निर्णय नं. ९८७ - कानुनी कार्वाई
नेपाल प्रधान न्यायालय डीभीजं बेञ्च
फौ.ठा.नं. ६३
मुद्दा कानुनी कार्वाई
उजुरवाला ने.रा.गो.प.केन्द्रीय अफीस बबरमहल सेतो वंगला बस्ने लोक बाहादुर खत्री
प्रत्येवादी सीं हारति प्रेस दलासीबाट प्रकासील हुने मसाल पत्रीकाको सम्पादक का.ई ज्यावाहाल टोल नं ४।४८६ को घर बस्ने गणेश प्रसाद श्रेष्ठ १
ऐ ऐ को मुद्रक ऐ.ऐ को घर बस्ने गोपाल चन्द्र गौतम १
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम ए वी एल वी १
श्री माननीय न्यायाधीश भैरवराज पन्तो पाध्याय १
फैसला
येस्मा सीम हारति प्रेस दलाश्रेमा गणेशप्रसाद श्रेष्ठ द्वारा संपादीत तथा श्री गोपाल चन्द्र गौतं द्वारा मुद्रीत मषाल कार्यालय ९।२१ वटु काठमाडौबाट प्रकासीत २७ आषाण २० ११ अंक १९ पत्र ४ को मसाल पत्रीकाको अन्तमा न्यायालयमा पनि पक्षपात भंने लेख प्रकासीत गरी न्यायालयको मानहानी गरी हांरा संस्था गोरखा परीषद उपर झुट्टा आछेप गरेको समेतले कानुं बमोजीं नीजलाई सजाय हवस भंने लोक बाहादुरको नीवेदन पत्रमा अघी कुनै आदेश भएको छैन र व्यहोरा साचो भया २०११।४।२७ अंक १९ को मसाल भंने पत्रीका स्मेत येसै साथ पठायेको छ न्यायालयको हपहेलना गरेकोमा तपाञीको उपर कानुनी कार्वाही कीन नहुनु त्यस्को लीखीत ज्वाफ ली हाजीर हुन आउनु भनी सम्पादक र मुद्रकलाई स्मेत लेखी पठाई स्व ज्वाफ ली हाजीर हुन आएपछी डीभीजन बेञ्चमा पेस गर्नु भंने २०११।५।४।६ मा श्री माननीय प्रधान न्यायाधीशबाट आदेश भएको रहेछ।
प्रत्येवादी गणेशप्रसाद गोपाल चन्द्रको वतं का.ई.ज्यावाहाल टोल नं ४।४८६को घर हो भनि ११।७।५ गतेमा उजुरवाला लोक बाहादुरले दरखास्त दीयेको रहेछ।
सम्पादक गणेश प्रसाद मुद्रक गोपाल चन्द्र स्मेतका नाउको १५ दीने म्याद तामेल गर्न पठायेकोमा टोलको सरज्मीं साछी कोही वसी नदीयेको नीजहरु भेट नभयेकाबाट अ सवालको रीत पुरयाई तामेल गरेन सकेनौ भनी सी. कृष्न बाहादुर गीरी सी. ईन्द्र बाहादुर गीरी समेतले ११।७।१५।१ मा कागज गरीदीयेको रहेछ।
त्यसपछी पुलीस गई त्याहाबाट पुलीस १० पछी ६ नं ह जयप्रसाद उपाध्याय का.ई.कमल्पोखरी साछी खटाई दीयाबाट नीज साछी वसी २०११।७।१६।२ मा टासी तामेल भै आयेको स्व म्यादमा नीजहरु हाजीर हुन नआई गैर हाजी भएका रहेछन्।
यो मुद्दा बुझ्दा २०११।५।४।६ को आदेसका साथ आएको २०११।४।२७ अंक १९ को मसाल भंने पत्रीका हेरेमा न्यायालयमा पनि पक्षपात भन्ने लेखी त्यस्पनी न्यायालय स्वतन्त्र छ भनी यो सरकार वरावर सोषण गर्दै आएको छ न्यायालयले पनि कुं तरीकाबाट मुद्दा हेरीनछ सो पनि आश्चर्यजनक छ गोरखा परीषद र नेपाली काङ्ग्रेसका सदस्यहरुको मुद्दा छीटो न्यायालयमा हेरीन्छ तर अरु राजनैतीक पार्टिका सदस्यहरुको मुद्दा भने वास्ता गर्दैन श्री.पी.एन. राणाको आज ६ महीना देखी भद्रगोल जेलमा कैद हुनुहुन्छ वाँ हाँ ले न्यायालयमा अपील गरेको आज ४ महीना भयो अैंलेसम्म वाँ हाँ को अपील माथी ध्यान दीईएको छैन के न्यायालयले वाँ हाँ का मुद्दा माथी छीटै धेयान दीनेछ भन्ने लेखीएको देखीएको निज पि.एन.राणाको मुद्दा यथासमयमा नै कारवाई भै रहेकोमा पक्षपातको सिर्सक दी मनपरी लेखनु न्यायालयको अपहेलनानै देखीएकोले कारवाई नीमीत्त सो अपहेलना गरेकोमा तपाञीको उपर कानुनी कारवाई कीन नहुनु त्यस्को लीखीत ज्वाफ ली १५ दीं भीत्र येस अड्डामा हाजीर हुन आउनु होला भनि सम्पादक गणेश प्रसाद श्रेष्ठ मुद्रक गोपाल चन्द्र गौतं स्मेतका नाउमा स.पु.गो.का पुलीस ह.जयप्रसाद उपाध्याय साछी राखी तामेल भै आएको त्यस्का म्यादमा नीज दुवै जना हाँजीर हुन नआई गुजारी गैर हाँजी भएका स्मेत हुनाले उजुर बमोजीं सम्पादक गणेशप्रसाद श्रेष्ठ मुद्रक गोपाल चन्द्र गौतं स्मेतले न्यायालयको अपहेलना मानहानि गरेकै ठहर्छ सो गरेमा नीजहरु दुवै जनालाई गाली वेईज्जतीका ४ नं बमोजीं जनही मो रु २५।पच्चीस रुपैञाका दरले ज्मा मो रु ५०। पचास रुपैञा जरीवाना हुन्छ नीजहरु वेरुजु हुँदा अैं बमोजीं गरी असुल गर्नु भनी तहसीलमा लगत दी यो फैसला सहीतको मीसील मीसील फाँटमा बुझाइदीनु ।
न्यायाधीश प्रधान न्यायाधीश
र्इती सम्वत २०११ साल माघ १८ गते रोज २ शुभ्म्