निर्णय नं. ९९१ - विगो भरी भराउ
नेपाल प्रधान न्यायालय शींगल बेञ्च
अपील नम्वर ४२७
अपीलाट् प्रतेवादी जील्लै रौतहट प्रगन्ना झाझदछिं मौजे कालीदास हथीऔलको मौजे वडहर्वा रोला हथीऔल बस्ने ज्मीदार तेज प्रसाद सीं राजपुत
रेस्पौन्डेन्ट वादी जील्ला रौतहट प्रगन्ना झाझदछीं मौजे वडहर्वा हथीऔल बस्ने जगी कुवर्नी राजपुतनी
मुदा वीगो भरी भराउ
इजलाश
श्री माननीय न्यायाधिश भगवति प्रसाद सीं वी एस्सी वी. यल
फैसला
येस्मा प्रतेवादी सङ्ग अंश मुद्दा परी २००७।३।१३ मा फैसला भएपछी आएस्ता दवाए छपाएको पाउ भनी विन्तीपत्र पर्दा मुद्दा चली आखीरी ०१×२ सालको वीगो ३ साल चैत्र मसान्तमा कं रु ९००० साल ४ चैत्र मसान्तमा कं रु ९००० स्मेत ज्मा १८००० मध्य कं रु १२००० राम नरे ससींले र कं रु ६००० मैले प्रतेवादीबाट पाउने गरी २००३।४।३० मा नेयायालय बक्यौता दोश्रा फाटबाट मिलापत्रको २० दफामा लेखी मिलापत्र भएको सो मिलापत्रको भाखामा नवुझायकोले कं रु ६००० र सो वीगाको ५ साल देखि फैसला हुने दीं सम्मको व्याज स्मेत भराइ पाउ भन्य इत्यादी कुराको वादी ।
दाबी बमोजीं मैले तिर्ने गरी मिलापत्र भएको हो सर्लाहीको मेरो एकलौटी खान पाउने जगाको ७६ साल देखि षेतको वालीको वीगो रु १६१५० पाउने भै जलेश्वर अपीलमा कारवाइ भैरहेको मिसील ०७ साल्को आन्दोलनमा पत्ता नलागेको सो मैले पाउने वीगोबाट कट्टा गरी वाकी मेरो विगो वादीबाट भरी पाउ भनी मैले ८ साल मार्ग १२ गते जाहेर गरेकोमा निकासा भै नआएको भन्य स्मेत इत्यादी कुराको प्रतेवादी।
सर्लाही तर्फको वीगोमा यो विगो कट्टा गर्न नहुने र प्रतेवादी वुझाएको नदेखिएकाले र सर्लाही तर्फको कट्टा गर्नालाइ वादीको मंजुरी वेगर कट्टा हुन नसक्ने हुदा र जलेश्वरमा परेको मुद्दामा ठहरे बमोजीं हुने हुदा मिलापत्र बमोजीं वीगो कं रु ६००० प्रतेवादीले तिर्नु पर्ने ठहर्छ व्याजको हकमा लेंदें साहु आसामीको वेवहार नहुदा अंशको वीगो देखिनाले विगोको मात्र नपाउने भंने कटरनं अमिनीको फैसला ।
मेरो सर्लाही तर्फको वादीबाट मैले पाउने वीगोमा कट्टापट्टा होस भनी फेरी ०९ सालमा पनी मैले सकार्रमा जाहेर गरेकोमा नीकासा भै नआएकाले सो नआए संम मैले वुझाउन कर नलागोस भंने ज्मीदार तेज प्रसाद सीं को अपील जीकीर ।
तिर्नुपर्नेमा प्रतेवादीले सकारै गरेको सर्लाहीको आएस्ता वादीसंग लिनु पर्नेमा कट्टीपट्टी होस भंने अपीले जीकीर वेमुनासीव हुदा कटहर नं अमीनीले गरेको इन्साफ सदर गरी कटर्वं अपीलको फैसला ।
कटर वं अपीलबाट गरेको डंड कं रु १ को सैक्रा १० ले हुने कं रु ।।। दाखीला गरी अपील गर्न आएको छु सर्लाहीका जगाको आयस्तामा कट्टा गरी पाउ भनी मेरो उजुर परीरहेकाले सो नीकासा नभए संम कट्टापट्टा गर्नु पर्ने हुदा हाल मैले वुझाउन नपरोस भन्य प्र तेज प्रसाद सी को अपील जीकीर ।
तारेखमा बस्न नपर्ने गरी लाग्ने डंड धरौट राखी अपील गरेको यो मुदामा अपील जीकीर स्मेत हेर्दा मिलापत्र बमोजीं तीर्न पर्ने वाकी हो भनी प्रतेवादीले सकारै गरेको र सर्लाही तर्फ आएस्तामा कट्टापट्टा होस भनी अपील जीकीर लीए पनी वादीको मंजुरी वेगर कट्टी गर्न नपाउने हुदा प्रतेवादीबाट वादीले कं रु ६००० पाउने गरी कटर बं अमीनीको इन्साफ सदर गरी कटर बं अपील्ले गरेको मुनासीव छ अपीलाट प्रतेवादी तेज प्रसाद सीं के इन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेवापतमा हा.का.१० नं ले सुरु डंड कं रु १ को सैक्रा १० ले हुने कं रु ।।।डंड हुन्छ सो डंड तारेखमा बस्न नपर्ने गरी ०१०।३।१८।४ मा कटर बं अमीनीमा डरौट राखेको मीसीलबाट देखिदा सदर स्याहा गर्नु भनी सो अमीनीलाई लेखोत गर्न तहसीलमा लगत दीनु मुदा छीनीएको जनाउ अपीलाटलाई दीनु मिसील प्रधान न्यायालय मिसील विभागमा बुझाइदीनु
न्यायाधीश
इति सम्वत २०११ साल माघ १८ गते रोज २ शुभम