• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९३ - तालचा खुलाई पाऊ

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/19 १५१

प्रधान न्यायालय डिभिजन बेञ्च

रि.ठा.नं.४२

मुद्दा तालचा खुलाई पाऊ

निवेदक प्रतेवादी भक्ती नारां कसाही का.ई याटखा दमाई टोल  

विपक्ष वादी जीतलाल  मरी मुद्दा सकार गर्ने नानीमाया कसाहीनी का.ई कमलाछी १

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह वी एस्सी वि. एल

फैसला

यस्मा मेरा वावुले खरिद गरि लिएको का.ई. कमलाछी टोलको २ नाले २ तले ३ कवलको पक्की झिगटी घर र खाली जगा समेत ली पछि सो घरमा जोडी पछिं तर्फ घर १ वनाई भोगी आएकोमा अन्याय कान्छा वावु न्हुछे मानले म वाट मो रु ९९।५० को झुक्याई वंधकी कागज गराए बारे उजुर परि झुक्याएकै ठहरी भारादारी लगाएतबाट फैसला भएकोमा अन्याएवाला हरुले दखिं मुख भएकोमा पसिंपट्टिको घरमा तालचा मारेकाले नालेस गर्न आएको छु सो तालचा खुलाई पाउ भंने समेत वादी रहेछ।

     वादी दाबीको घर मैले लीएको नभै पूर्व वादी जीतलालको घर पसिं लत नारांको घर उत्तर बाटो दखिं आफ्नै लागपात चोक यति किल्ला भित्रको कचि पराले घर १ प्रतेवादी न्हुछेमान सग ९८।१२।३० मा घराएसमा फार्छे गरि लिएको तंसुक पास नगर्दा मेरो नालेस परि भारादारी लगाएतबाट मेरो फार्छे सदर गरी फैसला भएकोले १।३।२४ मा पास समेत भै भोग गरी ०६।२।७ मा जीत बहादुरलाई बिक्री गरि दिएको छु वादीले दशनारांलाई घर दृष्टी लेखिदिदा पसिं न्हुछेमानको घर भनि लेखि दिएको र मैले न्हुछेमानका नाउमा फार्छे पास गरी पाउ भनि नालेस गर्दा वादीको घर भए मौकामा नालिस गर्नु पर्ने नसकेबाट पनि वादीले झुट्टै उजुर गरेको देखिएकाले वादीलाईनै सजाए गरी पाउ भंने समेत भक्ति नारांको प्रतेवादी रहेछ।

     प्रतेवादी न्हुछेमानले सुरु म्यादै गुजारी वसेको रहेछ।

     वादीले तालचा खुलाई पाउ भनेको घर वादीको भंने सवुद प्रमाण नआएको वादीले दशनारांलाई घर दृष्टी दिदा पसिं न्हुछेमानको घर भंने किल्ला लेखिएको प्रतेवादी भक्ति नारांले पेस गरेको फट्टा तंसुकबाट देखिएको न्हुछेमानको घर प्रतेवादी भक्ति नारांले लीएको भनेकाले तालचा खुलाई पाउ भंने वादीको दावी पुग्न सक्दैन भनि ०७।१२।१३ मा देवानी दोश्रा फाटबाट दिनेको ईन्साफ सदर गरी ०९।२।१६ मा अपील पैला फाटबाट फैसला गरेको रहेछ।

     झगडा परेको घर समेत वादीका ४ किल्ला भित्रकै घर भै एकलौटी घरलाई प्रतेवादी न्हुछेमानले झुक्याई कागज गराए भंने उजुर परि झुक्याई कागज गराएको ठहरी भारादारी लगाएतबाट छिनिएको फैसला नकलबाट देखिएकाले सो घर विषयमा हक वेहक वारे अरु प्रमाण नलाग्ने र दश नारांको कागजमा पसिं न्हुछेमानको घर भंने बुदा लेखिएकोलाई आफ्नो एकलौटी घर भनि उजुर गर्ने वादीले जानी वुझी तेस्तो किल्ला लेख्यो होला भंन नहुने न्हुछेमानको यो यति प्रमाणको घर मैले लिएको हुं भनि प्रमाण पेस गर्न नसकेकाले झगडा परेको घर वादीकै ठहर्छ सुरु र अपीलबाट गल्ती इन्साफ गरेको ठहराई ०११।३।८।३ मा प्रधान न्यायालय सिङ्गल बेञ्चबाट फैसला भएको रहेछ।

     सिङ्गल बेञ्चबाट छिनेको इन्साफमा चित्त बुझेन रिभिजन गरी मुद्दा हेरि पाउ भनि प्रतेवादी भक्ति नारांले दिएको निवेदन पत्रमा मुद्दा दोहराई डिभिजन बेञ्चमा पेस गर्नु भंने आदेश भएको रहेछ।

     निवेदक प्रतेवादी भक्ति नारां र नावालक नानीमाया समेत राखि इन्साफ तर्फ विचार गर्दा ९६ सालको घर शंख्या लगतमा न्हुछेमानका नाउमा घर शंख्या भएको नकल प्रतेवादीबाट पेस भएको न्हुछेमानको घर मैले फार्छ्या गरी लि न्हुछेमानले पास गरी नदिदा मेरो नालेस परि भारादारी लगाएतबाट फैसला भएको छ भंने प्रतेवादीको जिकिर भएको र सो भारादारीले गरेको फैसला नकल मिसिल सामेल रहेको हेर्दा प्रतेवादी भक्ति नारांले फार्छ्या गरि लिएको फार्छ्यापत्र पास हुने ठहराई भारादारी तेश्रा फाटबाट २०००।११।९।२ मा र जीतलालको र न्हुछेमानको झुक्याई कागज गरायो भंने मुद्दामा झुक्याई कागज गराएको ठहरी सोही भारादारीले सोही मितिमा फैसला गरेको देवै फैसलाको नकल मिसिल सामेल रहेको देखिनाले सो फैसलाबाट घर छुट्टाछुट्टै देखिएको सो फैसलाको उल्लेख सिङ्गल बेञ्चका फैसलामा भएको नदेखिनाले अघीका फैसलाबाट वादीको र झगडा परेको घर पुर्व देखिएका हुदा झगडा परेको घर न्हुछेमानको भै नीजबाट प्रतेवादी भक्ती नारांले लीएकाले मेरो भंने वादीको दावी गल्ती ठहराई फैसला गरेको अपील पैला फाटको ईन्साफ मनासिव छ प्रधान न्यायालय सिङ्गल बेञ्चबाको फैसला गल्ती ठहर्छ सो फैसलाको लगत दि सकेको नहुदा सो फैसला बमोजिं क्यै गर्नु पर्दैन अपील उपर अपील गरेमा वादीलाई डंड गर्नु पर्छ कि भंनालाई नावालक देखिएकाले क्यै गर्नु पर्दैन मिसिल प्रधान न्यायालय मिसिल विभागमा बुझाईदिनु।

न्यायाधीश                                              प्रधान न्यायाधीश

इति संवत २०११ साल माघ १९ गते रोज ३ शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563