निर्णय नं. २२ - दुख दिए
अभिलेख नं.२२/20०९
संवत् २००९ कव दे/फौ.पु./रीट न्.५६/१९८
नन्द प्रसाद धिताल वि. महेन्द्र प्रसाद
मुद्दा – दुख दिए
प्रधान न्यायालय डिभीजं बेञ्च
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम्ए.बीएल् १
श्रीमाननीय न्यायाधीस भैरवराज पन्तपाध्या १
आदेस
एस्मा गजेन्द्र राज्कोर ठाकुर प्रसाद स्मेत्को लीषत् पास गराई पाउभन्ने मुद्दा प्रधान न्यायालय सीङ्गल् वेञ्चमा परेको सो अडा बाट आज २७ गतेको तारेष तोकी दीएको मा नीज गजेन्द्रको वारेस वी महीन्द्रप्रसादले आफु प्रधान् न्यायालय मै भैरहेको हुदा आफु अडामा हाजीरभै वारेस बसेको मुद्दा मा अर्जी गरी झु ल्याई दुखीदीने नीयत् गरेको हुनाले बुझी अैसवाल् बमोजीं गरी पाउ भन्ने प २ नं लुईटेल् उषु वारी वस्ने नन्दप्रसाद धीताल् को दर्कास्त परेकोले नीज वी.महीन्द्र हाजीर भएको हो हैन भनी बुझ्दा हाजीर भएको छ भन्ने जवाफ दीएकोले बोलाउन पठाउदा अडामा नभएको भन्ने नौ नेत्रबाहादुर्को रीपोट परेको हुनाले वी.महीन्द्रलाई आफू अडामा हाजीर भै मुद्दामा अर्जी गरेबाट अडामा हाजीर भई ईजाजत् बेगर बाहीर हीडेमा स्मेत् मुद्दा न चल्ने सबुद ली २४ घण्टा भीत्र आउनु भन्ने म्याद दीएकोमा टायं मा अडामा हाजीर भै सकेपछी सुलु भयेकोले वारेस बसेको मुद्दामा अर्जी पठाई अडामा न्यायाधीस प्रधान न्यायाधीस्को डीवीजं वेञ्चमा जानुभएको असीटेन्ट बेरामी र कं भयेकाले डिठा वीचारीलाई भनी युनाली औसधालय मागै औसधी षायेको रसीद मसंगै भयेको हुनाले भयेको बेहोरा लेखी जाहेर गरेको छु भन्ने वी.महीन्द्रको रीपोट परेको यो मुद्ामा आफु अडामा हाजीर भै मुद्दामा वेरामी भनी झुट्टा अर्जी पठायाकोले सो अर्जी सदर हुदैन तारेष गुजारेको मानी मुद्दा अैसवाल्वमोजीं गरी सो वेहोरा गजेन्द्रराज् लाई जनाउदीनु प्रधान न्यायालय मापरे कामुद्दामा प्रधान न्यायालयका जागीर दारले अब उप्रान्त वारेसनबसी नहुने आवस्यक परेमा सो कुरा प्रधान न्यायाधीस छेउ पेश गरी आदेस भए अनुसार गर्नु प्रधान न्यायालयका जागीर दारहरू अडामा हाजीर भएपछी काम्वीसेस् ले वा बेरामी भै अडा छोडने टायं नपुग्दै अडा छाडी बाहीर जानु परेमा न्यायाधीस हरुमा १ जना संग अथवा प्रधान् न्यायाधीस्सँग सोधी ईजाजत् लीई मात्र जानु पर्छ सो नलीगएमा गैर कट्टी मात्र हुने हैन कामू अडकाउ गरेमा र अनुसासन् पालन् नगरेकोमास्मेत कार वाई चल्नेछ भनी प्रधान् न्यायालयका जागीर दार हरूलाई उर्दी सुनाईदीनु वी.महीन्द्र प्रसादले कसैसङ्ग नसोधी गएमा यो पटकलाई सो माघ २७ गते छड्के गैर गरी गैर कट्टी असुल् गर्न लेषी पठाई दीनु ।
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत् २००९ साल् माघ २८ गते रोज ३ सुभम् ।