निर्णय नं. ९९९ - जगा वाली
नेपाल प्रधान न्यायालय फुल बेञ्च
अ नं
मु जगा वाली
अपिलाट कर्न बहादूर मगर पाल्पा मौजे विस्कुन डाडा
विपक्ष तुल्सीप्रसाद उपाध्याय पाल्पा माडी डासेटारी
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान यम.य.बि.यल
श्री माननीय न्यायाधीश प्रदिप्त मान्येवर नेपाल तारा ले.ज.प्रकाश शम्शेर जड्ग बहादुर राणा
श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
श्री माननीय न्यायाधीश महेन्द्र बहादूर महत क्षत्री
श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह वि.यस.सी.वियल
फैसला
यस्मा प्र.कर्न बहादुरले ९५।१२।१४ गते म संग मोल रु ४०१ ली निजको जेठीढाप खेत ।११।१ मध्ये ।३।१३।६ को खला १ र गडयाह भंने खेत माटो ।१६।१२ मध्ये माटो मुरी ।८।६।४ मो रु १०० मा ९७।२।२१ गते राजीनामा गरीदीएकोले भोग गरेको थिये ०५ साल मार्ग १५‚१६ गते ३०।४० ज्वान ल्याई प्रतेवादीहरुले पाकि तयार भएको धान लुटी लगेको कुरो गणेशले भंन आयेकोले सो भंदा पास नभएको लिखत हुदा रु वुझी जगा छाड वा अरु रुपैञा थप दिनु भनेर वाली खायेको हु भनि भनेकोले नालेस गर्न आयेको छु राजीनामा भोग तिरोबाट श्व जगा मेरो हक भै सकेकोले दुवै कीताको धान पराल भटमास स्मेतको विगो रु ४७४।३४ प्रतेवादीहरु बाट भराई श्व जगा खिचोला मेटाई पाउ भंने वादि रहेछ।
सो ।३।१३।६ को रु ४०१ मा ९५ सालमा र अर्को रु १०१ मा ९७ सालमा पछि वापस जगा लीने वोलकवोल गरिदिएको हुदा सो कागजहरु रजीष्टेसं पास गरी दिएको थिय ०४ साल मार्गमा रुपैञा वुझी जगा दिनु भंदा म कर्न बहादुरलाई .............को ज्वाफ दिएको। श्व लिखतहरु रजीष्टेसन पास नभएको कागजका लिखतै वदर हुने हुदा .......टारी खेत ।३।१३।६...०४।१०।२० गते रजीष्टेसं पास गरी राजीनामा गराइ लिएको वादिले था पाएपछी १।।वर्षसम्म चुप लागी ०५ सालको वाली म...ले लगाएकोमा श्व १५।१६ गते वादी स्मेतका ६०।७० जनाले लुटी लगेछं मार्ग १४ गते नौतनुवामा पुगी नुन स्मेत खरीद गरि १८ गतेमा म घर आयेपछि था पाइ किन वाली लुट्यौ भनि वादी संग भंदा सो जगा मलाइ रजीष्टेसन पास गरिदिनु वरु रुपैञा थपी लुटेको वाली पनि दिन्छु भनेकोमा म अतवीरले सकार गरीन र अले झुटो नालेस गरेको हो श्व जगामा वादिले वालि लगायको होइन रु १०० को राजीनामा देखन पाये जालसाजीमा मुद्दा गर्ने छू भंने कर्ण बहादुर अतविर ऋषीराम हमालको प्रतेवादी रहेछ
वादिको उजुर झुटो हो श्व जगा फिर्ता गराइ देउ भनि वादी भंथे कर्ण बहादुरलाइ भनि दीञे तर मानेनं र श्व कुरा इवी ली म उपर झुटो दावी गरेको म वाथको वेथाले घरमै वसेको छु भंने गणेश नेवारको प्रतेवादि रहेछ।
९२।२।२१ गतेको मो रु १००।गतेको मो रु १००। को सकल राजीनामा वादीबाट दाखील भएको प्रतेवादी लाइ सुनाउदा श्व राजीनामा मैले गरिदिएको हु रु १०१ को राजीनामा गरेको हु भनि प्रतेवादीमा लेखेको झुटा हो भंने कर्ण बहादुरको वयान रहेछ
वादी प्रतेवादिहरुको साछी वुझी मो रु १०० देखि माथिको रजीष्टेसं पास नगरेको घरसारको लेखतबाट दावी गर्न पाउदैन भंने रजीष्टेसंको ७ नं का अन भएकोले वादीको दावी पुग्न नसकने दर्ताबाट ......भंन सोही अनले सदर नहुने कागजबाट दर्ता भएको .....भंन नहुने पास नभएको कुरामा दर्ताको नाताबाट हक छुटन नसकने भंन दलबहादुर दुर्गामानको मुद्दामा ......निसाना भएको देखिदा लिखत वदर हुने र थैली भर्पाई हुने ठहर्छ रु १०० का तमसुकको हकमा घरसारको लिखत अनले सदर हुने हुदा श्व जगामा वाली भएको लगाएको भंनलाइ वीचार गर्दा श्व जगामा वादीले वाली लगायेको भंनलाइ वादीकै साक्षीले भंन नसकेकोले माटो मुरी सम्म ....हुने हुदा वीगो मो रु ९०।६६ प्र. कर्ण बहादुरबाट वादीले भरी पाउने ठहर्छ भंने पाल्पा अदालतका ०६।५।१४ को फैसला रहेछ
१०।११ वर्ष सम्म भोग दर्ता भएको जगा मीचनेको अनः म्फ द हुने वाली कुत वालिमा सकार स्मेत नगरेको हो पास गर्नु नपर्ने र वाली स्मेत मैलेनै लगायेको हु भंने स्मेत वादिको अपिल रहेछ
प्र.कर्न बहादुरले आपुले पास गरी लीएका कागज वादीलाइ सौपी राजीनामा गरीदिएमा सावित वादीलेनै तिरो भोग गरेको जसको तिरो भोग छ उसैको हुन्छ भंन जगा जमीन गोश्वाराको १४ नं को अन भएकोले हक छुटी सकेको जगामा कर्णबहादुरले विक्री गरि खिचोला गरेकै ठहर्ने वालीका हकमा वादीले वाली लुटेका भए मुद्दा गरी कायम गराउन सकनु पर्ने नसकेको वादीलाइ विक्री गरेको जगामा प्रतेवादीले वाली लगायेको भंन सवुत वेगर नहुने .........स्मेत लुटेको होकी भंन साक्षीबाट स्मेत नदेषिदा गणेश हो....भंन वादीको दावी झुटो वाली दी ....घटीवढी भंन प्र.को जिकीर नभएकोले अव प्रतेवादीहरुले वाली लुटेकै ठहर्छ दोहोरो पारी कर्न बहादुरले विक्री गरेको हो की भंन भोग तिरोको प्रमाणबाट जगा वादीकै ठहरेकोले ....नठहर्ने भंने स्मेत पाल्पा अपिलबाट ०६।१०।१६ मा फैसला भएको रहेछ रु १०० को राजीनामा तर्फ मलाइ हराय स्व तर्फ चीत वुझेन भंन मुद्दा उपर कर्न बहादुरका ०६।११।१६ गतेको अपिल रहेछ
यसै मुद्दामा वादीको अघि अपिल परी मो रु १००।तर्फको स्मेत जगा वादीले जिति पाइ सकेकोले स्मेत यो अपिलाट प्रतेवादीहरुको जीकिर पुगन नसक्ने ठहराइ पाल्पा अपिलबाट ०७।४।२९ मा फैसला भएको रहेछ
पास नभएको लिखत स्मेतका वादीको जगा हकै नहुनुपर्ने भएकोले स्मेत इन्साफमा वा.त वुझेन भंने कर्ण वहादुर स्मेतको अपिल रहेछ
इन्साफ पाल्पा अपिलको सदर गरी प्रधान न्यायालय तेश्रा फाटबाट ०७।९।३।२ मा छिनेको रहेछ।
रजीष्टेसंका ३ नं अनले सो लीखत पास गर्नु पर्ने नगरे सदर नहुने र रजिष्टेसंकै ७।११ नं.ले पनि वदर हुने हुदा इन्साफ दोहोराइ पाउ भंने अतवीर स्मेतको निवेदनपत्रमा इन्साफ जाची अन बमोजीम गर्नु भंने का मु प्रधान न्यायाधीशका वल्लभ सम्सेर जङ्गबहादुर राणाको आदेस रहेछ
यसमा यो मुद्दा फुल वेञ्चवाट वदर भएपछि फुल वेञ्चमा पेस गर्नु भंने श्री माननीय प्रधान न्यायाधीशका आदेस बमोजीम तारेखमा रहेका वा स्मेत प्र.कर्ण वहादुर र वादी निलकंठ मरी मुद्दा सकार गर्ने तुलसी प्रसादको वा नरेश्वर स्मेतलाइ राषी पेस हुन आयेको यो मुद्दा वुझ्दा रु १००। को थैली परेको माटो मुरी ।८।६।४ को खलाको हकमा रजीष्टेसंका अनले हाल गर्नु नपर्ने र जेठीढाप खेत ।३।१३।६ को खला रु ४०१ मा ९५।१२।१४ गते घरसारमा लिखत गरी कर्णबहादुरबाट निलकंठ ले लिएको रजीष्टेसंका ३ नं का अनले सो लीखत रजीष्टेसं पास नभएको ...........भंनलाइ सो जगा प्रतेवादी का नाउमा दर्ता भै तिरो भरो गरी ...आयेको ०१ साल देखि ०४ साल सम्मको पेस हुन आएको रसीदहरुबाट देखिन आएकोले आफ्नो हकको जगा अर्को हो दर्ता तिरो भोग री खायेकोमा जगा मीच्नेका २१ नं जगा पजनीका ३४ नं का अन बमोजीमको म्याद २ वर्ष भीत्र मुद्दा नगरी आफ्नो गराइ प्र.कर्ण बहादुरले दीनु पर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायालय तेश्रा फाटको मुनासीव ठहर्छ इन्साफ जाची पाउ भनि निवेदन गर्ने प्र. कर्ण बहादुर स्मेतलाइ केही गर्न पर्दैन
न्यायाधीश न्यायाधीश न्यायाधीश न्यायाधीश न्यायाधीश
इति सं २०११ साल माघ २० गते वार ४