• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१ - चोरी दोहोरो लेंदें

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/२६ १०५

श्री नेपाल प्रधान न्यायालय डीभीजन बेञ्‍च

मुद्दा नम्बर ७०८


अपिलाट मैञा अधिकार्नी का.इ महादेउटार

 

 

वीपछे नीता वझेनी काई भीसेंथान बस्ने आशालाल श्रेष्ठ का.इ. महादेउटार


मुद्दा चोरी दोहोरो लेंदें

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरीप्रशाद प्रधान एम.ए. वी एल

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षतृ

फैसला

     आशालालले २००१ श्रेष्ठ २६ गते नीजहरुको ४ कीता जगा र पराले घर स्मेत १८०१। मा रजीष्टेसं पास गरी भोगवंधकी दियेको र स्व तमसुक २००२ श्रेष्ठ २६ गते चोरी भै हरायेको ऐ २८ गते हुलिया दियको छु आशालालले नीता वझेनीलाई २००२।२।२६ गते मोरु १९०१।- ली पास गरी दियछ मेरो तमसुक चोरी लगी लगत काटी दोहरा लेंदें गरेको हो दरपिठ भएको स्ही भीडाइ दोहरा लीय दियेमा सजाये गरी तमसुक स्मेत दीलाइ पाउ भंने २००२।७।१६ को बादी रहेछ।

     बादीसँगको करकाप मुद्दामा यो नालेस नपर्दै मैले सबै खुलाइ लेखी दियेको हो स्व थाहा पायेको ३५ दिन भीत्र पनी नालेस दीन नसकेको र मैले चोरी गरी कृर्ते दरपिठ खडा गरी लगत कटाइ दोहरा पास गरी दियेको हैन बादी झुटा हो भंने स्मेत २००२।२।८।३ को आशालालको प्रतेवादी रहेछ।

     मलाइ रजीष्टेशन पास गरी दियेको करकाप मुद्दाको नालेसमा लेखीयेको थाहा पाय पछी नालेस दीनु पर्ने दीन नसकेको २००२।२।१५ मा नेडीक तीरी फट्टा ली आउन कपाली तमसुक लेखी मो रु १८०१। लगी तीरी दरपीठ भयेको २००१।२।२६ को तमसुक फट्टा ल्यायेपछी २००२।२।२६ गते रजीष्‍टेसं अडैमा गै थप रु १०१ ली १९०२ मा पास गराइ लीयेको तमसुक र फट्टा स्मेत हरायो हुलीया दीयेको छु  बंधकी कायं गरी पाउ भंने २००२।९।१३ को नीता वझेनीको प्रतेवादी रहेछ।

चोरी गरी दोहरा लेंदें गरेको सबुद वादीले गुजार्न नसकेको हुनाले स्मेत वादीले प्रतेवादीहरु उपर झुट्टै उजुर गरेको ठहर्छ भंने २००३।११।२२ को फौज्दारी अदालतको फैसला रहेछ।

अदालतको इन्साफ मनासीव भंने ०७।२।६ को अपिल पैलाको फैसला रहेछ।

अपिल पैलाको इन्साफ मनासिव भंने ०७।१२।१७ को प्रधान न्यायालय चौथाफाटको फैसला रहेछ।

चोरी दोहरा लेंदें मुद्दा न्यायालयबाट हराइ दियो दोहराइ पाउ भंने मैञा अधीकार्नीको बींतीपत्रमा बेहोरा साचो हो र ०७ साल चैत्रमा छीनीयेको रहेछ भने यो मुद्दाको मिसील झीकी इन्साफ जांची अैन सवाल बमोजीं गर्नु भंने २००८।५।१५ को आदेश रहेछ।

२००२।२।२६ मा रजीष्‍टेसं पास भै रहेको तमसुक फाइल काठमाडौ पोता रजीष्‍टेसनबाट झीकाई हेर्नु भंने ९।७।२२ को मालपोत तथा वन वीभागको पत्र रहेछ।

कर्णेलनी लक्ष्मी कुमारी र हुलीयाको सक्‍कल कीताव स्मेत बुझ्नु भंने २००९।७।२९।६ को आदेश रहेछ।

यो मुद्दामा हामी दुवै थर झगडीयाको घरसारको कुरोमीलेकोले झगडा परेको वंधकी थैली आसालालले नतीरे सम्म स्व झगडा परेको जगा खलै पीछे आधी म मैञा अधिकार्नी भोग चलं गर्ने गरी आधी म नीता बझेनीले भोग चलनं गर्ने फाट्टा अघीको मुद्दा परेको वाली खानु नपायेको हुनाले तल्सीं बुझाउनु पर्ने जो जती वाँकी छ स्व मैञा अंधीकार्नीले तीर्ने बुझाउने र झगडा परेको साल्को आज संमको जो जती वाकी भयेपनी स्व वालीमा मैले दावा छाडने गरी म नीता बझेनी स्मेतको मंजुर भएकोले देवानी पैलामा मुल्तवी रहेको मुद्दा स्मेतमा दावी छाडने गरी म नीता बझेनीतर्फ र लीखत अर्को गराई पाउ भनी मैले दावी ली नालेस गरेको मुद्दाहरु मुल्तवी रहेको तेस्मा पनी दावा नलीने यो मुद्दा पनी दावा छाडी आधी जगा ली चीत्त बुझाक्ष बस्ने गरी दुवैको मंजुर छ आशालालले १९०१।– रुपैया बुझाउन ल्यायो भने ९५०।५० म मैञा अधीकार्नीले ली जगा आधी छाडने मोरु ९५०।५० म नीता बझेनीले बुझी आफूले भोग गरेको आधी जगा छाडी दीने भयेको हुनाले फैसला वा मिलापत्र जो गर्नु पर्छ गरी पाउ भंने नीता वझेनी र मैञा अधीकार्नीको यौटै वींतीपत्र परेकोमा स्व वींतीपत्रमा हामीले दीयेको हुँ भंने सनाखतको कागज स्मेत लेखी दीयेको र नीता बझेनीलाई पास गरेको लीखतमा घर स्मेत भएको मुद्दा परुंजेल भत्की पाताल भै सकेकोले पछी दावा गर्दीन भंने आशा लालको स्मेत २००९।१०।२४ को दर्खास्त रहेछ।

यो मुद्दा येस डीभीजन बेंचबाट नीताको वा मुक्तीलाल  झा र मैञाको वां कृष्ण बहादुर लाई स्मेत राखी बुझदा

चोरीको  दावी ली मुद्दा चलेको भयेपनी मुद्दाको अवस्थाबाट लुटपिट कायं हुन आउने पनी अै भयेको र यो मुद्दामा पनी जेपवाट तमसुक झिकी लगेको भंने वादी भयेमा प्रतिवादीले कागज लीयेको कुरामा इन्कार नगरी खुसीराजीबाट रुपैञां तीरीफट्टा गराइ लीयेको हुँ भनी सो कागज दवाउने छीपाउने गर्दा दसी फेला परेको नभै प्रतेवादीले स्वही कागज देखाई पास स्मेत गरायेबाट  देवानी मुद्दा कायं हुने अवस्था हुन आयेकोमा लेखीये बमोजीं दुवै थरको मंजुरीबाट वींती पत्र परेकोले वादीको दाबीतर्फ अव ठेगाना लगाउने तर्फ वीचार गरी रहन नपरी स्वही बींती पत्रमा लेखीये  बमोजीं प्रतेवादी नीता बझेनीले आशालाल सँग २००२ साल जेष्ठ २६ गते मो रु १९०१।- मा रजिष्टेसं पास गराई भोग वंधकी लियेको मध्ये  कीतै पीछे आधी जगा मोहरु ९५०।५० नौ सय पचार रुपैञा पचास पैसामा वादी मैञा अधीकार्नीले र थैली मोहरु ९५०।५० नौ सय पचार रुपैञा पचास पैसामा वांकी आधी जगा प्रतेवादी नीता वझेनीले भोग वंधकीबाट भोग चलं गर्न पाउछ।

असामीले रुपैञा बुझाउन ल्यापेमा स्वही बमोजीं आधी आधी थैली बुझीली  जगा छाडी दीनु भनी दुवै थर लाई सुनाइ दीनु लेखीय बमोजीं हुने भयको वेहोरा नीता बझेनी को तमसुकमा जनाइ राखन काठमाडौ पोता रजीष्टेसंलाई लेखी पठाउनु दोहरायेमा वादी मैञा अधीकार्नीलाई डंड गर्नु पर्दैन मिसील मिसील फाटमा बुझाइ दीनु

 

 

महेन्द्र बहादूर                                        हरिप्रसाद

न्यायाधीश                                         प्रधान नयायाधीश

 

इती सम्वत २००९ साल माघ २६ गते रोज १ शुभं।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563