निर्णय नं. ९२२ - घुस
अ.न. ९२२ ३०७
०११ २०३
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अनं.२०३
अपिलाट्-बादी मोरङ्ग प्रगन्ना भाला भलेनी मौजे भालाभलेनी गछचोर घटीया बस्ने सुबी हलुवाई घटीया बस्ने
|
विपक्षी- प्रतेबादी मोरङ्ग प्रगन्ना भालाभलेनी मौजे भालाभलेनी गछचोर हिरमनदास कोईरीस्मेत
|
मुद्दा- घुस
ईजलास
श्रीमाननीय न्यायाधीस प्र.मा. ने.ता.ले.ज प्रकास सम्सेर ज.बा.रा.
फैसला
येसमा प्रतेबादी हिर्मनदासले ईबीले म सुकदेवस्मेतलाई डाकामा पोल गरी सरज्मीन गर्दा ठानाको बहीदार नारायेणप्रसादलाई रु १०० र १८ जना सरज्मीनलाई कंरु १० दर्ले १८० समेत घुस दी सो घुस लीनु खानु गरी र छोरा भतीजा सालस्मेतका नातेदार मानीसहरु वा नोकरसमेतका मानीस सरज्मीन गरायेकोले घुस दीने खाने लाई सजाये गरी सो नाता पक्षस्मेत गरी गरायेको सरज्मीन मुचुल्का बदर गरी पाऊ भन्नेस्मेत जंगाली हलुवाई सुवि हलुवाई स्मेत जना २ को विंतीपत्र बयानस्मेत रहेछ ।
मेरो घर डाका पर्दा सरज्मीन गर्न मुखीया बहीदार र ३ जना सीपाहीस्मेत आयेका बहीदार भंदा माथीको मुखीयास्मेत भै सरज्मीन गरायैकोले बहीदारलाई घुस दीयेको र अरु सरज्मीनलाई घुस दीयेकोस्मेत कौनै कुरा होइन डाकामा पोलेका रीसले झुट्टा उजुर गरेको हो भन्नेस्मेत हिरमान दासको ०८।१०।२९ को वयान रहेछ ।
मुखिया तिलकधारीस्मेत गै सरज्मीन हुदा सरज्मीनले भने बमोजिं लेखेको हो घुस लिये खायेको छैन झुट्टा ऊजुर गरेको हो भन्नेस्मेत ब.रामनारायेणको ९।२।५ को बयां रहेछ ।
सरज्मीनमा हामीले देखे जाने कुरा बकी लेखी दीयेका हुँ हीरमानदाससंग घुस खाई झुट्टा बकेको कौनै कुरा होईन, बादीले लेखे बमोजिंको प्रतेबादीहरु नातेदार पनि होइनन घुस खाई नाता पक्ष गरी सरज्मीन गरे भन्ने बादी झुट्टा हो भन्ने स्मेत पौवाइसमेत १८ जनाको वारेस भै आफ्ना हकमासमेत प्र. किन्नुले गरेको ०९।१।३०।२ को बयान रहेछ ।
ककसले डाका गरे थाहा छैन भन्नेकुमार हामीले सरज्मीनमा लेखी दीयेका छौ बादीका हकमा हामीले केही खराव कुरा बके लेखायेको नहुदा घुस खाई झुट्टा बकेका हेनौ बादीसंग हामीहरुको बराबर झगडा भैरहनेस्मेत हुनाले जुट्टा ऊजुर गरेको हो हिरमंदासको सुन्दर साला बासुदेव भतीजो सनीचर छोरोस्मेत केही प्रतेवादी छोरो भतीजो साला जुवाञी पर्नेस्मेत नाता लाग्ने देखाई सुन्दरस्मेत ९ जनाको वारेस भै आफ्ना हकमास्मेत प्र.मुनीलालले गरेको बयान रहेछ ।
बहीदार र अरु सरज्मीनस्मेतले घुस खायेको र नाता पक्ष गरेकोस्मेत ठहरदैन वादीको ऊजुर झुट्टा ठहर्छ भनी बिराटनगर अपीलले ०९।१२।२६ मा सुरु फैसला गरेको रहेछ ।
बादी सुवी, जंगली हलुवाईको धरौटी अपील परी पेसहुन आयेको यो मुद्दा बुझदा केही साछीहरुले सनीचर, बासुदेव छोरा भतीजा र अरु कुनै प्रतिबादीहरु साला भतीजास्मेतका नाता पर्ने हुँ भनी लेखेका छन तापनी सो साछीको बकपत्र पत्यार मान्नलाई प्रतेबादीहरुले नाता पर्ने होईनौ भनी बयान गरेका र अरु प्रतेवादी का साछीहरुले नाता नलाग्ने भनी बकेकोस्मेत भै सनीचर बासुदेवले आफ्नो अंसहक छोडी छोरो भनीजो हैनौ भनी भने होलान भन्न पत्यार नपर्नेमा पनी अपीलले फैसलामा सनीचरको ऊमेर घडीबढी देखीयेको र बासुदेवको सहिछाप फरक परेकोले छुट्टा भन्नु पर्ने भन्ने लेखेको र नीज २ जना छोरा भनीजै भयपनी अरुस्मेतले लेखी दीयेको सरज्मीन मुचुल्का बदर हुने अवस्ता केही नखेखीयेको घुस लिये खायेको पका सबुद क्यै नदेखीयेको कुनै वादीका साछीले घुस ली खाई सरजमीन गरेरे भन्ने सुनेका भनी बकेका भरले घुस लीनु खानु गरेकै हो भन्न ठहराउन नहुनेमा पनी बादीका साछीले लीए खायेको भन्ने सुनेका भन्ने भन्दा बढता प्रतेबादीका साछीले हैन भनी बकेको देखीनालेस्मेत सरज्मीन बदर गराऊने नीयेदले बादीले झुट्टा ऊजुर गरेको देखीने हुदा अरु अपीलको सुरु फैसलाका बुदा प्रमाणस्मेतबाट बादीको ऊजुरझुट्टा ठहरायेको इन्साफ मुनासीव ठहर्छ । अपील गरेमा वादी सुवी जंगली हलुवाई जना २ के हाकींका नाऊमा कराऊनेका १० नं. का c+} बमोजिं सुरु दण्ड कंरु १४० को सयेकडा १० ले कंरु १४ चौध रुपैञा २ जनाबाट बराबर दरले लीनेगरी दण्ड हुन्छ अपील गर्दा धरौट् राखी १०।३।३० मा मो.बी.अ.त.मा बुझायेको देखीनाले सदरस्याहा गर्न लेखी पठाउन तहसीलमा लगत दी यो फैसला भयेको अपीलाट्हरुलाई जनाऊ पठाई मीसील मीसील फाट्मा बुझाई दीनु ।
प्रकाशशम्सेर
न्यायाधीश
इति सम्वत २०११ साल पौख २९ गते रोज ५ सुभं