निर्णय नं. ९२८ - डाका चोरी
अ.न. ९२८ ४९०
०११ ११५
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
सा.नं. ११५
वादी सी.लद्दमी प्रसाद समेत प्रतेबादी बनरा चमार समेत-------
मुद्दा-डाका चोरी
इजलाश
श्रीमाननीय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम.ए.बि.एल.
आदेश
यस्मा चोर डाकुको सुराक लगाई पक्राउ गर्न खटी गै सुराक लगाई वनरा चमार जिया चमारलाई पक्री स्वध्दा सावित भएकाले दाखेल गरेको छु भनी दाखेल गरेका वनरा जियाको ठानामा ठाडो कागज गर्दा टैकबहादुरको घर डाका र रुपलालको घर चोरी गरेमा सावित भै कागज गरेका अमिनीमा बुझाउन ल्याउदा बिचैबाट भागी बयान हुन नपायको पछी पक्राउ भै आएका मुनरा चमारको ठाडो कागजमा डाका गर्न अलिक टाडासम्म गएको रस्तैबाट फर्की आएको भन्ने र अमिनीमा आई बयान गर्दा पुलिसको कागज मैले भनी लेखेको हैन भनी ईनकारी बयान गरेको वनरा जियाले पोल गरेका बौकाईस्मेतले पनि चोरी डाका गरेको छैन भन्ने र घर डाका पर्ने भनेको टेकबहादुरले मेरो घर चोरी डाका भएकै छैन भनी बयान गरेको घर चोरी भए भनेको रुपलालले म्याद गुजारी हाजेर नभएका पुलिस ठाना बुझदा चोरी डाकामा द्रखास्त परेको छैन भनी जवाफ दिएकोले चोरी डाका भएको नदेखिएको हुदा साविती लाई सजाय दिन अडवड परी जाहेरी गरेको अमिनी गोस्वाराबाट c+} सबाल बमोजिम गरे हुने भनी फीर्ता पठाई दिय अडबड परेकोमा निकासा पाउनु पर्ने भनी सप्तरी अपिल जाहेर गरी पठाएको बुझदा मालधनीको बयान र पुलिस ठानाबाट आएको जवाफबाट चोरी डाका परेकै नदेखिएको पुलिस ठानामा कसरी साविती कागज भएछ पुलिस ठाना बुझी १५ दिन भित्र ठहराई जाहेर गर्नु र चोरी डाकामा सजाय दिन उसै बखत निकासा हुने छ भनी मिसिल सप्तरी अपिलमा पठाई दिनु ।
हरि प्रसाद
प्रधान न्यायाधीश
इती सम्वत २०११ साल पौख २९ गते रोज ५ सुभं