• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९२० - जगा संधीसर्पन

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 ८२

अ.न. ९२०     १९७

     ०११     ६३२

नेपाल प्रधान न्यायालय सींगल बेञ्च

अनं. ६३२

 

अपिलाट-बादी पुर्व ४ नं. सीकटेल डीलपा    ऐ बस्ने बादी बलबाहादुर राई

       बस्ने कुलबाहादुर ज्मी   

 

मुद्दा- जगा संधीसर्पन

र्इजलास

श्रीमाननीय न्यायाधीस प्र.मा. ने.ता.ले.ज प्रकास सम्शेर ज. बा.रा.

फैसला

तेर्सो बाटो पसींस्मेतका ४ कीला भीत्रको जगामा लागेको तीरोभरीस्मेत ७२ साल देखी  गरी घरधुरी षडा भयको जगामा सन्धीसर्पन गौचर पानी घाट र बासस्मेत रोपी भोग चलं गरी आयकोमा ०८।४।२८ गते प्रतेवादीले बास काटी संधीसर्पन गल्ली थुनी खीचोला गरेकोले बीगो भराई संधीसर्पन गल्ली खुलाई पाऊ भंने फिराद पत्र रहेछ ।

बादीको संधीसर्पन जगा रोकी बास काटेको स्मेत छैन ८४।१२।३ गते म षाँसींले म बाट रु ४३७ लामछींन्न राजीनामा सक भोगबंधक दीयकोले तीरोभरो गरी बीजं जाचमास्मेत दर्ता गरी भोग चलं गरी आयाकोमा नजीकको जगा भै लीऊला भंने नेटबाट झुठा ऊजुर रेको हो भंने प्रतेबादी रहेछ ।

वादीका ३ जना साछीले झगडा परेको जगा बादीकै भोग चलं छ भनी बकपत्र गरेको ईनै बादीले बादीका ठैली बुझाई पाऊ भन्ने मीसील सामेल रहेको नक्सा हेर्दा बादीको घरबाट दषींतर्फ पानी लीन जाने बाटो र सो बाटो छेऊमा प्र को केऊरेनी षेत भन्ने लेषीयाको तस्को नजीक पुरानो बाटोका छेउमा हाल बीराउन लागेको संधीसर्पनको भनी जनाय त्यो जगा प्र.ले खरिद गरेको भय सो कुरा नक्सामा जनीयको हुनु पर्ने भनै संधी सर्पन भनी सरज्मीनले लेखि दीयको हुनालेस्मेत बादीको संधीसर्पन रोकी बास काटेकोस्मेत ठहराइ डीलपा अन्नपूर्ण पंचायतबाट १०।२।१ मा फैसला गरेको रहेछ ।

प्रतेबादीका लेखाइबाट रु ४३७ को जगामा झगडा परेको खेखीयाकाले ठैलीका बीगोबाट पंचायतले हेर्न नपाउने हेरेकाले खारेज गर्ने भनी १०।१२।३० गते धंकुटा अपीलबाट छीनेको ईन्साफमा चीत बुझैन भंने अपील परी आयाकोले झगडीयाको अपील जीकीर र मीसीलको बेहोरास्मेत पेश भयो यस्मा रु ५ तीरा मध्येको जगामा लगायको बासको बोगो रु ८। भराई संधीसर्पन षोलाई पाऊ भन्ने बादी दाबी भएको तीरोबाट बीगो कायें गर्दा र बासको बोगोबाट पनी १०० रुपैया भंदा घटीकै देखिन आयकोले अपीलबाट खारेज गरेको बेमुनासीब हुदा तेसै अपीलबाट दुवैथर झगडीया राषी यो मीसील धंकुटा अपीलमा पठाई दिने ।

 

      प्रकाशशम्सेर

        न्यायाधीस

 

र्इती सम्वत २०११ साल पौष २९ गते रोज ५ शु

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563