• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९८४ - जालसाजी

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/17 १४५

 

 

 

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

फौ.सा.नं. १६५

मुद्दा जाल्साजी


                


जी. प्र.म. मौजे जलेश्वर बस्ने गोपाल भट्ट

   


रामफल साहु सुडी स्मेत

 


 

ईजलाश

श्री माननीय प्रधान न्यायाधीश हरी प्रशाद प्रधान एम ए वी एल


 


फैसला

येस्मा ०७।७।३ गते प्रत्येवादी रांफल संग छोरा गीप्रसादका नाउको जलेश्वरको जगा वीगाहा s३।।२ मेघरौलको १।।.।४.१ स्मेत भोग वंधकी लेखी कं रु २३७८ देउ भंदा दुई कीत्ता छुट्टाछुट्टै गर्ने भनी जनककृष्ण चन्द्रलाई मीलाई गोपीलालका नाउको जलेशेवर वजारको पीपैरी कं रु ।। लाग्ने खपडाको १ फुस्को १ घर्सेनी भएको जगा धुर s।।. आफ्नो छोरो राम प्रसादको नाउमा कं रु १२१४ मा स्मेत गरी २ थां राजीनामा लेखी सै छाप गराई लीएको थाहा पाञे सो जाल्साजी लेखेको बदर गराई पाउँ भन्ने वादी कं रु ११६४ मा जलेश्वरको र मेघरौलको स्मेत गरी जगा विगाहा १।।।४s १ राजीनामा दीयेको हो भंने रांफल कं रु १२१४ पीपैरीया घर जगा s।। धुर राजिनामा दीयेको सो भंने रां प्रसाद वादीले हामीलाई बोलाई लेखीयेका घर जगा स्मेत राजीनामा गरीदींछु लेखीदेउ भनेबाट म कृष्ण चंद्रले लेखी वादी र वादीका छोराहरुले हेरी पढी सुनीजाची वुझी सै छाप गरीदीये पछी हामीले सै गरी दीयेका हुँ जालसाजी होईन भंने प्रत्येवादी भएकोमा नवुझी नहेरी सै छाप नगर्ने हुनाले जाल्साज गरे भंने वादीको उजुर झुठ्ठा ठहर्छ भंने जलेश्वर अमीनीले ०८।१०।२१।२ मा गरेका फैसला उपर वादीको अपील परेमा इन्साफ सुरुको मुनासीव गरी ०९।५।५।४ मा महुत्तरी अपीलले छीनेको त्यस उपर चीत्त वुझेन हाकींहरु सँग अंन्याय भयो भंदा हामी ईन्साफ गर्न आयेका होईनौ सर्कारको तलवबाट पुग्न सक्तैन भनी मुखै खोली ........... भंने स्मेत लेखी वादीलेनै अपील गरेकोमा ईन्साफ महुत्तरी अपीलको मुनासीव अपीलमा वगवादी कुरा लेखे तर्फ अपीलाट गोपीलाल र लेखनै भीं बहादुर विष्ट स्मेतको कागज गराई सवुद प्रमाण वुझी अ बमोजीं ठहराई आदेश गर्नु भनी मीसील महुत्तरी अपीलमा पठाईदीनु भनी प्रधान न्यायालय सीङ्गल बेञ्च श्री माननीय न्यायाधीश भैरवराज बाट ०९।१२।२७।५ मा फैसला भै गयेपछी मेरो र छोराको उपर परे पारेका मुद्दामा जलेस्वरका हरेक अड्डाले अ छोडी हरायेकाले अपील्मा दुखनामा लेखे ईन्साफ पाउला भनी लेखेको हु भनी वादी गोपी लालले वयान गरेको भीं बहादुरले आफैले म्याद वुझी ली गुजारेको मुदा वहालवाला हाकींहरु उपर वदमासी कुरा अपील लेखन नहुने लेखे लेखायेको ठहर्छ कं रु २५ का दरले जरीवाना गर्ने भनी १०।११।१२।३ मा महुत्तरी अपीलले जाहेरी फैसला गरेको सो मुनासीव देखीनाले जाहेर गरेका छौं भनी ११।८।२७।१ मा सदर अमीनी गोश्वाराले जाहेर गरेको मुनासीव छ मीसील जील्लामा पठाउन मिसील फाँटमा बुझाईदीनु।

 

 

                                                 प्रधान न्यायाधीश

ईती सम्वत २०११ साल माघ १७ गते रोज १ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563