निर्णय नं. ९२३ - जगा सोरानी कीर्ते
अ.न. ९२३
०११
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अनं. १३१८
मुद्दा- जगा सोरानी कीर्ते
अपीलाट बादी धनकुटा र्इलाका फेदाप मोरहांको धनकुटा हुलाकटोल बस्ने थरी वीश्नुभक्त पाध्या
|
विपक्ष धनकुटा ईलाका फेदाप मोरहां बस्ने प्रतेबादी कपीलानंद पाध्यास्मेत
|
र्इजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पंत
फैसला
येस्मा अपीलाट थरी बीश्र्नुभक्त पाय्धालाई तोकी दीयेको २००९ साल माघ ३ गतेको तारेष पैला पटक पारी गुजारी बसेका र अर्ब ८० नं. बमोजीं थामी ल्याउने म्यादस्मेत बाँकी नहुनाले यो मुद्दा डीसमीस हुने ठहर्छ डीसमीस गरायेमा अपीलाट थरी वीस्नुभक्त पाध्याके ईन्साफ सदर भयेमा सुरु डंड मोरु ८१।४१।२ को दोश्रा अपील हुदा हाकींमा नाउमा कराउनेका १० नं. बमोजीं सैक्रा ५ ले मोरु ४।७ डंड हुनेमा डीसमीस गरायेकाले अबं २२८ नं. बमोजीं तेस्को पनी सैक्रा ५ ले मोरु ।२० बीस पैसा डंड हुन्छ बेरुजु हुदा लगत कसी असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाटमा बुझाई दीनु
भैरवराज पंत
न्यायाधीश
इती सम्वत २०११ साल पौष २९ गते रोज ५ सुभम