल बेन्च
फौ सा नं. ११२
मुद्दा गाली बेइज्जती
अ.पै.का बी. सुर्ज्य प्रसाद श्रेष्ठ पार्तीमाल बस्ने हरीकृष्ण मैनालीस्मेत
इजलास
श्री माननिय प्रधान न्यायाधिश हरीप्रसाद प्रधान एम ए बि एल
आदेश
येस्मा विस्नुको र हरीकृस्नको मोठ किर्ते मुद्दा मेरा फाटमा परी १०।११।१६ को तारेख हुदा बीस्नुको बारेस पुंनेप्रसाद हाजीर हुन आई मुद्दा छलफल गर्न भनी मीसील झीकी राखेमा हरीकृस्न नआइ ५ बजीसकेपछी हाकींहरु उठी जानु भयो हामी अडाको कांमा लागीरहेकै थीञौ ५ बजेर १० मिनेट गैसकेपछी तालचा मारी वाहीर नीस्कन लागदा हरीकृस्न आई मेरो तारेख ल्याउ भने अडा वंद भैसक्यो भोली सनीवार हुदा पर्सी आउनु हाकीं असीष्टेटहरुलाई बताई दीउँला जो हुंन्छ भंदा येकदं अडा भीत्रै घुस्याहा तेरो ज्यां लीदीउँला भनी गाली बेईज्जती गरी पाखुरा कोट्को कठालो समाति झांगल झंगल पारी बाहीर नीस्की बाटो कुरी फेरी कठालो समाति २ घुस्सादीदा पुलीस्ले देखी पक्री गोश्र्वारा चलाँ गरी मे.क. लोकवहादुरले खोरमा लगी राखे भोलीपल्ट दुवै थरको कागज गराई थुनैमा राखी ३ गते मजीष्टेट अफीसमा पठाई दीये मजीष्टट्बाट ३ बजे तारेख दीयेबाट आज जाहेर गर्न आयेको छु गाली बेइज्जति कुट्पीट् गरेमा हरीकृष्णलाई र मलाइ बापती सरह राखेमा स.पु.गी. का मे. क लोकबाहादुरलाईसमेत सजाये गरी ३ गतेको हाजीरी फरांमा मीलाई पाउ भंने वादीको रीपोटसमेत राखी अपील्पैलाले रिपोट् गरेको अपीलको आवा तेश्रा फाट वुझी c+} सवाल बमोजिं गर्नु भंने श्रीमाननीय प्रधान न्यायाधीशबाट भये बमोजीं नीजहरुको हातहालाहाल मुद्दा फौज्दारीमा दापेर भयेको देखीयेको अड्डा भीत्र बेईज्जत गरे भंने लेखाई भयेकाले प्रधान न्यायालयका c+} को ४ दफा बमोजीं प्रधान न्यायालये पठाउने ठहराई अपील तेश्राबाट २०११।५।१३ मा जाहेरी फैसला गरेको बुझदा भैरहेका c+} सवाल बमोजीं गरे हुने जाहेर गरी रहन नपर्ने गरेमा अपील तेश्रालाई नसीहद दी बाहालवाला जागीरदारलाई पक्री थुनी कार्वाई कुं c+} सवालले गरेको हो पुलीस्ममेत बुझी त्यस्पछीस्मेत c+} सवाल बमोजीं फैसला गरी दीनु भनी यो आदेस सहीतको मीसील अपील दोश्रा फाँटमा पठाउन मिसील फाँट्मा बुझाई दीनु ।
हरि प्रसाद
प्रधान न्यायाधीस
ईती सम्वत २०११ साल पौष २९ गते रोज ५ शुभम