• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९२६ - ज्यान

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 १२०

अ.न. ९२६

     ०११

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

फौ सानं. १०१

 

६ गर्खा बकर्कोट् गाउँ बस्ने मनदेवभट्ट         धना बाहुनी कर्तव्य भै मरेको

उपाध्याय १

मुद्दा- ज्यान

इजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.बि.एस.

फैसला

येस्मा मेरी बुहारी धना बाहुनी ०८।७।१३ गते भाईटीकालाई माईत जान भनि गएकी भाई टीकाका दीन माईतबाट च्युरा पठाई दीएकोले के कारण पर्यो भंने लागी स्वाही दीन माईतमा जाँदा नभएकीले फर्की खोज तलास गर्दा ०८।७।१९। गते खोल्सीमा लास भेट्टाई हेर्दा ठाउँ ठाउँमा घाउ भै कीरा स्मेत परेकोले मार्नेको पत्ता लगाई पाउँ ईविलाला कोही छैनं भंने ०८।७।२०।३ मा मनदेवको दर्खास्त परेको रहेछ ।

घाउचोट रगत पक्ष षयेकाले लास कर्तव्य भै मरेको हो कर्तव्यवाला यही हो भन्ने थापा नभएको र गाउँ घरमा कसैको रीस ईवी पनि नभएकोले कसै उपर संखा लागदैन भंने मु. नन्दरांस्मेतको मुचुल्का रहेछ ।

बुझीपेसम्मबाट कर्तव्य परी मरेको देखिएको कर्तव्य होला पत्त्ता नलागेकोले कर्तव्यवालाको खोजतलास गर्दै सुराक पत्ता लगाउदै रहि पत्ता लागे फेला परेका बखत मुद्दा जगाइ c+}  बमोजीं कारवाई गर्ने गरी अ.व. ३२ क.न. का. c+}  बमोजीं मुल्तवि राखीदिने ठहराञ्जू भनी २००९।९।७।१ मा डडेलधुरा अदालतले जाहेरी फैसला गरेको रहेछ ।

मुल्तवि राखन अदालतले जाहेरी गरेको मुनासीव अ.ब. २४१ नं. बमोजी. जाहेर गरेका छौ भनी ११।४।१२।३ मा डोटी अमीलले जाहेर बुझदा लास कर्तव्यकै देखियेको कर्तव्यवाला पत्ता नलागेकाले खोज तलास सुरका पत्तर लगाउदै रही पत्ता लागे फेला परेका बखत कारबाई गर्ने गरी डडेलधुरा अदालतले जाहेर गरेको मुनासीव ठहराई डोटी अपीलले जाहेवर गरेको मुनासीव छ सोही बमोजीं गर्नु भनी यो फैसला सहीतको मीसील बमोजीं गर्नु भनि यो फैसला सहितको मीसील जील्लामा पठाउन मीसील फाँटमा बुझाइ दीनु ।   

 

 

 

      हरि प्रसाद

      प्रधान  न्यायाधीश

 

र्इती सम्वत् २०११ साल पौष २९ गते रोज ५ शुभ्म्

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..