• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९८९ - वाली बुझाई पाउ

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/18 १४४

 

 

अभिलेख दर्ता नं.९८९/२०११ मु.नं.६८०/३५९                                                       N                                                   

  प्रधान न्याया लय सिङ्गल वेञ्च,

                                 अपिल नं.३५९


अपिलाट् वादी भक्तपुर ईलाका गाखु फैदोका बस्ने सेर वहादुर श्रेष्ठ 


  रेस्पोन्डेन्ट प्रतेवादी भक्तपुर ईलाका भालाछे थासी बस्ने गौरीदास सुवाल


मुद्दा वाली बुझाई पाउ

ईजलास

श्री माननिय न्यायाधिस महेन्द्र बाहादुर छेत्र

फैसला

 येस्मा जगत बाहादुरका नाउमा पोता दर्ता भयेको वीर्ता खेत रोपनी १॥को थान २।१४ गहुँ ।७ कुत बुझाउने गरी बाबुकै पाला देखी मोहीयामा कमाई आयेको ८० सालमा नापी हुदा २॥.।ठहर भै मोही मेरो नाउमा दर्ता भयेको नापिबाट जगा बढेकोले कुत बढाउने नीयेत गरी प्र.गौरीदास र दर्तावाला जगत बहादुर स्मेत मीली गुठी जगा हो धां ४ । गहुँ ।१० का दर्ले कुत भराई पाउ भनी प्र गौरीदासले म स्मेतका नाउमा नालेस गरेकोमा २।१४ का दर्ले कुत बुझायेको रसीद स्मेत पेस गरी मेरो प्रतेवादी परेपछी वीर्ता जगा ठहरी २।१४ कुत कायं भै भक्तपुर अदालतबाट फैसला भयेकोमा अपिलबाट गुठी जगा कायं भई ४ मुरी कुत ठहरी फैसला भो भनी मलाई वालीमा पक्राउ गरेकाले सावीक् बमोजिं २।१४ का दर्ले वालि बुझाउदा बुझीनलि कुत् बाकीमा जगा पजनी गराउने नीयेद गरेकाले ६ साल देखी ८ साल तक् बर्ष ३ को सावीक् बमोजिं कुत २।१४ का दर्ले ज्मा वीगो रु१७३८।८० दाखेल गरी नालेस गर्न आयेको छु सो वालि अडैवाट बुझाई रसीद दीलाई पाउ भन्ने स्मेत वादी।

गुठीको जगा हो जगत बाहादुरले ढाटी बेहोराबाट वीर्तामा दर्ता गरायेछन् तेस्को जरीयावाट वाली नदीयेकाले गुठी कायं गरी ४। मुरीका दर्ले वालि भराई पाउ भनी यो वादी स्मेतका उपर मैले नालेस गर्दा अपसल तेश्रावाट गुठी जगा ठहरी ४।मुरी कुत् कायं भै फैसला भयेको छ ५ साल देखीको कुत  वाकी भयेकोमा ६ साल देखीको धरौट् राखेको र २।१४ का हीसाबले धरौट राखेकाले अपुरो कुत् बुझ्न नपर्ने स्मेत प्रतेवादी।

गुठी जगा हो ४। मुरीका दर्ले कुत दीनु पर्ने दीयेन भनी यै वादी स्मेतका नाउमा प्र गौरीदासले अघि नालेस गरेको मुदामा गुठी जगा ठहरी वादी दावी बमोजीं वाली भराउने ठहरी अपिल तेश्रावाट फैसला भयेको देखियेको र भक्तपुरमा धेरै जसो जगा रोपनीको १।मुरी सरुब्रा चामल कुत लागी आयेको यो २॥.।जगाको ४। मुरी यो कुत् मुनासीवै देखीयेकाले घटीवीगो धरौट् राखेको ठहर्छ।भन्ने स्मेत भक्तपुर अदालतको फेसला ।

अघि परेको मुद्दामा यो वादीले २।१४ कुत् बुझाउने जीकीर ली रसीद स्मेत पेस गरी प्रतीउतर दीयेको सो रसीद जगत बाहादुरलाई सुनाउदा सदे भनी बयां गरेको ४। कुत् लीने गरेको सव्द केही नआयेको अपिलबाट ४। मुरी कुत् कायं भयेको न भै वादीका दावी बमोजिं वालि भराई दीने भन्ने सम्म लेखेकोमा पनी यो वादीवाट भरायेको नदेखी जगत बाहादुरबाट भरायेको सो मुद्दामा यो वादीलाई झीकायेको र अपिल्को म्याद दियेको स्मेत नदेखीयेकोले २।१४ कुत् कायं ठहर्छ धरौट् राखेको प्रतेवादीलाई बुझाईदीने अघीको मुद्दामा वादी दावि बमोजीं भराईदीने गरेकोले सो फैसला ..........जाहेर गर्ने भन्ने स्मेत अडी रत्न बाहादुरको राये पर्चा।

जगा गूठी भन्ने पोता र नापीमा स्मेत नजनीयाको २।१४ कुत् बुझायेको रसीद कृर्ते भन्न नसकेकोले २।१४ कुत् कायं गरी दाखेल गरेको वाली बुझाई पाउ भन्ने समेत वादीको अपिल जीकीर ।

राये पर्चा गरेमा चित बुझेन भंने स्मेत प्रतेवादीको अपिल जीकीर।

गुठी जगा ४। मुरीका दर्ले वालि भराई पाउ भन्ने अघीको मुद्दामा वादीले दावी गरेको वादी दावी बमोजिं वालि भरी पाने गरी अपिलबाट फैसला भयेपछी ४।मुरी कुत् कायं ठहरेको तेस उपर उजुर गरी वदर गरायेको नदेखीयेकोले ईन्साफ अदालतका हाकींको मुनासीब गल्ती राये पर्चा गरेको ठहर्छ भंने स्मेत अपिल पैलाको फैसला ।

जगा गुठी ठहरेपनी जगत बाहादुरको स्मेत हक लाग्नेमा कुत घटाई जगत बाहादुरले रसीद दीनै नपर्ने दीयेको रसीद सदे ठहरेकोले अपिल्को ईन्साफमा चित बुझेन भन्ने वादीको अपिल जीकीर।

अपिलाट्को वारेस स्मेत राखी पेस हुन आयेको यो मुद्दा हेर्दा अघि ४।मुरी कुत् मा दावा गरेको दावी बमोजींको कुत् भराउने गरी अपिलबाट फैसला भयेको तेस उपर उजुर गरी सो फैसला बदर गराउन नसकेकोले अदालत् का हाकींले गरेको ईन्साफ् मुनासीब असीष्टैटले गल्ती राये पर्चा गरेको ठहराई अपिल पैलाले गरेको ईन्साफ् मुनासीब कोर्ट फी राखी अपिल गरेकोले कोर्ट फी सवाल बमोजिं अपिल गरेमा वादीलाई डंड गर्नु नपर्ने हुदा मीसील मीसील वीभागमा बुझाई दीने ।

                                      न्यायाधीस  

इति सम्वत २०११ साल माघ १८ गते रोज २ सुभं-------------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563