निर्णय नं. ९९२ - बाली लुटपीट
नेपाल प्रधान न्यायालय सीङ्गल बेंच
अ नं.१२२१।१४९५
मुदा बाली लुटपीट
अपीलाट ल.पु.ई वीसंखु माधव डाडा बस्ने विस्वरुपा सीलवालनी मरी सकार गर्ने नीजको छोरा चोक बहादुर सीलवाल छेत्री स्मेत वीपक्ष्य ल.पु.ई बीसंखु माधव डाडा बस्ने गडुलध्वज सीलवाल छेत्री
ईजलास
श्री माननीय न्यायाधिश भैरवराज पन्त ऊपाध्याय
फैसला
यस्मा विस्वरुपाले म संग ७७ साल चैत्र ९ गते २ मा न्हेडीक तीर्न भनी मो रु ६०।५० कर्जा ली पा का ५२० नं को पोता लगतमा दर्ता भयाको सालको पोता रु ।१२ तीर्नु पर्ने माधवडाडा भंने वीर्ता रोपनी १।।२ मध्ये नीजको अंश हकको पुर्व तेर्सो बाटो समेत ४ कील्ला भीत्रको रोपनी १ येक ७८ सालको मकै बाली देखी भोग चलन गरी खा भनी मलाई फार्छे गरी दीयकोले १० कर्म गरी आएको ६ सालको .....जौ बाली ७ साल वैशाख १२ गते जौ बाली काटी लुटपीट गरी लगेकाले बीगो मो रु ३० भराई पाऊ भंने गडुलध्वजको वादी र फार्छे सदे हो भंने नीजको वयां रहेछ। वादीलाई फार्छे गरी दीयाको हैन नीजको १० कर्म र हामीले लुटेको हैन वादीले दाबी गरेको जगा आजसम्म भोग गरी आएकै छौ फार्छे गरी लीयाको भया दाखेल खारेज गर्न नसकेको कागज देखन पाये कृतेमा वयान गर्ने छु वादीको दावी झुट्टा हो फार्छे कृते हो भंने वीस्वरुपाको वयान र प्रत्येवादी रहेछ।
पेश भएको फार्छेपत्र वीस्वरुपाको सही मीलेको सदे साचो ठहर्न आएको भोग गरी आएको छैनन् भंन मुनासीव नपर्ने भएकाले वादीको १० कर्मको बाली प्रतेवादीहरुले लुटी लीएकै ठहर्छ भनी १०।१२।८।५ मा ललितपुर अदालतले गरेको फैसला रहेछ।
रीत नपुगेको फार्छे सदे गरी लुटेको ठहराई गरेको ललीतपुर अदालतको फैसलामा चीत्त वुझेन भंने वीस्वरुपाको अपील परेकोमा बाली लुटी खाएको ठहराये तर्फ ईन्साफ सुरुको मुनासीव जगा फार्छे भै हक भोग भएपछी जगा जमीन गोश्वाराको १५ नं बमोजीम आफ्ना नाममा नामसारी गरेको नदेखीयाकोले फार्छे कार्य गर्न नभै भोग वंधकी ठहर्छ तेस तर्फ सुरुको गल्ती ठहर्छ भनी ०९।९।१४।१ मा अपील दोश्राले फैसला गरेको रहेछ।
फार्छेपत्र लेखने रणकेशरको हस्ता भेडाई पाऊ रणकेशरको हस्तानै हैन सरजमीं वुझेमा पनी भोग देखीनेमा अपील दोश्राले हराई दीएमा चीत्त वुझेन भंने वीस्वरुपा स्मेत नामसारी नभएमा जरीवाना गरी नामसारी गरीदीने छ भंने हस्तीक्षार भएकोमा भोगवंधकी ठहराई दीएमा अपील दोश्राको ईन्साफमा चीत्त वुझें भंने गडुलध्वजको अपील रहेछ।
तारेखमा रहेको वीस्वरुपा मरी मुद्दा सकार गर्ने चोक बहादुर र गडुलध्वज स्मेत राखी वुझ्दा पेश भैरहेको फार्छे पत्रमा लेखक साछी हुने रण केशर भनी लेखे पनी सो फार्छे भनेको कागजको हस्ता नीज रण केशरको हैन भनी ईन्द्र बहादुर रीणी मान कुमारी भएको रु ४५१ को ८६।११।२३।५ को लीखत फट्टा रण केशरले लेखेकोले सो फट्टा संग भीडाई जाचीयोस भंने अपीलाट वीस्वरुपाको अपील जीकीर देखीयेकाले वीस्वरुपा मरी मुदा सकार गर्ने नीजको छोरा चोक बहादुरले रजीष्टेसं पास भएको कागज साथ पेश गरेको ईन्द्र बहादुर मान कुमारी हो सो फट्टा तमसुकको हस्ता र फार्छे हस्ताछेर येकै हस्ता भै मील्न आएकाबाट स्मेत इन्साफ अपील दोश्राको मुनासीव ईन्साफ पारी छींने हाकीं उपर अपील गरे बापत तपसीलका मानीस के तपसील बमोजीम डंड गरी तहसीलमा लतग दी मीसील मीसील फाँटमा बुझाईदीनु।
तपसील
ल.पु.ई वीसंखु माधवडाडा बस्ने गडुलध्वज सीलवाल छेत्री के सुरु डंड मो रु ५ को हा का १० नं.ले सैक्रा १० ले मो रु ।५० पचास पैसा डंड हुंछ रुजु हुदा अ सवाल बमोजीम गर्न तहसील्मा लगत दीनु पहिला अपील हुदा पहीला अपील हुदा ।५०
ऐ.ऐ.बस्ने वीस्वरुपा मरी मुद्दा सकार गर्ने नीजको छोरा चोक बहादुर सीलवाल छेत्रीके सुरु डंड मोरु १८।१२।२ को हा का १० नं ले दोश्रा अपील हुदा सैक्रा ५ ले मो रु ।९१ येकानव्वे पैसा डंड हुंछ रुजु हुदा ऐ ।९१
ऐ.ऐ.बस्ने जेथी सीलवाल छेत्रीनीके सुरु डंड मो रु ३ को दोश्रा अपील हुदा ऐ १० नं ले सैक्रा ५ ले मो रु ।१५ पन्ध्र पैसा डंड हुंछ वा चोक बहादुरले दाखेल गरेकाले रुजु पंद्र पैसा ऐ ।१५
न्यायाधिश
ईती सम्वत् २०११ साल माघ १९ गते रोज ३ सुभं