• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९१९ - लेखतपास

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 ८३

सम्बत २०११ को .दे. १२८/९८८

अभिलेख दर्ता नं. ९१९

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अनं ९८८


अपीलाट् प्रतेवादी धनकुटा ई फेदाप मेहेरबुं बस्ने नीधु पाध्या भट्टराइ

वीपक्ष वादी धनकुटा इ फेदाप नीगाले बस्ने मधुसुदन पाध्या भट्टराई


मुदा लेखतपास

इजलास

श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या

फैसला

येस्मा धनकुटा अपीलले गरेको इन्साफमा चीत्त बुझेन भन्ने नीधुपाध्या भट्टराईको अपील परी नीजको वा सोमनाथ वझा तारेखमा रहेकोमा नीज नीधु १० साल फगुण ९ गते परलोक भैसकेकोले मुदा खारेज होस भन्ने मधुसुदनको बीन्तीपत्रमा भयेका आदेस बमोजीं नीज बा सोमनाथको तारेख छुटी नीज नीधुका नजीकका c+} बमोजींका हकदारका नाउमा म्याद जारी भै गएकोमा बाबु नीधु परलोक भै म हकदार हुदा मुदा सकार गरी पाउ भनी धंकुटा फेदाप मोहेरबुं बस्ने मनरथ पाध्या भट्टराईले दीयेका बीन्तीपत्रमा अरु हकदार कोही छैन भन्ने कागज बीन्तीपत्रवालाले गर्छन भने कागज गराई हकदारका नाउको म्याद तामेल भै नआयेसम्म इन्लाइ धरौटी तारेखमा राखी सो म्याद तामेल भै आयेपछी अरु हकदार नआये इन्को सकारनामा गराई c+} सवाल वमोजीं गर्नु भन्ने प्रधान न्यायालय सीङ्गल बेञ्चका आदेस बमोजीं नीधुको हकदार म बाहेक अरु छैन भन्ने नीज मनरथले कागज गरी ११ साल कार्तीक १५ गतेको धरौटी तारेख ली गयेकोमा सो तारेख छाडी बसेको नीज निधुका हकदारका  नाउको म्याद ११ साल आसीण ६ गते तमेल भै आयेकोमा सो म्याद भीत्र अरु हकदारस्मेत हाजीर हुन नआइ म्याद गुज्रेकोले अदालती बंदोबस्त ८०।२२६ नं का ऐनले यो अपील दायेर रहन नसकी डीसमीस हुने हुदा डीसमीस गरी दीनु डीसमीस गराये वापत डण्ड गर्नु पर्छकी भन्नालाई अपीलाट् नीधु मरीसकेका भन्ने मीसीलबाट देखीयेको हकदार हुं भन्न आयेको मनरथले सकार हुन नपाउदै तारेख छाडी बसेकोले येस्मा कसैलाई केही गर्नु पर्दैन मीसील प्रधान न्यायालय मीसील बीभागमा बुझाइ दीनु

 

भैरवराज पंत

न्यायाधीस

इती सम्वत् २०११ साल पौष २९ गते रोज ५ सुभ्म्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563