निर्णय नं. ९८८ - रैकरलाई बीर्ता गरायो भंने
प्रधान न्यायालय डीभीजन बेंच
सा.नं.२९३
मुद्दा रैकरलाई बीर्ता गरायो भंने
का ई गोकर्ण सुन्ता खान गुठ गाउ बस्ने वादी यदुनाथ पाध्या
का ई गोकर्ण सुन्ता खान दीयो गाउ बस्ने प्रतेवादी दीर्घमान लामा स्मेत
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम.ए. बी.एल
श्री माननीय न्यायाधीश भैरवराज पंत
फैसला
येस्मा लक्ष्मी कुमारीबाट राजीनामा गरी लीयेको खेत ।६० मध्येको खेत ।३० अन्यायवालाहरु लाई कमाउन दीयेको नापीमा ४ ५ नं दीर्घमानको वीर्ता भनी नपाये छन तेस तर्फ मेरो उजुर परेकै छ साल रैकर जगालाई वीर्ता भनी दर्ता गरायेकोमा ३ मैना भीत्र उजुर गर्नु भनी ०३।१२।३१ मा ईस्तीहार जारी भयेकाले दर्षास्त दीन आयेको छु सो वीर्ता भनी दर्ता गरायेको ४५ नं को जगा मेरै रैकर हुदा मेरै सदर गरी पाउ भंने स्मेत यदुनाथको उजुरी दर्षास्त रहेछ
सो ४५ नं को जगा वादीको होईन कान्छा वावु चंद्रवीरको भै नीज मरेका र छोरा नहुदा मैले काजकृया गरेकाले मेरो भै नापीमा दर्ता गरायेको हुँ येसै जगामा वादीले उजुर गरेको मीसील न्यायालयमा छ भंने स्मेत बेहोराको प्र.दीर्घमानको वयां रहेछ
येसै जगामा येसै वादीको येही प्रतेवादी उपर उजुर परी नं ४५ को जगा प्रतेवादीको वीर्ता ठहरी येस अडाबाट अघीनै फैसला भै सकेकाले वादीले झुट्टै उजुर गरेको ठहर्दा १ छापे बमोजीं जाहेर गरेका छौ भंने रा का.देवानी पैलाको ०५।११।१२ को जाहेरी फैसला रहेछ
नापी हुदाका अवस्थामा यै वादीले जगा नपाई पुर्जा स्मेत लीयेको देषीयेको आफ्नो जगा भये म्याद भीत्र उजुर गरी वदर गराउन सकनु पर्ने म्याद नघाई उजुर गरेकाले देवानी पैलाको ईन्साफ मनासीव छ भंने अपील पैला फाटको ०६।१२।९ को जाहेरी फैसला रहेछ
नापी हुदाकै वषत ३९×४५ नं २ कीत्ता भै नापी भयेको र म्याद भीत्र उजुर नपरेकाले अपील पैलाको ईन्साफ मनासीव छ भंने प्रधान न्यायालय पैला फाटको ०८।३।१८ को जाहेरी फैसला रहेछ
येस्मा वादीको वारेस भोजनाथ लाई राषी पेस हुन आयेको वुझ्दा वादीको रैकर जगा सावीकमा वढी भै नापी भयेको सर्भेको जवाफबाट देषीयेकोमा पनी म्याद नाघे पछी उजुर गरेको देषीयेकाले ईन्साफ प्रधान न्यायालय पैला फाटले ठहराई जाहेर गरेको मनासीव छ यो फैसला स्हीतको मीसील रा.का.देवानी पैला फाटमा पठाई दीन प्रधान न्यायालय मीसील फाटमा बुझाईदीनु
न्यायाधीश प्रधान न्यायाधीश
इती संम्वत २०११ साल माघ १८ गते रोज २ सुभम