निर्णय नं. ११४० - जगावाली
अभिलेख दर्ता नं ११४०
२०११ सालको मि.नं २७१।१४३०
मुद्दाः जगावाली
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ.नं.१४३०
मुद्दा जगावाली
अपीलाट वादी गिरबहादुल मल्ल पाल्पा ई मोजे मोहरिया मध्ये रल्लावास १
विपक्ष- प्रतेबादी चन्द्र मल्ल समेत ऐ ऐ धर्कसिं वस्ने
इजलास
श्री माननिय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शमशेर जङ्गबहादुर राणा
फैसला
येस्मा घेजखरक भंने खेतमुरी ।३।१० को जगा कर्न मल्लका नाउमा दर्ता भै पारचु मल्लको अंसमा परि निज मरि निजको छोरा वद्री मल्लबाट मोरु ४०। मा यो प्रतेवादी चन्द्रमल्ल समेत साछी भै ९५ सालमा राजीनामा गरी ली नीज जी चन्द्रमल्ललाई तिरो वुझाई रसीद अर्धकट्टी भोगी आएमा ०७ सालको वाली नीज प्रतेवादीहरुले लुटी जगामा खिचोला गरेकाले विगो रु १०६। दीलाई जगा सदर थामी पाउ भंनेसमेत वाडी रहेछ ।
राजीनामामा साछी बसेको र अर्धकट्टी रसीद गरी दिएको हैन सो जगा मेरा वावा राजेन्द्रका नाउमा दर्ता भै वावा पर्लोक भएपछी मेरा हक हुन आएकाले मोरु ४०। मा यो वादीलाई भोग वंधकमा दिएको थैली वुझी जगा छाड भंने कुरामा रिसगरी झुट्टा नालेस गरेको हो भंने समेत प्रतेवादी रहेछ ।
झगडा परेको जगा वादीले भोग तीरो गरेमा प्रतेवादी सावित भएको वंधकमा दिएको भन्छतापनि दोहरी समेतको सवुद प्रमाण क्यै पेस गर्न नसकेको पेस भएका राजीनामा अर्धकट्टी रसीद जालसाजी भनि प्रतेवादीले वयां गरेपनि सवुद दिननसकेको तेही जगाको ०४ र ०५ साल २ को वादीलाई गरी दीएको तिरो बुझेको भर्पाई सद्दे साचो भनि वयां गरेको माल वुझ्दा पनि झगडा परेको जगा वादी दावी वमोजिं कर्न मल्लका नाउमा दर्ता भै राजीनामा गरी लिने वादीक एका घरका छोरा ओं वाहादुरका नाउमा दर्ता सरेको देखिन्छ भनि जवाफ दिएको वुझीएका प्रतेवादीकै साछीहरुले पनि जगा बाडीकै भोग चलंको भनि लेखिदिएकाले समेत जगा वादीकै ठहर्छ जगाको वाली पनि दावी वमोजीं भराई दिने ठहराई ०८।१२।२५ गते पालपा अदालतबाट फैसला गरेको रहेछ ।
पालमा माल अडाको छाप लागेको प्रतेवादीले पेस गरेको दर्ता नकलबाट गजेन्द्र मल्लका नाउमा दर्ता भएको देखिएको माल्मगै हेर्दा वद्री मल्लका राजीनामा वमोजिं उमे मल्लका नाउमा नाउसारी भएकोले तेस्तो वेरीतको नाउसारी वदर गरी दिने जगा वादीलाई भोगवंधक दीएको भनि प्रतेवादीले भनेको र जगामा वाली वादीबाट लगाएको साछीहरुवाट देखिएको वाली प्रतेवादीले लुटीलगेको साछि प्रमाणबाट देखिएकाले वालीको विगो प्रतेवादीबाट वादीलाई भराउने गरेको इन्साफ सुरुको मनासिवछ जगाका हकमा प्रतेवादीको हकको देखिएकाले मोरु ४०। रुपैया वंधकी थैली प्रतेवादीले वादीलाई बुझाएपछि जगा दर्ता हक वमोजिं प्रतेबादीहरुले खान पाउने ठहर्छ भनि ०९।७।२२ मा पालपा अपीलबाट फैसला गरेको रहेछ ।
बादी ग्रिबहादुरको धरौटी अपील पर्न आएकाले ईन्साफतर्फ विचार गर्दा वाली तर्फ सुरुको सदर गरी छिनेको अपीलको मनासिवछ जगा तर्फ वादी दावीको जगा मोहि कर्न मल्लका नाउमा दर्ता भै ९५ सालका राजीनामा र अर्धकट्टी रसीदबाट भनि वादीको छोरा उमे मल्लका नाउमा दर्ता सरेको मिसिल सामेल रहेको मालबाट आएको दर्ता उतार नकलबाट देखिएको झगडा परेको जगा वादीको भोग तीरो भएमा प्रतेवादीनै सावीत भएको भोगमा दिएको भन्छतापनि भोगमा डीएको भए सो जगाको वाली प्रतेबादीले लुटी खान नपर्ने लुटी खाएको ठहराएकोमा अपील गर्न नसकेकोवाट पनि जगा वादीले राजीनामा गरी लिएकै देखिने र मुख्य वंधकी दिएको दोहरी निस्सासमेत क्यै पेस दाखेल गर्न नसकेको माल अडाबाट आएको दर्ता उतारमा प्रतेवादीका लेखाई वमोजिं दर्ता नदेखिएको झगडा परेको जगाको तीरो वादीवाट वुझी लीएमा प्रतेवादी सावीतभै वयां गरेको र वादीले पेस गरेको राजीनामा जालसाजी भन्छतापनि सो कुराको सवुद क्यै गुजार्न नसकेको सो राजिनामाको शिरमा यैप्रतेवादी चन्द्रमल्ल तेसर साछी वसेको देखिएको र यस अडाबाट झिकाउदा प्र मध्ये जी चन्द्रमल्ल हाजिर भै ०११।९।६ गतेको तारेख गुजारी वसेको र प्र.दानबहादुरले पनि म्यादै गुजारी वसेकालेसमेत जगा वादीको ठहराएको इन्साफ पालपा अदालतको मनासिवछ पालपा अपीले गल्ती इन्साफ गरेमा र तपसिलका मानिसलाई तपसिल वमोजिं गरी लगत दी मुडा छिनीएको जनाउ धरौटी अपीलाटलाई डी मिसिल मिसिल विभागमा वुझाई दिनू ।
तपसिल
प्रतेवादी जी चन्द्रमल्ल १ दान बहादुर १ समेत २ जनाबाट वरावरका दर्ले पालपा अदालतका ०८।१२।२५ का फैसलाले जगा जालसाजी तर्फ लीने गरेको जम्मा मोरु ११।१० एघार रुपैञा दश पैसला पाल्पा अपीलका ०९।७।२२ गतेका फैसलाले फेर्ता दीने गरेकोमा हाल लाग्नेनै हुदा अपीलको लगत काटी सुरुकै लगत वमोजीं असुल गर्नु भनि पालपा अदालतलाई पुर्जि गर्न तहसीलमा लगत दीनु --------
नीजै प्रतेवादी जी चन्द्रमल्ल १ दानबहादुर मल्ल समेतके सुरु अदालत उपर अपील गरेमा सुरु डंड जम्मा मोरु ३३।९५ को हा.का. १० नं का ऐन वमोजिं दसौद मोरु ३।४० तिन रुपैया चालीस पैसा नीज जी चन्द्रमल्ल दानवहादुर मल्ल २ जनालाई वरावरका दर्ले डंड हुन्छ वेरुजु हुंदा असुल गर्नु भनि तहसिलमा लगत दीनु
वादी ग्रि बहादुर मल्ललाई पालपा अपीलका ऐ मितीका फैसलाले लिने गरेको डंड मोरु ११।७५ एघार रुपैयाँ पचहत्तर पैसा हाल नलाग्ने भएकाले सो डंड ०९ साल मार्ग २६ गतेमा पालपा अदालतमा वुझाईसकेको भर्पाई नकलवाट देखिदा नीजै ग्रि बाहादुरलाई ऐन वमोजिं फेर्ता दिनु भनि पालपा अदालतलाईपुर्जी गर्न ऐ -------------
निजै वादी ग्रि बाहादुरले यस अदालतमा अपील गर्दा तारेखमा बस्न नपर्नेगरी पालपा अपीलमा ०९।८।२९ गते धरौट रखेको मोरु १।१८ एक रुपैयाँ अठार पैसा हाल नलाग्ने भएकाले नीजैलाई फेर्ता दिनु भनि पाल्पा अपीललाई पुर्जि गर्ने ऐ ऐ --------
देहायका मानिसहरुलाई जालसाजी राजीनामामा साछी वस्ने भनि पालपा अपीलका ऐ मितिका फैसलाले लिने गरेको देहाए वमोजिं डंड मोरु १०। दश हाल नलाग्ने भएकाले असुल भए फेर्ता नभए वेहोरा जनाई लगत काटी दिनु भनी पालपा अपीललाई पुर्जि गर्न ऐ मा ऐ -------------------------------------------------------------
पालपा रल्लावास वस्ने धन बहादुर मल्लके मोरु १।१२ एक रुपैयाँ बाह्र पैसाको कलं –--------------------------------------------------------------१
ऐ वस्ने तुले पुलामी मगरके रु १।१२ एक वाह्रको ऐ -----------------१
ऐ वस्ने ओं वहादुर मल्लके ऐ १।१२ को ऐ --------------------------१
ऐ वस्ने उजीर मल्ल ठकुरीके ऐ १।१२ को ऐ ------------------------१
ऐ बस्ने भैरव सिं ठकुरीके ऐ १।१२ को ऐ ---------------------------१
ऐ वस्ने नरवहादुर मल्लके ऐ रु १।१२ को ऐ ------------------------१
ऐ बस्ने मू डीलारां मगरके ऐ १।१२ को ऐ --------------------------१
ऐ वस्ने नरु थापाके ऐ रु १।१२ को ऐ -----------------------------१
ऐ बस्ने हे बहादुर मल्लके मोरु चौध पैसा ।१४ को ऐ ----------------१
गल्ती इन्साफ गर्ने भनि पालपा अदालतका देहाएका मानीसलाई पालपा अपीलका ऐ मितीका फैसलाले लिने गरेको देहाए वमोजिंको जरीवाना मोरु १। एक हाल नलाग्ने भएकाले असुल भए फेर्ता नभए बेहोरा जनाई लगत काटी दीनु भनी पालपा अपीललाई पुर्जि गर्न ऐ मा ऐ -------------------------------------------------------------
डि. हरिदत्त उपाध्याके मोरु ।७० पैसाको कलं -------------------------१
वि गोपिलाल श्रेष्टके मोरु ।३० तीस पैसाको कलं ---------------------१
पाल्पा मालका हाकिं सु मोहंलाल श्रेष्टलाई वेरीत वेसवुदबाट जगा नाउसारी गरी दीएमा पनि पालपा अपीलका ऐ मितीका फैसलाले लिने गरेको जरीवाना मोरु १। हाल नलाग्ने भएकाले असुल भए फेर्ता नभए लगत काटी दिनु भनी ऐ मा ऐ ------------
गल्ती इन्साफगर्ने पालपा अपीलका देहायका मानिसके हा.का. १५ नं का ऐन वमोजीं मोरु ५। पाच रुपैया जरीवाना हुन्छ देहाय वमोजिं असुल गर्नु भनी लगत दीने ------
सु.शेरमान गुभाजू का.ई. वम्वाहालके मोरु तीन रुपैया ---------------------३।
अ.नासु. हरि बहादुर श्रेष्ठ ल.पु.ई सुन्धाराके मोरु एक रुपैयाँ पचास पैसा -- १।५०
वि त्रिलोचं उपाध्या प ३ नं तन्हौ रंघाके मोरु पचास पैसा -------------------।५०
झगडा परेको घेदरखर्क भंने खेत मुरी ।३।१० को कुत धान ।१७।२।३ घ्यू ।८।३ लागेको गजेन्द्र मल्लका नांको दर्ता वेरीबाट उमेद मल्लका नाउमा गरेको नामसारी दर्ता वदर गरी साविक दर्तावालाका छोरा चन्द्रमल्लका नांमा दर्ता गरी दिनु भनि पालपा अपीलका ऐ मीतीका फैसलामा लेखेकोमा हाल यस प्रधान न्यायालयवाट सोझगडा परेको छोड र खर्क भंने खेतमुरी ।३०।१० कर्न मल्लको दर्ता ठहरी नीजका नाती वुध्दीमल्लाबाट वादी ग्रि बहादुरले राजीनामा गरी किनी छोरा उमेद वहादुरका नाउमा नामसारी दर्ता गरेको मनासीव भएकाले पालपा अपीलका फैसला वमोजीं गर्नु परेन ।
प्रकाश शम्सेर
न्यायाधीश
फाटवाला वि. उमानिधी
इति संवत २०११ साल फागुण २१ गते रोज ६ शुभम्