• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९० - जगा षीचोला

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/18 १४१

 

 

 

 

नेपाल प्रधान न्यायालय डिभीजन बेंच

सा.नं. ६०२

मुद्दा जगा षीचोला


                


का ई गोकर्ण सुन्ता खान गुठ गाऊ बस्ने वादी यदुनाथ पाध्या 

   


का ई गोकर्ण सुन्ता खान दीयो गाऊ बस्ने प्र.दीर्घमान लामा

 


 

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम ए वी. एल

श्री माननीय न्यायाधीश भैरवराज पंत


 


फैसला

मेरो  खरीदी उत्तर तर्फ वीस्नु रमणको वीर्ता भंने साधको जगा तह तहबाट मैले लीएको र प्रेतेवादीको सीवपुरी जाँचबाट नापी भै रैकर भयेको जगाको पोता लगत कट्टा नगरी मेरो रैकरमा दावी गरी नपाएको कुरा थाहा पाई उजुर गर्न आयेको छु मेरो रैकर थामी पाउ भंने स्मेत वेहोराको यदुनाथको वादी रहेछ

     वादी दावीको जगा मेरै वीर्ता भयेकाले वीर्ता भनी नपाएको हुंन वादीको जगा होईन वादीको रैकर छुटै नपाएको छ भंने स्मेत वेहोराको दीर्घमानको प्रतिउत्तर रहेछ

     वादीको जगा नापी हुदा सावीक भंदा वढीनै भै रहेको र ४५ नं को प्रतेवादीको पोता लगतकै देषीयेको तेस्तो जगा वीर्ता हुदा जाहेर गरेका छौ भंने रा.का. देवानी पैला फाटको ०२।११।१५ को जाहेरी फैसला रहेछ

     सो जगा ९९ सालमा नापी भै नापी दर्ता पुर्जा स्मेत वादीले ली सकेको वादीलेनै पुर्जा दाषील गरेको आफनु केही जगा वीर्ता भनी दर्ता गरायेको भये सो कुरा उसै वखत जानी सकेकाले र ०१।१२।२८ मा मात्र नालेस गरेकाले म्याद नाघी परेको उजुर हुदा खारेज हुन्छ भंने अपील पैला फाटको ०३।११।१२ को फैसला रहेछ

     नापी गरायेको म्याद भीत्र उजुर गर्न नसकेकाले खारेज गर्ने गरेको अपील पैलाको ईन्साफ मनासीव छ भंने प्रधान न्यायालय पैला फाटको ०८।३।२८ को जाहेरी फैसला रहेछ

     येस्मा वादीको वारेस भोजनाथलाई राखी पेस हुन आयेको वुझ्दा वादीको रैकर जगा नापीमा सावीक भंदा वढी भै वादीकै नाउमा दर्ता भयेको सर्भेको जवाफबाट देषीयेको र  नापी भयेको ९९ सालमा र यो उजुर २००१ साल चैत्र २८ गते परेको देषीयेकाले म्याद नाघी परेको उजुर हुदा खारेज गर्ने गरी अपील पैला फाटले छीनेको मनासीव ठहराई जाहेर गरेको ईन्साफ प्रधान न्यायालय पैला फाटको मनासीव छ यो फैसला सहीतको मीसील रा.का. देवानी पैला फाटमा पठाईदीन प्रधान न्यायालय मीसील फाटमा बुझाईदीनु

 

 

 

     न्यायाधीश                                   प्रधान  न्यायाधीश

इती सम्वत २०११ साल माघ १८ गते रोज २ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563