• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३१ - जगा दर्ता

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 ८५

सम्बत २०११ को ६२८/१७९

अभिलेख दर्ता नं. ९३१

 

नेपाल प्रधान न्यायलय सींगल वेञ्च

अपिल नं. १७१

मुद्धा जगा दर्ता

अपिलट् वादी -पुर्व १ नं. सी.पा.ई.थुं तौथली मौजे थोकपा काफल स्वारा बस्ने जनकबाहादुर खडका छेत्री - १

विपक्ष प्रतेवादी - ऐ मौजे जागीरे यामुना बस्ने भक्तबाहादुर ऐ ऐ -१

 

 

                                   ईजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह राजपुत बीएस. सी. बि. एल.

फैसला

यस्मा दुर्ज्योधं दर्ताको ।७ मुरी र काजीमान दर्ताको ।७ मुरी स्मेत खेत मुरी ।१४ मेरा बावु कुलमानले सेरवाहादुरबाट ६४/९/27 गते खरीद् गरी लीयेकोमा भाई अंश हुदा काजीमानको खायेल ।७ भाई अकलध्वजको भागमा र दुर्ज्योधं खायेलको ।७ मेरा अंस भागमा परी सो जगा मैले मोरु ५६।मा भक्तबाहादुरलाई ९४ साल फाल्गुण मैनामा भोग बंधकी दीयेको सो जगा खांगी खारेज भै मालमा आउँदा मु. नेत्रबाहादुरस्मेत मीली नीज भक्तबाहादुरका नाउँमा नंबरी दर्ता गरी दीयेकोले सो बदर गरी मेरा नाउँमा दर्ता गराई पाउं भन्ने जनकबाहादुरको दर्खास्त रहेछ ।

प्रतेबादी बुझदा ५२ सालमा दुर्ज्योधंका नाउँमा दर्ता भयेको सो खेत ।७।४।६ को कीता मध्ये आधी खेत ९५।२।३१ गतेमा र बाँकी आधी खेत ९५।३।५।७ मा मोरु ६५।६५ रुपैयामा २ पटक गरी नीज बादीकै भाइ मकरबाहादुरबाट खरीद गरी ली ०९ सालको नंवरीमा मेरा नाउँमा दर्तास्मेत गरी भोग गरी आयेको छु उजुरी बमोजीं भोगबंधकी खायेको भंने कुरा झुठा हो भन्ने भक्तबाहादुरको कागज रहेछ ।

बंधकी दीयेको भंने सवुद बादीले पेस दाखील गर्न नसकेको र प्रतेबादीबाट पेश भयेको राजीनामाबाट मकरबाहादुरको रेखातमक र लेखातमक सहीस्मेत प्रष्ट देखीयेको र बीक्री गर्ने मकरबाहादुर हाजीर हुनस्मेत नआई म्यादै गुजारी बसेकोले बंधकी दीयेको नदेखीने हुँदा भक्तबाहादुरको नाउँमा दर्ता भयेको मुनासीवै ठहर्छ अरु कुरामा अदालतमा नालीस दीन जानु भनी सुनाई दीने भंनेस्मेत सुरु सीं. पा. मालको फैसला रहेछ ।

सो उपर तेरोमेरोमा उजुर परेपछी यो हक बेहकको मुद्धा मालले हेर्नै नहुने अदालतमा पठाउनु पर्ने र पेस गरेको राजीनामामा रोजस्मेत फरक देखीये पछी सद्दे कृतेमा सुनाईमात्र ईन्साफ गर्नु पर्नेमा सोस्मेत केही नगरेकाले चीत्त बुझेन भंने जनकबाहादुरको अपील रहेछ ।

नीज अपीलाट् जनकबाहादुरलाई राखी प्र. न्या. श्रेस्ता अपीलले पेस गर्न ल्यायाको रहेछ ।

यस्मा अंस भोगको सबुद प्रमाण र बंधकी दीयेको दोहोरीको नीस्सास्मेत अपीलाट्ले पेस दाखील गर्न नसकेकोस्मेतबाट सुरु सीं. पा. मालको फैसलामा लेखीयाका बुदाप्रमाणस्मेतबाट ईन्साफ सो मालको मुनासीवै ठहर्छ ।

नीज अपीलाट् जनकबाहादुरके मनासीब ईन्साफ उपर अपील गरेमा मु. स. श्रे. अ. बारेका ११ दफा बमोजीं सुरुले लीने गरेको डंड रु ३।६२ पैसाको सैक्रा १० ले मोरु ।३६।२ छतीस पैसा दुई दाम डंड गरी रुजु हुँदा असुल गर्न लगत दीनु ।

भगवतीप्रसाद सिंह

  न्यायाधीस

ईती संवत् २०११ साल पौख २९ गते रोज ५ सु

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563