निर्णय नं. ९२७ - वन काट्यो
अ.न.९२७
०११
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं. ४२१x२२४
मुदा- वन काट्यो
अपिलाट प्रतेबादी मांबहादुर विष्ट विपक्ष प्रतेबादी जगत बहादुर विष्टसमेत
वादी पहलमान कार्की समेत १
इजलाश
श्रीमाननिय न्यायाधीश प्र.मा.ने.ता.ले.ज.प्रकाश शम्सेर जं.बा.रा.
फैसला
यस्मा डम्की डिल दखीं रमिते डिल उत्तर चुंलुंगेका साद पुर्व दीमापालीका साद पश्र्चीं यती ४ किला भीत्रको अवादी दर्ता बाहेकको जगामा बंपालाको सनद भै वंपाली आएको प्र.५ जनाले वं जंगल काटी फाडी आगो डडेलो लगाई पोली बेहिसाव गरी रु १००० नोक्सान गरेका छन सजाय गरी पाउँ भन्ने पहलमानको फेराद ।
०१ सालको हीऊमा हागा भाची ठाडै सुकेकासमेत छन उजुरी बमोजिम वनकाटी डडेलो लगाएको समेत छैन भन्ने मनमाया, कृष्णबहादुर, जगतबहादुर ,तिलकबहादुर, मानबहादुरसमेतको प्रतबादी,
बुझि आएका सरजमीन समेतबाट रु ८९० नोक्सान भएको देखिएको प्रतेबादीहरुले काटे नोक्सान गरेको भन्ने नदेखिएकोले प्रतेबादी उपर बादीले झुट्टा उजुर गरेको ठहर्छ भनी ०१०।१।२ मा सुरु पुर्व ४ नं. भोजपुर अदालतले फैसला गरेको ।
जाहेरी सदर गरी ०१०।५।२४ मा धनकुटा अपिलले फैसला गरेको ।
अपिलको इनसाफमा प्रतेवादीले रुख काटेको नठहरायकोमा चित्त बुझेन भन्ने बादीको र बादीलाई सजाय घटी गरे भन्ने प्र.मानबहादुरको अपिल परि खोजी भएका बखत हाजीर हुने गरी अपिलाटलाई तारेख टुटेकोमा हाल झिकाउदा बादीका नाउमा पठाएको ७ दिने म्याद ०११।७।२ गते बादी पहलमान लेनै बुझेको तामेली म्यादबाट देखिएको ऐलेसम्म हाजिर हुन नआई गुजारी वसेको र तारेखमा रहेका प्र.मानबहादुरको वारेसलाई राखी पेश हुन आएको बुझदा बादीको अपिलतर्फ टासीएको ७ दिने म्यादमा हाजीर हुन नआई पैलापटको तारेख गुजारी बसेको ऐनले थामने म्यादसमेत नाघी सकेकोले निजको अपिल अ.व. २२६ न बमोजिम डिसमिस हुन्छ सजाय घटी गरी दिए भन्ने प्रतेबादीको अपिल तर्फ सरजमिनबाट वंजंगल नोक्सान भएको भन्ने देखिएको प्रतेबादीले काटेको नठहरे पनी नोक्सान भएको कुरामा उजुर गरेको भै सुरुको सदर गरेको अपिलको मनासिव तपसिलका मानिसलाई तपिसल बमोजिम गर्न तहसिलमा लगत दी मिसिल बुझाई दिनु ।
तपसिल
अपिलाट बादी पुर्व ४ नं.दींला दांमापा बस्ने पहलमान कार्की क्षत्रीके इन्साफ सदर भए सुरु डण्ड मोरु १०१।५० को दोश्रा अपिल हुदा हा क १० नं. बमोजिम सैक्रा ५ ले मोरु ५।७।२ डण्ड हुनेमा अपिल डिसमिस गरायमा अ.बं. २२८ नं. बमोजीं इनसाफ सदर भए हुने डंडको सैक्रा ५ ले मोरु ।२५।२ पचीस पैसा दुई दाम डण्ड हुन्छ बेरुजु हुदा असुल गर्नु-१
अपिलाट प्रतेबादी ऐ ऐ बस्ने मानबहादुर विष्ट क्षत्रीके हा.का. १० नं. बमोजिम अपिल गरेमा सुरुबाट डण्ड नभै अपिलबाट भएका डण्ड मोरु १ । को पैला अपिल हुदा सैक्रा १० ले मोरु ।१० दस पैसा थप डण्ड हुन्छ वारेस हुदा असुल गर्ने------------------------------------२
प्रकाशशम्सेर
न्यायाधिश
र्इती सम्वत २०११ साल पौष २९ गते रोज ५ सु