• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११४१ - संधीसर्पन

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/21 १०९

    अभिलेख दर्ता नं ११४१

२०११ सालको मि.नं ८८।२१२

मुद्दाः संधी सर्पन

                                                               

नेपाल प्रधान न्यायालय सींगल बेञ्‍च

अ.नं.२१२

मुदा संधीसर्पन

 


अपीलाट वादी वागलुं जी. पर्वत मौजे नेपानेमध्ये छेलोहांन्ने बस्ने अम्बर बाहादुर गुरुं

रेस्पोडेन्ट प्र ऐ कालोपातल वस्ने कर्णवीर स्मेत


ईजलास

श्री माननीय न्यायाधीस प्र.मा.ने.ता. ले.ज. प्रकास सम्शेर जं.वा.रा

 

फैसला

     अघीदेषी गाउँले सवैको संधीसर्पन नीकासवाटो पानी घाट हुनाले पुर्व भालुपानीको षोल्सास्मेतको ४ कील्ला भीत्रको  सींषई भंने गौचरपानीघाट जगालाई दर्ताको भनी ०७।११।१५ गतेदेषी वंवुटेन काटी र षोरीया षनी षीचोला गरेकाले हुनेभये लगत काटीपाउँ नहुने भय गाउँले सवैका नाउमा दर्ता गरी संधीसर्पन राषी पाउ भंने वादी रहेछ ।

    

     पुर्व सीसनेषर्कको पोल्सी स्मेतका ४ कीला भीत्रको षंन्‍ने भंने प्रती जगा दर्ता गरी पाउँ भंने डरषास्त मैले डीडा सरहभै वाडीको वावुले संधीसर्पन भनी उँजुर गरेकोमा वादीका वावुलाई सजायेस्मेत भयेको छ तेस्तो भै दर्ता भयको रु।५० मध्ये रु।२० पैसा मैले रु।३० पैसा तीराको वाडीका वावुको र अरु रैती स्मेतले भोगगरी आयको हुनाले चीत्त नवुझे अपील गर्न पर्नेमा नालेस गरेवाट षारेज हुनुपर्ने भंने प्रतेवादी रहेछ ।

प्रतेवादीका दर्ता ६ षोला भै धेरैताधाको कीला राषी दर्ता गरायेको र झगडापरेका जगाको तलमाठी गाउँ घर पुर्व पट्टी कुवा पसींपट्टी लोहसे षोरीया भंने अवादी भै गाउँघरका वीचको जगा दर्ता नभै प्रती महनै नसकने वादीले प्र.को ज्मै जगामा डावी गरेको नभै भालुपानी पोल्सा पसींको जगामात्र संधीसर्पनमा दावी गरेकोले सो षोला देषी पुर्व दर्ताको र पसीःसंधीसर्पनको ठहराई वाग्लुं अदालतबाट ०९।६।१ गते फैसला गरेको रहेछ ।

यस्मा झगडा परेको जगा अघी यो उँजरवालाको बाबु गोरे गुरुंस्मेतले संधीसर्पन भनी उँजरगर्दा दर्ता हुने ठहरी दर्ता भयकोमा चीत नबुझे अपिल गर्नु पर्ने र वादी वाहेक अरु गाउँले कसैको संधीसर्पन भंन उँजर नभयको सनदको कीला र दर्ता वाहेक भंने लेषीयको दषींतर्फ नक्सामा वलवीरको अवाडी भंने जनीयको संधी सर्पनको भये वलवीरदर्ताको पनी आवाद हुननसकने वादीको संधीसर्पनको जगा ९५ सालमा मुडा परी सो कीलाभीत्रको जगालाई भालुपानी पोल्सा पसींको जगा संधीसर्पनको भनी सुरुले केही गल्ती ईन्साफ गरेको ठहराई ०९।१२।१२ गते पाल्पा अपीलवाट छीनेकोमा चीत वुझेन भंने अपीलपरी आयाको अपील जीकीरस्मेतली मीसीलको वेहोरा पेस भयो यस्मा नक्साबाट भालुषोल्सा पसीं पट्टी कुवा देखीन आयकोले सो कुवामा आउने जाने वाटो नीकास छाडी अरु संधीसर्पन भंने उँजर अरुकसैको पनी नदेषीनालेस्मेत प्र.कर्ण बाहादुरको दर्ता कायेंगर्ने गरी अपीलले छीनेको ईन्साफ अपीलको मुनासीव छ ईन्साफपारी छींने हाकीं उँपर अपील गरेमा अपीलाट अंवर वहादुर गुरुंके सुरु डंड मोरु २।५० को हा.का. १० नं ले पैला अपील हुदा सैक्रा १० ले मोरु ।२५ हुनेमा नीजले १०।१।३० गते पाल्पा अपीलमा धरौट राषेको देषीयकोले सो धरौटी सदर स्याहा गरी दीन भंने पा.अ.लाई पुर्जी गर्न लगत डी फैसलाको जनाउँ अपीलाटलाई दी मीसील मीसील फाटमा बुझाई दीनु ।

 

                                                   प्रकाश शम्सेर

                                            न्यायाधीस

   स्ही फाटवाला वी सींह नरसीं

ईती संम्वत २०११ साल फागुण २१ गते  रोज ६ सुभं

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..