निर्णय नं. ९७९ - जगा वाली
नेपाल प्रधान न्यायालय डिभीजं बेञ्च
अ.नं. १०४५
ऊजुरवाला वादी भ.पु.ई तौलाछे तोल बस्ने वीकुमान सीलांछे श्रेष्ट
विपक्ष प्रतेवादी
भ.पु.ई तौलाछे तोल बस्ने कान्छा कपातगो १
ऐ गछे तोल बस्ने जुरां भनेको गुधं कपातगो १
मुदा जगा वाली
ईजलास
श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम ए वि. एल
श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या
फैसला
यस्मा मोहनमाया दपोछेनीको लोग्ने रामकृष्ण दपोछेका पुर्खाले भ.पु.ई लाजीनामा भंयाका ठाउमा पाती वनाई म स्मेत ४ जनाले साल वसाल पाति भक्ते वीग्रेको वनाई वुसाधा सहभे भोज खाने गरी वागडोत खेत रोपनी २ गुठी राषेकोले गुठी पालो चलाई आयको ७४ सालमा पाती भक्ती वीग्रेको बनाऊन खर रुपैञा मोहनमायाले दीन सक्तैन भनी नीजका गुठी पालो मलाई राजीनामा गरी दीयबाट २ पालो मैले १ पालो मीसी १ पालो नातीमायाको भै आलो पालो संग गुठी चलाई आयको सीलापत्र सो पाती भत्कदा हराये २००४ सालका धान वालि देखि २००६ सालका गहु वाली तक मेरो पालो भयको र सो १ पालो वाला नानीमैजुले भरि भयका नीजका छोरा रघुनाथलाई राजीनामा गरी दीयको नीजको स्वास्नी मसीनुले हीरालालाई वंधकी दीयको नीजका छोरा भाजुवीरबाट मैले लषवंधक लीहीयकाले मैले ३ वर्ष भीं सीं का भाई तुई सीं ले १ वर्ष पालो भयको २००५ सालको गुठी पालो चलाई नीज भीं सीं को छोरा कान्छाले वाली नदीयकाले गुठी चलाई नीज मोही कान्छा संग वाली ताकेता गर्दा सो गुठी मेरा नाउमा नाऊसारी गरेकाले वाली नदीनु भनी जुरांले भनेकाले नदीयका हुँ भनी भनेकाले चलाई सकेका गुठीको वाली रोकेमा र सो पाती नदीयमा सजाये गरी वालीको वीगो रु ६६।६७ कान्छाबाट भराई सो जगा स्मेत आफु षुसी कमोत गर्न पाउ भंने स्मेत वादी ।
सो पातीमा वुसा धां र भत्के वीग्रमा बनाई व्रम्हापाणीमा कुखुरा भाले १ स्मेत वलि पुजा गर्ने गुठी मेरा पुर्खाले राषेकाले नीजका संतानले गरि आयेको हुदा ५२ साल्मा पोता दर्ता गरेका वखत वावु भाजुदेवले आफु नाऊमा गुठी जनाई भ.पु.तौलाछे १६२।१४८ नं का पोता लगतमा दर्ता गरे बमोजिं भाजुदेव नीजका भाई वीस्नुले आलो पालो संग गुठी चलाई आयको नीजका सेषपछी दाजु पुन सीं ले आफु नाऊमा नाऊसारी गरी भाजुदेव तर्फ पुन सीं ले वीस्नु तर्फ भीं सीं ले निजहरुका सेखपछी १ वर्ष मैले १ वर्ष भीं सिं का छोरा कान्छाले आलो पालो संग गुठी चलाई आयकोले सो बमोजीं गुठी चलाऊने गरी ०५।१२।२९ मा मीलापत्र भयेको छ रामकृष्णले गुठी राषेको र नानी मैजु रघुनाथबाट लें दें गरी हक भयको र मैले वाली रोका गरेको स्मेत हैन १ थकाली हुदा ९६ सालमा दाजु पुनसींका नाऊबाट मेरो नाऊमा नाऊसारी गरी सकेको छ हकै नपुग्नेका लेखतबाट वादी अगसर भै गुठीयारै नभयेका वादीले झुठा नालेस गरेमा सजाये गरी पाऊ भंन्य स्मेत जुराम भनेको जुधंको प्रतेवादी रहेछ।
वादीमा लेखियको म र प्रतेवादी जुधंको पुर्खाले राषे वाग्दोल खेतका आयस्ताबाट भ.पु.लाजीनामा पातिको वुसाधं र श्री व्रम्हायाणी लाई कुखुरा भाले १ राषी वलि पुजा गरी वाकी सेष षान पाऊने गरी हामी गोष्ट फुकी मात्र वली गुठी चलाई आयकोले मेरा वावु भीं सीं तर्फको पालो २००१ साल्मा मैले र भाजुदेव तर्फको पालो प्र. जुधनले ०४ सालमा पालो साती पालो चलायेकोमा जुधंले मलाई थाहा खवरनै न दी नाऊसारी गरी गरेकाले ऊजुर गर्ला भनी वाली दीयन भनी मेरा नाऊमा नलिस दीयकोमा मेरो हक लाग्ने हुदा मेरा नाऊ स्मेत राषी दर्ता गर्ने गरी मीलापत्र भयको र अघी देखि भाजुदेव वीस्नुका संतान जुधन र मैले आलो पालो संग गुठी चलाई आयको हुदा झुठा दावीबाट फुर्सत गराई पाऊ भंने स्मेत कांछाको प्रतेवादी।
मोहनमाया वादी नानी मैयु स्मेत गुठीयार हैन भंय प्रतेवादीहरुले नीस्सा प्रमाण केही गुजार्न नसकी वादीबाट पेस हुन आयेको नानीमैजुले छोरा रघुनाथलाई गुठी पालोमा राजीनामा र मसीनुले हेरालाल लाई गरीदीयको भोग वंधकी तम्सुकमा प्रतेवादी मधेको जुधं साछी बसेको देखियको सो सैछाप जाच गर्न पठाईदा मीलछ भनी लेखिदियको आफु साछी वसी भयको लेखत जाल्साजी कृते आफ्नु आमा नानी मैजु भई रघुनाथ स्मेतलाई गुठीको हकदार हैन भनी लेखनेले मोहनमाया रामकृष्ण प्रतेवादीलाई गुठीयार हैन भनी लेखे भन्दैमा वादी स्मेतको सो गुठीमा हक रहेनछ भंन नहुने र गुठीका ४ नं ले गुठी जगा खरिद वीक्री गर्न नहुने गुठी जगै भोग वंधकी राजीनामा गरेको नभै पालो सम्म भोग वंधकी राजीनामा गरी दीयको देखियकोले सदर नहुने भंन नहुने हुदा ०५ सालको धां गहु वाली जुधनले नदीनु भनी रोका गरेको र कांछाले नदीयको ठहर्छ धेरै जना गुठीयार हुदा जगा पजनी गर्न पाऊनेनै भनी वादीलाई सुनाई दिने स्मेत ठहराई ०६।१२।२२।३ मा भक्तपुर अदालतबाट फैसला गरेको रहेछ।
५२ साल्मा भाजुदेवले दर्ता गर्दा मेरा पुर्खाले लाजीनामा आऊनेलाई बास बस्न नीमीत बनायको धर्मसाला पातीको लेष वडी १० रोजका दिं व्रम्हवन्दी पुजा र व्रम्हायनी गणेशलाई वली १ राषी पुजा गर्न गुठीयार वनाऊनु भनी सुना वीर्ता वाग्डोल खेत रोपनी २ गुठी राषेकोले पुर्खाको सन्तान म वीस्नु रामकृष्ण वीकुमान मानवीर स्मेत ५ जनाले आलो पालो संग गुठी चलाऊनु पर्ने भनी पा वं तहविल फाटबाट हेर्न ल्यायको सकल मोठबाट देखियकोले पुर्खाको संतान गुठीयार भंन सो दर्ता भाजुदेव कपातगो भंन जात थरका वादी सीलाछं श्रेष्ठ भंय देखियकोले सो गुठीमा ४ पालोमा १ पालो वादीको भंन र लखफार्छे लीयको गुठीको ४ नं ले सदर नहुने हुदा भक्तपुर अदालतले गल्टी गरेको ठहर्छ भनी ०७।११।१५।२ मा अपिल पैला फाटले फैसला गरेको रहेछ।
दर्तामा पनी वीकुमान भंय वादि देखियको वादीको नाऊ पनी वीकुमान भंय देखिनाले वादी गुठीयार होकी भंन वादी वीकुमानको जात सीलींछे श्रेष्ठ दर्तावाला भाजुदेवको जात कपातगो दर्तावालाका लेखबाट पुर्खाका संतान लेखियको वादी वीकुमां दर्तावालाका संतान नदेखियकोले दर्ताको वीकुमां वादी भंन नहुने ४ पालो भंय वादी दर्तामा ५ पालो देखियकोले ५२ सालका दर्तामा यति पालो भंय कुरा वादीले थाहा नपायेको तेस्तो पालो ठाहा नपाऊने गुठीयार रहेछन भंन नहुने र लखभोग लीयकोमा सेस यति भंय नखुलेको राजीनामा गरी लीनै नहुने हुदा तेस्तो लेखत अले सदर नहुने हुनाले ईनसाप अपिल पैला फाटले ठहराई छिनेको मनासीव गरी ९।५।१०मा प्रधान न्यायालय पैला फाटबाट फैसला गरेको।
वादी वीकुमानले वारेसद्वारा दीयका वीन्तीपत्रमा भयका आदेस बमोजिं दायर भयेको यो मुदा ऊजुरवाला वीकुमानको वारेस न्हुछेभक्त जुराय भनेको जुधं नीजको वारेस जुलाल कांछा स्मेत राषी बुझ्दा।
५३ सालमा भाजुदेवले दर्ता गरायको पा बं तहवील फाटबाट आयेको दर्ता ऊतारमा मेरा पुर्खा कृष्ण दिछेले लाजीनामा आऊनेलाई बास बस्न नीमीत वनायका धर्मसाला पातीको जेष सुडी १० रोजका दीं पर्वको पुजा र श्री व्रम्हायाणी गणेशलाई वली १ राषी पुजा गर्न गुठीयार पाऊन भनी सुना वीर्ता वाग्डोल खेत गुठी राषेको दानपत्र हरायो नीज पुर्खाको सन्तान म र वीस्नु रामकृष्ण वीकुमान मानवीर स्मेत जना ५ ले आलो पालो सीत गुठी चलाऊन पर्ने कृष्ण देछेका नाऊको खेत भंय स्मेत लेखियको सो दर्तामा लेखियको गुठीयार यो यो हुं नीजका सन्तान यसो भो भंय स्मेत कुनै कुरा प्रतेवादीले प्रतिऊत्तरमा र अपिलमा स्मेत लेखन नसकी भाजुदेव र नीजका भाई वीस्नुले आलो पालो संग गुठी चलाई आयकाले नीजहरुका सेस पछी भाजुदेव तर्फ जुधंले वीस्नु तरेफ कांछाले आलो पालो संग गुठी चलाई आयेको भंय स्मेत प्रतेवादीमा लेखेकाले प्रतेवादीका लेखाई दर्ता संग मील्न नआई फरक परेकाले प्रतेवादी लेखाई बमोजिं भाजुदेव र नीजका भाई वीस्नुले मात्र गुठी चलाई आयेको भंन नहुने पुर्खाले राषेको गुठी भनि प्रतेवादी जीकीर भयकाले नीजकै पुर्खाले राषेको हो की भंन दरेतामा कृष्ण देछेले राषेको भंय कीतानी साथ लेखि नीज कृष्णकै नाऊमा दर्ता भयको जगा भाजुदेवका नाऊमा दर्ता गरेको स्मेत सो दर्ताबाट देखियको वादीले रामकृष्ण देछेका पुर्खाले राषेको गुठी भंय जीकीर लीयको प्रतेवादीका थर कपातगो र गुठी राषने देछे भंय सो दर्ताबाट देखिदा कपातगोको पुर्खा देछे हुनै नसकने हुदा प्रतेवादीका लेखाई बमोजिं प्रतेवादीका पुर्खाले राषेको भंन नभै वादीका लेखाई बमोजिं रामकृष्णकै पुर्खाले राषेको भंय देखिन आऊने र बुझी आयका सरजमीं मुचुल्काबाट दर्तावाला भाजुदेव बसेका तौलाछे तोलका मानीस्ले गुठीयार वादी वीकुमान स्मेत हो भनी कीतानी साथ वुडापाका धेरै जसोले लेखिदीयको अरु तोल ठाऊका मानीस्ले वादीलाई गुठीयार नदेषने सो दर्तामा लेखियका वीकुमान पो हो भनी खुलाईदीन प्रतेवादी र सरजमींका धेरै मानीसले नसकेकाले दर्ताको वीकुमान वादीनै भंनुपर्ने हुदा मोहनमायाले वीकुमानले गरीयाको ४ सालका राजीनामाबाट रामकृष्णका पालो परी वादीले पाऊने हो भंन सो राजीनामा मैले पाती वनाऊन षर्च ल्याई सो गुठीको हक छाडी दीं हामीले षर्च गरी बनाइन्छ भंने स्मेत लवज लेषी वीकुमानका नाऊमा राजीनामा भयको देखियको राजीनामा बमोजिं सो गुठीको अरु गुठीयारले षर्च नगरी मैले मात्र खर्च गरी पाती वनायको भनी लेखि सवुद गुजार्न नसकेकाले सो पालो वादीले मात्र पाऊछ भन्न नमीलने हुदा सो पालो पाऊ भंय र नानी मैजुले कांछा छोरा रघुनाथलाई गरीदीयको राजीनामा म मेरा भाग ३ खण्डको १ खण्ड राजीनामा गरीदीयको भनी आफ्नु छोरा रघुनाथलाई राजीनामा गरी दीयकोमा प्र.जुधं साछी बसेको हुदा १।३० का राजीनामाबाट देखियको सो राजीनामा सोपी नीज रघुनाथको स्वास्नी मसीनुले हीरालाललाई वन्धकी दीयको लेखतमा पनि लखवन्धकी दीयको भंय नखुले पनी सो नानी मैजुले रघुनाथलाई गरीदीयको राजीनामा सोपी वंधकी दीयको हुदा सो राजीनामामा लेखिय भंदा वडी गुठी हक वंधकी दीये लीयेको भंन नहुने सो ७६ सालका राजीनामामा लेषीय भन्दा वढी जुधंको स्मेत हक हक वंधकी दीयको भये नीज जुधं साछी नवस्ने साछी बसेको देषीयको र नीजको सैछाप जचाऊदा मील्छ भनी लेखि दीयकाले ३ थरको १ थर नानी मैजु मसीनुको हक छैन भंन र सो भन्दा वढी पालो वंधकी दीयको भंन नमीलने हुदा नीज वंधकी लीने हीरालालको छोरा भाजुवीरले वीकुमानलाई लख दीदा पनी लेखिय बमोजिं नानीमैजुको हक १ पालोमा ३ हकको १ हक सम्म लख वंधकी दीयको भंय देखिन आयकाले के कसो कीसीं संग पालो चलाई आयको पालो पाऊने रहेछ भनी वीचार गरेदा दर्तामा लेखियका ५ जना मधे रामकृष्ण र मानवीरका सन्तान भयको वादी प्रतेवादीबाट र बुझी आयका सरजमीं मुचुलकाबाट स्मेत देखिन नआयेको र मोहनमायाले दर्तावाला पुन सीं स्मेत साछी राषी माथी लेषीयका वेहोरासंग वीकुमानको नाऊमा राजीनामा गर्दा ४ पालोको १ पालो भंय लेखियकोले ऊस बखतमै दर्तामा लेखियको मानवीरको १ पालो गुठी नीजको संतान नहुदा सो १ पालो पासी रामकृष्ण वीकुमान वीस्नु भाजुदेव तर्फबाट गुठी चलाई आयको रहेछं भनुपर्ने र रामकृष्णको स्वास्नी मोहनमायाले वीकुमानलाई गरीदीयको राजीनामाबाट नीजको पालो वादीले मात्र माथी लेखियका प्रमाणबाट नपाऊने हुदा सो १ पालो पनी मासी वाकी रहेका दर्तामा लेखियका वीकुमान वीस्नु भाजुदेव तर्फबाट आलो पालो संग गुठी चलाऊन पाऊने हुदा १ पालो वादी वीकुमानको र १ पालो भाजुदेवको संतान प्रतेवादी जुधंले र १ पालो वीस्नुको संतान प्र.कान्छाले पाऊने देषीनाले २००५ सालको पालो मैले चलायको वाली दीयन भंय वादी दावी भयकोमा वादी गुठीयारै हैन भंय प्रतेवादी जीकीर भयकोले सो सालको पालो वादीकै हैन भंने र गुठीयारै हैन भंयले वाली दीयहोला भंन मनासीव नपर्ने हुदा सो २००५ सालको गुठी चलाऊने पालो वादीको हैन भंन नहुने हुदा २००५ सालको पालो वादीले चलायको कायं गरी क्रमैसंग गुठी चलाऊन पाईन्छ भाजुदेव तर्फको जुधंले पाऊने पालोमा माथी लेखिय बमोजीं जुधंको आमाले गरीदीयको लेखत बमोजिं नीजको हक १ पालोमा ३ खन्डको १ खन्ड वंधकी रुपैञा नतीरेसम्म सो भाजुदेवको १ पालोमा ३ वर्षमा १ वर्ष स्मेत वादीले पालो ली गुठी चलाऊन पाऊने हुदा वादी गुठीयार ठहराई ५ सालको पालो चलायको वाली नदीयको ठहरायको भक्तपुर अदालतको र भोग नभयाका राजीनामाबाट माथी लेखियका परिवन्दबाट वादीले पालो नपाऊने हुदा सो राजीनामा गरीलीयको पालोमा वादीको दावी नपुग्ने गरेको अपिल पैला न्यायालय पैला फाटको मनासीव हुदा सुरु अपिल प्रधान न्यायालय पैला स्मेतले केही उल्टी फैसला गरेको ठहर्छ तप्सीलको कुरामा तप्सील बमोजिं गर्न अदालत तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाईदीनु।
तप्सील
वादी वीकुमानले प्रतेवादी कान्छा कपातगोबाट पाऊने ठहरायको वालीको वीगो मो रु ६६।६७ अपिल पैला फाटका ०७।११।१५ का फैसला र ७।१२।५।१ का अ त वीगो फाटका लगतले भ.पु.अदालतका ०६।१२।२२।३ का फैसला र ०७।१।२।६ का लगत कातने गरेकोमा सो वीगो मो रु ६६।६७ भक्तपुर अदालतका फैसला र लगत बमोजिं भरी पाऊने हुदा डंड सजायेका ३६ नं अनका म्याद भीत्र द्रर्खास्त परेमा कोर्ट फी लागेको मुदा हुदा वादीबाट सैक्रा २।५० दस्तुर ली भराई दिन भक्तपुर अदालतमा पुर्जि गर्न लगत दिने..................................................................................................
देहायका मानीसहरुबाट भक्तपुर भक्तपुर अदालतका ऐ मीतीका फैसला लगतले भराऊने गरेको कोर्ट फी वादी वीकुमानले भरी पाऊनेनै हुदा देहायका मीतीमीतीमा ढरौट राषेको देहाय बमोजिंको कोर्ट फी मुलकी सवाल बही बुझ्ने बारेका ५९ दफाका म्याद ३ वर्ष भीत्र भरी पाऊ भनी द्रर्खास्त दीन आयमा केही दस्तुर न ली भराईदीने.................................
प्र. जुधन कपातगोले ०७।१।२३ मा ढरौट राषेको मो रु २।२८।२ माथी लेषीय बमोजिं वीकुमानले भरि पाऊने हुदा अपिल पैलाका ऐ परेका फैसला लगत बमोजिं जुधनलाई भराऊन पर्दैन वीकुमानलाई भराईदीने.......................................................२।२८।२
प्र.कान्छा कपातगोले २००७।३।१ गतेमा ढरौट राषेको ऐ ऐ मो रु .......२।२९
देहायका मानीस्के भ.पु.अ का ऐ मीतीका फैसलाले लाग्ने गरेको देहाय बमोजिंको डंड अपिल पैला फाटका ऐ मीतीका फैसला र ०८।३।१० का लगतले फीर्ता दीने गरेकोमा लाग्नेनै हुदा फीर्ता दीन पर्दैन भनी भ.पु.अ.त लाई पुर्जि गर्न लगत दीने...................................
प्रतेवादी कान्छा कपातगोले भ.पु.अ.त.मा २००६।१२।२४ मा बुझायेको मो रु पाच....५।
प्र जुधं कपातगोले ऐ मा ०६।१२।२४ मा बुझायको मो रु .......१८।७८
प्रधान न्यायालय पैला फाटका देहायका मानीस के केही ऊल्टीमा जरिवाना गर्नु पर्दैन..........
मे.क बल्लभ सम्सेर जङ्ग बाहादुर राणा....................................................१
खिमानन्द पाध्या................................................................................१
वादी वी म्युनाथ ऊपाध्या....................................................................१
अपिल पैला फाटका देहायका मानीस के केही उल्टीमा जरिवाना गर्न पर्दैन...................
मी सु रङ्गनाथ उप्रेती........................................................................१
ख.गुणनाथ पाध्या.............................................................................१
वी एकराज गुरुधराना........................................................................१
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत् २०११ साल माघ १४ गते रोज ५ शुं