• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९८२ - जगा खिचोला

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/16 १५१

 

 

अभिलेख दर्ता नं.९८२/२०११                                                                   N                                                   

 नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

                                   ठा.नं.६२

 


सल्ल्याना १२ गाउ कटेरी बस्ने धनराज वोहरा (वादी)


 ऐ.ऐ.बस्ने टेक प्रसाद जैसी (प्रतिवादी)


 

मुद्दा जग्गा खीचोला

इजलास

श्रीमाननीय न्यायाधीस प्रदिप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश शम्सेर जङ्ग वहादुर राणा

फैस्ला

  एस्मा खान लाउनको बन्दोवस्त मिलाई स्वास्नी छोराछोरीलाई घरमा छाडी ०६ साल पौषमा विदेश गै नोकरी गरी ०८ साल पौषमा घर आउदा स्वास्नी पवित्रृले धंमाल समेत चोरी गरी भागी गएको र मेरो ।६ पैसा तिराको तमाखे बराल भन्ने स्मेत जग्गा प्रतिवादीलाई विक्री गरेकोले वदर गरी पाउं भन्ने वादी ।

वादीले स्वास्नी स्मेतलाई खान लाउन नदी भागी बेपत्ता गएकाले निजको स्वास्नीले ०७।५।२२।५ मा मोरु ९५।मा राजिनामा गरि दिएकीले भोग गरेको छु भन्ने प्रतिवादी रहेछ।

   लोग्नेले खान लाउनको बन्दोवस्त नगरी वेपत्ता भएकाले प्रतिवादीलाई विक्री गरेकी हु भंने पवितृको वयान भएको रहेछ।

    लोग्ने छदै लोग्नेको मञ्जुर वेगर विक्री गरेको वदर हुने ठहर्छ भंने सल्ल्यान अदालतको फैस्ला  रहेछ।

विक्री राजिनामा वदर गरी दिएमा चित्त बुझेन भंने प्रतिवादीको अपिल जिकिर रहेछ।

  इन्साफ सुरु अदालतको मुनासिब ठहर्छ भंने सल्ल्यान अपिलको फैसला रहेछ।

एस्मा यो मुद्दा चेक इन्साफ जाचका निमित्त झिकाई आएको बुझ्दा लोग्ने छदै लोग्ने छदै लोग्नेको मञ्जुर बेगर स्वास्नीले विक्रि गर्ने नहुने साहु असामी का ६ नं.c}+ले वदर हुने हुनाले स्मेत सुरु अदालतको ईन्साफ सदर गरी सल्ल्याना अपिलले छिनेको मुनासीव छ।

   इन्साफ जाचको निमित्त झिकाई आएको मुद्दा भएकाले कसैलाई केही गर्नू पर्दैन।मिसिल जिल्ला अदालतमा पठाउन मिसिल प्र.न्या.मि.विभागमा बुझाई दिनु।

 

 

                                                             न्यायाधीस    

इती सम्वत् २०११ साल पौष १६ गते रोज ६ सुभम...............................................

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563