• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९७ - संदी सर्पन गौचरन

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/20 १६४

नेपाल प्रधान न्यायालय सिंगल बेञ्च

फौ.सा नं.१५५

मुदा संदी सर्पन गौचरन


                


वादी सल्यान रोल्पा वाहुन टिंवो वस्ने कृष्णराम पाध्या स्मेत  

प्रतेवादी रोल्पा कोट वेत वस्ने दुर्गे वस्नेत मतवाला स्मेत  

 


 

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल


 


फैसला

येस्मा ४ किल्ला भीत्रको राइटे रह भंने १ कित्ता र चौरेनी भंने १ कित्ता स्मेत २ कित्ता जगा सनदले मलाई भएको संदी सर्पन जगा खांगी द्रताबाट भोग गरि आएको भनी २०१० सालमा घर दर हुदा डोर भो-र्याई दर्ता गरेको हो दर्ता वदर गराई पाउ भंने स्मेत वादी रहेछ

      खांगीको जगा हुदा दर्ता गरायको हो भंने स्मेत प्रतेवादी रहेछ।

      वुझीएसंमका प्रमाणले वादी दावी जगा संदि सर्पन गौचरन हुदा दर्ता लगत कट्टा गर्नु पर्ने ठहर्छ भनी दर्ता लगत कट्टा गर्नालाई २०१० साल पौख १४ गते सल्यान रोल्पा पंचायतले फैसला गरेको रहेछ।

      सोही ईन्साफ मनासिव गरि २०११ साल कार्तिक २० गते सल्यान अपिलले जाहेर गरेको रहेछ । साधकद्वारा पेश हुन आएको यो मुदा वुझ्दा खांगीको जगा भंने सवुद प्रमाण प्रतेवादीले पेस गर्न नसकेको र सुरु उपर अपील स्मेत नपरेकोले सरजमीं लेखाई बमोजिं सन्दी सर्पन ठहराई दर्ता लगत काटनलाई जाहेर गरेको ईन्साफ सल्लयान अपीलको मनासिव गोर्खे खोलाका डाडा देखी दखीं गोर्खे खोलाको सावीक खेत उत्तर पना चौरको टाकुरी रोटे पुजने देखी पुर्व गोर्खे खोलाको पुछार जोजु दरजीका खेत देखि पश्चीं येती ४ किल्ला भीत्रको राइटे रह भंने किता १ सुर्य गैराको ठुलो भीर देखी पश्चीं ठुली सल्लेरी देखी उत्तर स्यानी खोलाको स्याला पाखा देखि पुर्व तालेकराम दरजीको सावीक अवादी खेत र कुवाका मुहां देखी दखिं ४ किल्ला भीत्रको चौरेनी भंने कित्ता १ स्मेत २ कित्ता जगा २०१० सालमा दुर्गे बस्नेत मतवालाले दर्ता गरेको तीराको लगत ऐन सवालको रीत पु-याई कट्टा गर्न लगाउनु भनी मिसील सल्यान अपीलमा पठाईदिनु।

प्रधान न्यायाधीश

इती संम्वत २०११ साल माघ २० गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..