निर्णय नं. ९२५ - जग्गा
अ.न.९२५ ४४४
०११ ४७४
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
अनं. ४७४
अपिलाट पूर्व १ नं का.प. ई वारी तीमाल मध्ये डाडा गाउ बस्ने माहिला तामाङ् (प्रतिवादी)
|
विपक्ष ऐ ऐ वार तीमाल रघुचौर डारीबोट बस्ने माईसाजी तामाङ्नीको मुद्दा सकार गर्ने नाबालख मायो तामाङ्नी (बादी) |
मुद्दा- जगा
इजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तो पाध्याय
फैसला
एस्मा घट्टेकुलो देखी पुर्वस्मेतका ४ किल्ला भित्रको दुरपुरे खेत ।६ को कित्ता १ पडमबहादुरको सांध देखी पूर्वस्मेतका ४ किल्ला भित्रको ५२ साल्मा बाझो ।६ भनी दर्ता भैरहेको जगा मध्ये केही जगा कुलो नलाग्ने बारी गरी २००४ सालको विजंमा मकै ।.।.।८ लोग्ने जसमानका नाउमा दर्ता भै नीजअंन्यायेवाला मार्फत तिरो तिरी थापले हुलाक बांकी मानाचवले किपट आफ्नु जानी भोगी आएकोमा हालै लोग्ने मरी विधवा भएको म देखी हेपी प्रतवादीले नाप जाच गराई लगेकालेके व्यहोराले नाप जाच गराई लगेको रहेछ बदर गरी जगा मेरौ सदर थामी पाउ भनि विन्तिपत्र दिएमा कैफीयत बुझी जाहेर गर्नु भंने प्रमाङ्गी भै बुझीएकोमा बाझो आवाद गर्न पाउ भनी दर्खास्त दी नाप जाच भरायेको हो भनी का.प. मालबाट ०७।९।१४ गते जवाफ हुदा c+} बमोजीं नालेस गर्नु भंने प्रमाङ्गी भएकमाले थापायेका म्याद भित्र नालेस गर्न आएको छु लेखिए बमोजीं थापले हुलाक बोकी तिरो भरो गरी आएको जगा मेरै हक सदर थामी c+} बमोजिम सजाये गरी पाउ भंने स्मेत बादीको ०७।९।२३।१ को फीराद पत्र रहेछ ।
बादीको किपटस्मेतको जगा भए दर्तस्मेत यसका नाउमा छ भंन र ससीद प्रमाणस्मेत दिन सक्नु पर्ने नसकेको सो जगा बाझो भएकाले मैले माल्मा दर्खास्त दी बादी दावीकव धुरपुरे खेत जगा माटो मुरी ।२०।१० को धां मुरी २।१ ध्घू रु ।४१ चा. ।५ स्मेत मेरो नाउमा दर्ता हुदा का.प.माललाई भएका c+} सवाल बमोजीं कारवाइ भै ०७।११।१२ गते बहाली पूर्जस्मेत दी दर्ता भएको जमीं वादीको तेस्कीसींको उजुरीबाट वादीलाई दिलाउन नहुने हुदा दर्ता भएको जगा मेरै सदर थामी पाउ भंने स्मेत ०८।१।३०।१ को प्रतेबादी रहेछ ।
माहीला तमाङ्को दर्खास्त मिसीलबाट ०७।६।१६।१ मा सरजमीं नापी भै सवैका नाउमा म्याद टास हुदा बादीस्मेत हाजीर नभएको र बादीको उजुरी विन्तपत्र उजूरी परी कैफीयत तलव गरी आषीर c+} बमोजीं गर्नु भनी माल्का नाउमा ०७।९।१४ गते तोक भएकोबाट मालले बादीका नाउमा तोक बमोजीं सबुद प्रमाण ली ७ दीं भीत्र आउनू भंने म्याद जारी गरेमा ०७।१०।१४।७ मा तेल म्यादमा हाजीर नभएको कारंबाट प्रतवादीका नाउमा ३ कीत्ता जगा दर्ता गर्नेस्मेत ठहराई मालबाट ०७।११।१२ गते पर्चा फैस्ला गरेको बाहालीस्मेत गरीदीएको देखीनाले म्याद भीत्र हाजीर नभएको हुदा खारेज हुने ठहर्छ भनी पू १ नं. का.प. अदालतले ०८।७।२६।२ गते फैस्ला गरेको रहेछ ।
मेरो म्याद भित्र अदालतमा उजूरी नालेस दीए पछी खारेज गर्न नहुने मुद्दा खारेजी फैसला गरेमा चित्त बुझेन भंने बादीको अपील जीकीर रहेछ ।
०७।९।२३ मा बादी भाई साजीले सो मुचुल्का बदर गरीपाउ भनी अदालतमा नालेस गरी सकेपछी मात्र ऐ माघ १४ गते मात्र सोही कुरामा मालले बादीका नाउमा जनाउ म्याद टासेको प्रमाणको दर्खास्त मिसीलबाट देखीएको अदालतमा नालेस परी सकेपछी माल्मा हाजीर हुन जानु पर्ने आवश्यक केही नभएकाले यसै मुद्दाबाट नै काम गरीदिनु पर्ने ठहर्छ भंने अपील तेश्राले ०९।८।२२।१ मा फैस्ला गरेको रहेद्छ ।
खारेज गर्नुपर्ने मुद् दैकाट गर्ने ठहराई सुरुको ईन्साफ उल्टायेमा चित्त बुझेन भंने माहीला तामाङ्को अपील जीकीर रहेछ ।
यस्मा अपीलाट माहीला तामाङ्ग र बादी नाबालख माया तामाङ्नीस्मेतलाई राखी पेश गरेको यो मुद्दा बुझदा बादीको जुन कुरा आवश्यक उजूर थियो सो माग पुर्ति गर्न मालले सरजमीं गरेको नापी मुचुल्का बदर गर्न २००७।७।१४।२ मा विन्तित्र चढाउदा भएका ०७।९।१४ को हुकूं प्रमाङ्गी बमोजिम माल अड्डाले ०७।१०।१४।७ मा टासेको म्याद भित्र अर्थात २००७।९।२३।१ मा नै इलाका अदालतमा सो नापी सरजमीं दर्ता मुचुल्का बदर गर्न नालेस गरी पैरवीमा रहेको देखिएको हुनाले माल अड्डाले म्याद टासदास्मेत हाजिर नभएको भनि खारेज गर्ने गरेको c+} विरुध्द फैसला गरेको सुरु का.प. अदालतको उल्टी ठहराई अपिल तेश्रा पाटले छिनेको ईन्साफ मुनासीब हुदा यसै मुद्दाबाट तैकिकाट किनारा गर्न दुवैथर झगडीयालाई तारेख तोकी सुरु पूर्व १ नं. का.प.अदालतमा पठाई दिनु ।
इन्साफ पारी छिन्ने हाकम उपर पैलो अपील गरेमा अपिलाट माहीला तामाङके सुर दण्ड जरीवाना केही नगरेकाले हाकमका नाउमा कराउनेका १० नं. ले तजवीजी मौरु १। एक दण्ड हुन्छ रुजु हुदा असुल गरी c+} सवाल बमोजिम अ.त. दे.मा लगत दिनु ।
भैरवराजपंत
न्यायाधीश
इती सम्वत २०११ साल पौष २९ गते रोज ५ शुभम्.....