निर्णय नं. ११५८ - जगा धंमाल
अ.द.नं. 1158/2011
प्रधान न्यायालय डिविजन बेञ्च
ठा नं 39
मु जगा धंमाल
निवेदक विस्नुलाल गिरी धंकुटा इ ६ थर लेगुवा
विपक्ष खड्गबहादुर गीरी ऐ ऐ
इजलास
श्रीमाननिय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान यम. य.बि. यल
श्रीमाननीय न्यायाधीश प्रदिप्तमान्येवर नेपालतारा ले. ज. प्रकाशशम्शेर जङ्गबहादुर राणा
फैसला
येस्मा मेरो चोहली खा खेत जयबहादुरलाई डारींवोट पुष्पलाललाई लाकपा वैठुलाइ वंधक दी श्र्व वाहेकको अरु वाकि घरवारी खेत प्र. विस्नुलालालाई वंधकी दीएको वावु पद्मलाल गीरी मरे आमा पोइल गइन म नावालख हुदा दिदी भिनाजुका वसी उमेर पुगेकोले नालेस गर्न आएको छु श्र्व जगा हरु याममा निखन्ने हुदा घर र अरु भाडा वतन स्मेतको विगो भराइ पाउ भंने खड्ग वहादुरको वादि खड्ग वहादुरको वावु पद्मलालको घर जगा समेत जिम्मा लिएको र जगा बन्धक लीएको होइन जगा हाम्रै हो भंनेस्मेत विस्नुलाल जयबहादुरस्मेतको प्रतेवादी परेको मा वादीको दावी खारेज गर्ने ठहराई धंकुटा अदालतले 06/7/28 गतेमा छीनेकोमा वादीको अपिल पर्दा चोह लीखा खेत वादीको वावु पद्मलाल र प्र. विस्नुलालका नाउमा दर्ता देखीएकोले सो चोहलीखा खेत जगा मध्ये आधा वादीको ठहराई अरु इन्साफ सुरुको मनासीव गरी धंकुटा अपिल्ले छिनेकोमा दुवै थरको अपिल परि आएकोमा वंधकि निखन्ने कुरा थैली ढरौट नदेषीएकोले एसवाट तैकात हुदैन भनि सुनाई अव उप्रान्त दर्ता छुट्टा छुट्टै गर्नु भनि दुवै थरलाई सुनाई दीने र इन्साफ अपिल्को मुनासीव ठहराई प्रधान न्यायालय सींगल वेञ्चबाट 2011/11/24 गतेमा छिनेकोमा चित्त वुझेन रिभीजन गरी पाउ भंने विस्नु लालको वारेस द्वारा निवेदन परेकोमा खड्गबहादुरलाइ झीकाइ आए पछि डीविजन वेञ्चमा पेस गर्नु भंने 012/1/16 गते डीविजन वेञ्चको आदेस भएकोले दुवै थर झगडीयाको वारेसहरु तारेखमा रहेको निज वारेसहरुलाई राखी यो मुद्दा वुझ्दा श्र्व चोहलीखा खेत वादी खड्गबहादुरको वावु पद्मलालको होइन भंने सवुद प्र. विष्नुलालले गुजार्न नसकेकोले स्मेत 011/11/24 गतेमा सींगल वेञ्चबाट ठहराई छीनेको इन्साफ मुनासीव हुदा इन्साफ पारी छीन्ने उपर रिभीजन गरी पाउ भनि निवेदन दिने विस्नुलाल गीरी धंकुटा ६ थर लेगुवा गुठीके सुरु दंड मोरु १।लगाएकोले हा.का ११ नं ले श्र्व दंडको दसौद मोरु ।१० दंड हुन्छ वारेस भै वेरुजु हुदा असुल गर्नु भनि तहसीलमा लगत दी मीसील मीसील फाट्मा वुझाइ दीनु ।
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
फाटवाला डी विंदनाथ
इति सं २०१२ साल भाद्र १९ गते रोज