निर्णय नं. ९३३ - घुस माग्यो
सम्बत २०११ को .. ५०१/१०४
अभिलेख दर्ता नं. ९३३
नेपाल प्रधान न्यायलय सिंङ्गल वेञ्च
सा. नं. १०४
मुदा घुस माग्यो
वादी डि. नरबहादुर साही समेत
विपक्ष प्रतेवादी डोटी अदालतका डि. देबिबहादुरसमेत
इजलाश
श्रीमाननीय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान यम.य. बि.यल.
फैसला
यस्मा हर्कबहादुर समेतसंगका जगा मुदा डोटी अदालतमा भएको तारेखमा जादा सु.वे. कुमारजंसंग बस उठ भएको साथी हुदा तपाईहरुका मुदा मिलाई दिउला भनेको म आई नपुगदै मुदा सकीयछ अब बाकी मुदाहरु अबका तारेखमा किनारा गरी दिउला १ मुरी चामल पठाई दिनु होला भनि डिठाले भनेकाले नालेस गरेका छौ कंरु ४० का चामल मुरी १। मागेमा र अन्यायवालाहरु मिली पछेपात गरेमा सजाय गरीपाउ भन्ने डि नरबहादुरसमेत ५ जनाको फेराद,
उजुरी बमोजिम मैले चामल मागेको होईन ई बादीहरुका धेरै मुदा परेका हुनाले के के प्वाइन्ट पुर्याउन यो उजुर गरेका हुन भन्ने डोटी अदालतका डि. देबीवहादुरको रिपोट डिठासंग मेरो हेलमेल बसाउठ पनि नभएको मसमेत मिली पछेपात गरेको पनी छैन भन्ने सु.वे. कुमारजंको प्रतेवादी,
उजुरी बमोजिम घुस मागेको समेत ठहरदैन हाकिम उपर झुट्टा उजुर गरेमा अदालती बन्दोबस्तका २९७ नं बमोजिम थप सजायलाई जाहेर गरी ०११।१।३० मा डोटी अपिलबाट फैसला गरेको साधकद्धारा पेसहुन आएको बुझदा बुझिएसम्मका साछी सबुदबाट उजुरी बमोजिम घुस मागेको मन्ने नदेखिएकोले थप सजायलाई जाहेर गरेको अपिलको मुनासिव वादी डोटी जीं कोट गर्खा मध्ये मुडे गाउ बस्ने डी. नरबहादुर साही ऐ ऐ बस्ने ख. भद्रबिर साही ऐ ऐ बस्ने ले. लालबिर साही ऐ ऐ बस्ने डी. ठक्रबहादुर साही ऐ ऐ बस्ने मु. कृतबिर साही समेत ५ जनालाई अदालती बंदोबस्तका ऐन २७९ नं बमोजिम थप तजबिजी मोरु २०। बिस रुपैञाको दरले जम्म रु.१००। डण्ड हुन्छ बेरुजु हुदा असुल गर्न तहसिलमा लगत दी मिसील डोटी अपिलमा पठाई दिनु ।
हरिप्रसाद
प्रधान न्यायाधिश
ईती सम्वत २०११ साल पौख २९ गते रोज ५ सुभं ।