निर्णय नं. ९८५ - सरकारको नोक्सान
अभिलेख दर्ता नं.९८५/२०११ मु.नं.४५७/१३३ N
प्रधान न्याया लय सिङ्गल वेञ्च,
सा.नं.१३२
मुद्दा सरकारको नोक्सान
वादी पोखरा टेलिफोन अफिस्को अप्रेटर सप्न वाहादुर थापा क्षत्री
प्रतेवादी ,कुन्छ टिलि फोन्को अप्रटर रुद्र वाहादुर कार्कि
ईजलास
श्री माननीय प्रधान न्यायाधिस हरि प्रशाद प्रधान एमए वि एल
फैस्ला
यस्मा मिनेट २० सम्म फोन्मा कुरा गरेको आम्दानी नवाधेमा c}+ सवाल वमोजीं हवस भंने वादिको रपोट् रहेछ।
फोन्मा कुरा गरेको नहुदा महसुल छुटायेको हैन भंने प्र रुद वाहादुरको रपोट् रहेछ।
वुझिय सम्मका प्रमाणले फौंमा कुरा गरेको महसुल् छुटायेकोमा कुमारिचोक नेपाल पैला फाट्ले विगो भराई विगा वमोजिं डंड गरी सकेकोले रकं तहसिलको १४ नं वमोजिं थप सजाए लाई अपिल पैला फाट्ले २०११।२।२८ मा जाहेर गरेको साधक द्वारा पेस हुन आएको वुझ्दा ,निज कुन्छा टेलिफोंको अपरेटर रुद्र वाहादुर कार्की क्षत्रिलाई ०९ साल आषाढ १५ गते टायं १७।२० देखि २० मिनेट् सम्म फोंमा कुरा गरेको महसुल आम्दानी नबाधेमा श्री कुमारी चोक नेपाल पैला फाटवाट विगो र विगा वमोजिं डंड स्मेत लिने ०११।१।३० गते पर्चा फैस्ला भैसकेको देखिएकोले एकै मुद्दामा दोहरा सजाए दिन नमिल्ने हुनाले अरु थफ सजाए गर्न पर्दैन ,यो मिसिल सम्बन्धीत मंत्रालए मार्फत श्री कुमारीचोक नेपाल पैला फाट्मा पठाऊन अपिल पैला फाट्मा वुझाई दीनु।
प्रधान न्यायाधीस
इति सम्वत २०११ साल माघ १७ गते रोज १ सुभं-------------------------------------