निर्णय नं. ९२९ - विष खुव्वायो
अ.न. ९२९ ४९७
०११ १२४
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
सा.नं. १२४
वादी सिं छत्र धारी सीं प्रतेबादी कमलेश्वर समेत
मुद्दा विष खुव्वायो
इजलास
श्रीमाननिय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम.ए.बि.एल.
फैसला
यस्मा ०९।८।२५ गते प्र.कपलेश्वरलाई भात पकाउन लगाइ खादा तीतो लागेको फेरी खादा गेडा चपायको झिकी हेर्दा झरकनैलको गेडो देखीएकोले विष खुव्वायो भनी हल्ला गर्दा गाउले आई स्वध्दा रु ५०० दिउला यो झरकनैल भागमा पकाई खुवाई दे भनि उमेसचनन्द्रले भनेको नीज राम भद्रचापलाई हाली खुवाउन पकायको पुलिसलाईसमेत परेछ भनेकोले प्रतेवादी कपलेश्वर र झरकनैलको विरु समेत दाखेल गरेको छु भन्ने सी छत्र धारीको कागज बयान,
उमेसचन्द्र, जगत बाबुले मलाई बोलाई राम चन्द्रलाई भातमा झरकनैलको गेडा पकाइ खुवाई देउ रु ५०० दिन्छु भने मैले मञ्जुर गर्दा जगत बाबुले झरकनैलको गेडा दिय कोही नभएको मौका पारी भातमा हाली पाकेपछी सवैलाई यकै चोटी वसाई दीदा सी छत्रधारीलाई परेबाट निजले हलागरी पक्राउ गरेका रु ५०० पायको छैन भन्ने कपलेश्वरको कागज वयान,
हामीले झरकनैलको गेडा दी भातमा पकाई खान देउ भनी लगाउको होईन झट्टा पोल गरे भन्ने जगतबाबु भन्ने जगचन्द्र उमेसचन्द्रको बयान,
बुझियसम्मबाट उमेसचन्द्र जगतचन्द्रसमेत उपर कपलेश्वरले झुट्टा उजुर गरेको र झरकनैलको बीऊ डाक्टरलाई जचाउदा बिषमै गणना गरी लेखेको सो भातमा हाली ख्वायमा सावितै हुदा प्र कमलेश्वरलाई ज्यान सम्वनधीका २८ नं. ले जनमभर कैद हुनेमा जेल सुधार गजेट बमोजिम २० बर्ष कैद हुन्छ विष मिश्रीत भात खुवायका मानीस संग ज्यानै लिन पर्ने ईवी नभएको सो खानेहरु कोही नमरी सवै बाचेकै उती असर परेको पनी नदेखिएकोले अ.व. २३५ नं. बमोजिम राय लगाई जाहेर गरेका छौ भनी ०१०।५।११ मा सुरु जलेश्वर अमिनीले जाहेरी फैसला गरेको,
इनसाफ मनासिव सजाय चर्को पर्छ भन्ने राय लगायतर्फ विष जस्तो कुरा हाली पकाई खान दिने अप्राधीलाई ऐनले हुने सजाय गर्दा चर्को पर्छ भन्न अनुचित सुरुले राय लगाएको गलती भनी ०१०।१२।१९ मा महुतरी अपिलले जाहेरी फैसला गरेको,
सो विष ख्वाय मृत्युनै हुने भनी पत्याउन नमिलने सो भात खाने कुनै पनी नमरेकाले ज्यानसन्धीका २८ नं. बमोजिम सजाय दिन c+} दुरुस्त नमिलेको निकास बस्स्ये बमोजिम सजाय गर्ने ठहराई ०११।४।२० मा सदर अमिनी गोस्वाराले जाहेर गरेको,
साधक दुवारा पेस हुन आएको बुझदा झरकनैलको गेडा जचाउदा डक्टरले खादा मर्ने विष हो भनी लेखि दिएकै र मार्नाको उदेश्यले भातमा हाली पकाई खान दिएमा प्र.कमलेश्वर सावित यस्तामा c+} ले हुने सजाय दिनै पर्ने भै प्र कपलेश्वरलाई ज्यान सम्वधीका २० नं. बमोजिम हुने सजाय लागने नै हुदा c+} दुरुस्त नमिलेको भनी अमिनी गोस्वाराले जाहेर गरेको गलती c+} बमोजिम सजाय दिने ठहरायको अपिलको मुनासिव छ सो बमोजिम गर्नु भनि मिसिल ईलाका अमिनीमा पठाउन सदर अमीनी गोस्वारामा पठाई दिनु गलती गरेमा सदर अमिनी गोस्वारालाई केही गर्नु परदैन ।
हरि प्रसाद
प्रधान न्यायाधिश
ईती सम्वत २०११ साल पौख २९ गते रोज ५ सुभं