निर्णय नं. ९३२ - अंश
सम्बत २०११ को .. ५०३/११०/११२
अभिलेख दर्ता नं. ९३२
नेपाल प्रधान न्यायलय डिबिजन वेञ्च
अपिल नं. ११०x११२
मु. अंश
अपिलाट रामप्रसाद विपक्ष ...............रामानन्द समेत
जोंछे भक्तपुर टिवकुछें
र अपिलाट रामानन्द जोशी ऐ ऐ -
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान यम.य. बि.यल.
श्रीमाननीय न्यायाधीस भगवती प्रसाद सिंह बि.यस.सी. बि.यल.
फैसाला
यसमा पेसहुन आयेको यो मुद्धा बुझदा ९४।१२।२८ को भक्तपुर अदालतको फैसला र ९५।६।२८ का अपिल दोश्राका फैसलाबाट पाउने ठहरेको ४ खंडको १ खंड अंस दिलाइ भराइ पाउ लगानीको खालामर असुली कृर्ते गरेस्मेत छ भंने नानी बेटीको दर्खास्त उजूरी
सो फैसला बमोजीम जगा घर धनमाल छुट्याई दिसकेको मसामी ३१६६।५४ मध्ये ४ खंडको १ खंड वादीलाई दिलाइ दिनुपर्ने हुदा दिनु नपर्ने भए उजूर गर्न आउनु भंने ७ दीने म्याद रामप्रसादलाई दिएकोमा निज रामप्रसादले ........ बाट उजूरी दिएकोमा श्र्व दर्खास्त प्रमाण नलाग्ने भंने भक्तपुर अदालत तहसील्को पर्चा
तायेदाती बंडापत्र बमोजीम नानी बेटीले पाउने मोहरु ७९१।६२।२ मध्ये बादि रामप्रसादले नतिरेसम्म निज रामप्रसादको अंस रु ७२०। मोलीने घर जगा गुठी भोगवन्धकी फछ (?) गरी दी चलं पाउ भनेमा अडैबाट चलं दीने र अरु बाकी रु का हक्मा अडैबाट कपाली तमसुक गरीदीने खाता बही कृर्ते गर्ने गराउनेका हक्मा c+}नको म्यादमा नालेस दीनु भनी सुनाउने भंने भक्तपुर अदालत तहसीलको ०६।७।२।३ को पर्चा
खाता बही मेरो जीम्मा नहुदा तिर्न बुझाउन नपर्ने भंनेस्मेत रामप्रसादको अपिल
रामप्रसादले दाखील गरेको मोरु २९३।७९ को असामी कहा गरी बाकी मोहरु ४९७।८३।३ रामप्रसादबाट बादीलाई दिलाउन दीने भंने अपिल तेश्रा फाटको ०७।९।२६ को फैसला
भक्तपुर अदालत तहसिलको पर्चा बमोजीम ज्मै पुरा रुपैञा मैले पाउनु पर्ने भंने बादी नानी बेटीको मरी मुद्धा सकार गर्ने रामानंदको अपिल
मैले अपिल्का फैसला बमोजीम तिर्नु बुझाउनु पर्ने होइन भंनेस्मेत रामप्रसादको अपिल
यस्मा अपिलबाट रामानंदले ०९।५।३० गतेको तारेख पैल्ला पटक पारी गुजारेकोले निज्को अपिल दायर रहन नसकी अवं २२६ नं बमोजीं डिसमीस हुने र छलफलमा निज रामानन्दलाई झीकाइ ०११।८।३२ गतेको तारेख दीएको सो तारेख पनि दोश्रापटक पारी गुजारेकोले तारेखमा रहेको अपिलाट रामप्रसादलाई राखी बुझदा खाता बहि बाहेकको आसामीका नाउको तमसुक निज रामप्रसादले दाखेल गरेको हुदा सो तमसुकी रुपैया बादीले नपाउने ठहराई अपिल तेश्राले छिनेको इन्साफ मुनासिब बादिले भक्तपुर अदालतबाट ९६।४।२१ गतेमा बंडापत्र बुझेको देखियको सो बंडापत्र बुझनु भंदा १० बर्ष अघाडीको खाता बहिबाट देखियेको आसामीसंग असुल उपर गर्नुपर्ने मोहरु १९५।२०।१ का हक्मा १० बर्ष नाघेको हुनाले अडाबाट औंनले भरीभराउ हुन नसक्ने हुँदा सो मोहरु १९५।२०।१ कट्टा गरी ८६ साल श्रावण २२ गते भंदा पछीको खाताको असामी मोरु २६२।३ र रामनासीं स्मेतसंग मोहरु ५५। मा धीतोस्मेत लिएको लिखत दाखील नभएकोले सो समेत ज्मा मोहरु ३१७।३ तिं सये सत्र रु तिन पैसा बादी रामानंदले प्र. रामप्रसादबाट भरी पाउने ठहर्छ रामप्रसाद जोन्छेके तिर्नै नपर्ने भनि अपिल गरेमा निजलाई अपिल्ले मोरु १। डंड गरेकोले हा.का.१० नं ले सो डडको सैक्रा १० ले रुजु हुदा मोरु।१० डंड गर्ने र रामानंद जोशी भक्तपुर लाहुलाछेके हा.का.१० नं ले तजबीजी मोरु १। डंड हुनेमा डीसमीस गराएकोले अ.वं.२२८ नं ले श्र्व डंडको सैक्रा ५ ले मोरु ।५ डंड हुन्छ वेरुजु असुल गर्ने भनि तहसीलमा लगत दीने केही गल्तीमा अपिल तेश्रालाई जरीवाना गर्नु पर्दैन यो मीसील मिसील फाटमा बुझाइ दीनु .
भगवतीप्रसाद सिंह हरि प्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २०११ साल पौख २९ गते रोज ५ सु.