निर्णय नं. ९८० - नामसारी
नेपाल प्रधान न्यायालय डिभिजन वेञ्च
ठा नं 1055
उजुरवाला भ पु तौलाछेटोल वस्ने वादी विपक्ष प्रतेवादी-----------------------------
वी कुमान-------श्रेष्ठ....................... भ पु ईतौलाछे टोल वस्ने कांछा कपा तगो
ऐ. गछेटोल वस्ने तुराम भने को जुधं कापा
तगो----------------------------------------
मुद्दा नामसारी
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम ए वी एल
श्री माननीय न्यायाधीस भैरबराज पन्त पाध्या----------------
फैसला ।
यस्मा मोहन मायाका लोग्ने रामदासका पुखा भ पु ----------वाग्टोल खेत रोपनी 2 मुरी राषेको 2005 को गुठी पालो मेरो हुदा गुठी चलाई बाली नदीयकाले नाले गरेकोमा जुधेका नाउँमा नामसारी गरेको जीकीर ली प्रतेवादी दीयकाले मेरो हकै नदेषायेको बालीमुद्दामा लेखियका प्रमाण --------------नपुग्नेले नाउँसारी गरी सो दर्ताको नातावाट मेरो हक छुटाउँन बालीमा नालेस गरी मीलापत्र स्मेत गरेमा सजाये गरी वाग्डोल खेत रोपनी 2।।।.।।1 मेरा --------- नामसारी गरी पाउँ भंन्य स्मेत वादी ।
वादीमा लेखियको म र जुधेका पुर्खाले राषी गयेको जगाको आयस्ताबाट गुठी चलाई सेस खान पाईने गरी बुझी दाजु भाई मात्रले गुठी चलाईने हुदा जुधेको बावु भाजुदेव मेरावावु -------अधि पालोसंज गुठी चलाई आयकाले बावुका सेषपछी पनी आलो पालोसंग गुठी चलाई आयकोमा जुधंले मलाई थाहानै नदी नामसारी गरी बाली बाकी भरी नालेस गरेकोमा मेरो स्मेत नाउँ राषी नामसारी गर्ने गरी मीलापत्र भयको छ वादी गुठीयार हैन वालीमा नालेस गरेको मुद्दा दायरै हुदा फेरी नाउसारी गरी पाउँ भनी झुठै नालेस गरेको हुदा वादीबाट फुर्सद पाउँ भंने स्मेत कान्छाको प्रतेवादी ।
सो जगा अधी भाजुदेवका नाउँमा भयको उनका सेषपछी मेरा दाजु पुनसांले नामरसी गरी गरेको नीजका सेषपछी 96 सालमा मैले नाउसारी गरेको वादीको सो जगामा हक लाग्ने र गुठीयार भये मौकामा उजुर गरी नाउँसारी गराउन सक्नु पर्ने मेरा पुर्खाले राषेको गुठी हुदा साल वसाल मेरा दाजुको छोरा-------र मैले आलोपालोसँग गुठी चलाई आयको जगामा वीच वीचैमा जालसाजी लेखत खडा गरी वाली दावी गरी यो स्मेत झुठा नालेस दीयमा सजाये गरी पाउँ भंन्य स्मेत जुधंको प्रतेवादी ।
यही गुठी जगाको 05 सालको वाली गराई पाउँ भनी यही प्रतेवादी उपर ईनै वादीले नालेस गरेको मुद्दामा वादी गुठीयार ठहरे वादी दावी बमोजिं वाली भरी पाउने ठहरी आजै फैसला भयेकाले वादीको नाउँमा स्मेत दर्ता हुने ठहर्छ भनी 06।11।12।3 मा भक्तपुर अदालतबाट फैसला भयको ।
यो गुठीमा वादीको हकदावी नै नपुग्ने -----------स्मेत सदर नहुने गरी आजैका मीतीमा यसै अडाबाट फैसला भयको हुदा वादीको दावी मनासीब ठहराई भक्तपुर अदालतले गल्ती गरेको ठहराई 7।11।15।2 मा अपील पैला फाटबाट फैसला गरको रहेछ ।
वाली भराई पाउँ भन्ने मुद्दामा ---------------गुठीयार नठहरि आजै का मीतीमा फैसला भयकाले जगा दर्ता गराई पाउँ भंन्न वादी दावी मनासीव नहुदा इन्साफ अपील पैला फाटको मनासीव गरी 9।5।10।2 मा प्रधान न्यायालय पैला फाटबाट फैसला गरेको ।
वीकुमानले दीयका वीत्तीपत्रवाट भयका आदेस वमोजिं दायर भयको यो मुद्दा उजुरवाला वी कुमानको वारेस -------- र जुधंको वा ---------------------------नगरेर राषी यो मुद्दा वुझ्दा ।
वाली भराई पाउँ भंन्य ईनै वादी प्रतेवादीको वाली मुद्दाबाट आजैका मीतीमा वादी सो गुठीमा 3-----को 1 पालो पाउँने गुठीयार ठहरी फैसला भयेकाले ---------- वादीको नाउँ स्मेत राषी दर्ता गराई दीने ठहरायको ईन्साफ भक्तपुर अदालतको मनासीव अपिल पैला प्रधान न्यायालय पैलाले गल्ती फैसला गरेको ठहर्छ वादी वीकुमान प्रतेवादी कांछा जुधं स्मेतको --------गुठी जनाई दर्ता गरी दीनु भनी ---------तहसील अडलाई पुर्जि गरी तपसीलका कुरा तपसील बमोजिं गर्न अदालत तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु ।
तपसील
देहायका ------------वादी वीकुमानले भरी पाईने गरी 06।12।22 मा भ.पु. अदालतले फैसला गरी 07।1।2।6 मा लगत दीयेको अपिल पैला फाटका 9।11।15 का फैसला र 7।12।5 का लगत वेलगत काटने गरी देहायका मानीसले देहायका मीतीमा धरौट राषेको कोर्ट फी देहायकै मानीसलाई फीर्ता -------------गरेकोमा सो धरौट राषेको कोर्ट फी वादी वीमानले नै भरि पाईने हुदा देहायका मानीसलाई भराईने गरेको लगत काटी वीकुमानको मुलकी सवाल ---------------------दफाका म्याद ३ वर्ष भीत्र भराई पाउँ भंन्य द्रर्खाष परेमा केही दस्तुर नली भराई दीन अ न वी -----फाटमा लगत दीने --------------
पु वे वादी कांछा क पा तगोले 2007।3।4 मा बुझेको मोरु------------------3।12
ऐ. जुधं कपा तगोले 2007।1।23 मा बुझेको ऐ.----------------------------3।12
भक्तपुर अदालतका देहायका मानीसलाई अपिल पैला फाटका ऐ. मीतीका फैसला र 07।3।10।1 का लगतले गर्ने गरेको जरिवाना नलाग्ने हुदा असुल भये फीर्ता भने वेहोरा जनाई लगत काटि दीनु----------------------------------------------------------------
ना.सु. नारान दास के गर्ने गरेको रु-----------------------------------------------।80
वी मुकुंन्दराज जोसी के मोरु------------------------------------------------------।20
गल्ती फैसला गरेमा देहायका अड्डका देहायका मानीसके जरिवान गर्न पर्दैन-------------
प्रधान न्यायालय पैला फाटका --------------समसेर जंङ्ग वाहादुर राणा----------------
ऐ ऐ का सु खिमानन्द पाध्या--------------------------------------------------------
ऐ ऐ का ---डी वीस्वनाथ उपाध्या---------------------------------------------------
अपिल पैला फाटका मी सु रङ्ग नाथ उप्रेती-------------------------------------------
ऐ ऐ का ख. गुणानाथ पाध्या--------------------------------------------------------
ऐ का वी यकराज गुरु घराना----------------------------------------------------
द—भैरबराज पंत द------हरि प्रसाद
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत 2011 साल माघ 14 गते रोज ५ -------------------------------