निर्णय नं. ९३० - जग्गा
अ.न. ९३० ६५०
०११ १०२३
नेपाल प्रधान् न्यायालय सिङ्गल बेञ्च
साधक नम्बर
उजूरवाला मोरं प्रगन्ना नजरपुर मौजे रेस्पौन्डेन्ट मोरं प्रगन्ना धौलाहुप बस्ने ज्मीदार
गछ गरा बीर्ता बस्ने फजुलदीन मीञा टेकबहादुर गीरीस्मेत
मुद्दा- जगा
ईजलास
श्रीमाननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम.ए.बि.एल.
फैसला
येस्मा मेरा बाबु मरुबतुलाका नाउमा सिवनगर१ विनायेक पुर १ धाइजं १ स्मेत ३ मौजा दर्ता भयेकोमा सीवनगर बीनायेक पुरमा अबाद हुनै नसकने जगा हाल अबादीम दर्ता गरी दीदा लागेको पोत कंरु ३९०० वक्यौता देखाई गंगाप्रसाद टेकबाहादुर क.प. भुपालमाक्सीङ मु.बद्रीनारानस्मेतले ९७ साल्मा ज्मीदारी नम्बरी जगाहरु बेरीत संग लीलाम गराई सर्वश्व गराये भन्नेस्मेत बेहोरा फजुलदीन मिञाले पु.क.ज को डौडाहामा विन्ती गर्दा बुझी १ मैना भित्र कीनारा लगाई जाहेर गर्नु भन्ने प्रमाङ्गी भयेकोले प्रर्तेबादीहरु बुझीयेकोमा बादीले तारेख छोडेबाट मुद्दा डीसमीस भै सकेपछी थमाई ल्यायेको मीसील क्रांतीमा परेको हुनाले नकल लि कारबाई गर्ने गरी झापा न्यायालयबाट पर्चा भये बमोजिं उजूरवाला बुझदा प्र संग काग पत्र नकल केही छैन क.प. भुपालमान्सीङ्लाई नकल गयेको छ भन्ने सुनेकोले नीजसंग नकल झीकि ईन्साफ गरीपाउ भन्ने बयान भयेको र वादीका बाबुको नाउमा अनारमनी बीर्तामा १२४।।।३।।।जगा रैतान दर्ता भयेको रहेछ अरु ९४ साल भन्दा ३५४ बर्ष अघी देखी पोत बाकी रहेकोमा ४..५ वर्षको भाका कबुलियेत गरी जगा ज्मीदारी थामी दिदा पनि ९५ साल देखि मोलान भागी गयेकोले सो बेहोरा जाहेर हुदा मोगलान भागी जानेको बक्यैता बेकायेमिमा राखि जगा पजनि गरीदीनू भन्ने तोक सदर भै आयेकोले सो रैतान् जगा बन्दोबस्त हुन नसकी ज्मीदारी तालुक लागेको ज्मीदार सन्तबाहादुरले ९६ सालको पोत बाकी राखेबाट ज्मीदारी लीलाम हुदा देविबाहादुरले सकार गरको निजले पनी पोत बाकी राखेबाट ९७ सालमा लिलाम हुदा रविरर्तले सकार गरी निजबाट ९९ साल्मा मैले राजिनामा गरी लीयेको अरु मौजा टेकबाहादुरले लियेको ६ बक्यौता पोत जगा भोग गर्नेबाट लिनु भन्ने भै आयेकोले बस्यौतास्मेत बुझाई सकेको छु भन्नेस्मेत गंगाप्रसाद बादीको बाबु मोगलान भागेकाले बीर्ता मालबाट अमानतमा काम चलायेको ९७ साल्मा लिलाम हुदा मैले सकार गरी लीयेको हुँ भन्नेस्मेत टेकबाहादुर पोत बाकीमा लिलाम भयेको भन्नेस्मेत क.प. भुपालमान्सीङ र मु.बद्रीनारानस्मेतको बयां भयेकोमा बादीले तारेख टाडेको प्रमाण बुझी सकेको मुद्दा c+} ले डीसमीस गर्न नहुने हुदा लिलामी मिसीलहरु क्राँतीका परेपनी पोत् तीरेको रसीद बादीले प्रमाण दिन नसकेको प्रर्तेबादीले दाखेल गरेको वाहाली पट्टा रसिद पुर्जिबाट बादीले तिनुपर्ने पोत बाकिमा लिलाम भै प्रतेबादीले सकार गरेको देखियेको बेहीसाव वेरीत संग पजनि गरेको भया ऐनको म्याद १ वर्ष भीत्र उजूरु गरी बदर गर्न सकनु पर्ने नसकी ९ वर्ष पछी उजुर गरेको र म्याद थामिन प्रमाङ्गी भयेको नदेखियेकोले अ.ब. ६३ जगा पजनिको ७ नं ले हदम्याद नाघी सकेको उजूर हुदा खारेज गर्ने जाहेर गर्नु भन्ने प्रमाङ्गी क्राँतीमा परेपनी जाहेर गर्नु भन्ने प्रमाङ्गी भयेको भन्ने कुरा मिसिलबाट देखियेकोले जाहेर गरेका छौ भन्नेसम्ते बीराटनगर अपिलको जाहेरी फैसला ।प्रमाङ्गी बमोजिम जाहेर हुन आयेकोले हेर्दा म्याद भित्र उजूर गरेको नदेखियेकाले अपिलले खारेज गर्ने ठहरायेको मुनासीव c+} न बमोजीं गर्नु भनि मीसिल बिराटनगर अपिल्मा पठाई दीनु ।
हरि प्रसाद
प्रधान न्यायाधिस
र्इती सम्वत् २०११ साल पौष २९ गते रोज ५ शुभम्