निर्णय नं. ११७० - जग्गा
अ.द.नं1170/2011
नेपाल प्रधान न्यायालय सींग बेञ्च
अ. नं. 86
अपिलाट वादी जीला सर्लाही प्रगंना सर्लाही मौजे सलैपुर बस्ने रामकाम्ता सरणदास वैरागी
विपक्ष प्रतेवादी जीला प्रगंना सर्लाही मौजे सलंपुर बस्ने वरेपैजो राऊत ग्वार1
ऐ. ऐ यकाघर बस्ने नाबालख जोग कुमार ऐ1
ऐ ऐ बस्ने जीम्दार राय अनुग्रह राऊत ग्वार1
ऐ .प्र. अ. मौजे भुताहा खजुरिया बस्ने प्र. जनारदनलाल दास कायस्त 1
ऐ. प्र. स. मौजे अगर्वा बस्ने प. ऊमापतिलाल दास कायस्त1
ऐ ऐ मौजे भलुवाहा इताहीनीमथ बस्ने जानकीसरण दास वैरागी १
का. ई. गैरीधारा बस्ने जीला प्रगंना सर्लाही मौजे चुअडाको जीम्दार प्रमोदनाथ ऊपाध्या 1
मुदा- जगा
ईजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पन्त पाध्या
फैसला
यस्मा प्रतेवादी मध्येका जानकीसरण दासका चेला मेरा गुरु राजा सर्णदासले भीक्षा रन गरी जी. प्र. सर्लाही मौजे भलवाको जगा वीगाहा २।।।२।।१ ऐ मौजे चुअडाको जगा वीगाहा १।२।१ मौजे सलेपुरको ।।।१.२ मौजे वनौलीयामा ।।१।४ स्मेत जगा खरीद गरी आफ्नु नाऊमा दर्ता गराई सो जगा आयस्ता वालीले धर्म सदावर्त अतिथी अभ्यासगत सेवासतकार गर्ने गरी आयका र नीज गुरुले वीदेस अयोधेयामा श्री राम जानकी ज्यू सेथापना गरी राखेका अस्थानमा स्मेत सो आयस्ता बाट धर्म सदावर्त राग भोग चलाई आयका थीय गुरुराजाराम सर्ण दास तीर्थ गर्न नीमीत जानुभायका ३˟३।। वर्ष भो आज सम्म खवर नपठाई वेपत्ता भयकाले श्री अयोध्याजीको अस्थान सोही वेहोरा जनाई मेरा नाऊमा दर्ता गराई लीयको र यो सरहदको लेखियका जगाको वाली मध्ये केही वाली साल वसालै मैले वीक्री गरी लाग्ने पोट वटैदार जीम्मा दीवाकी रहेको रुपैयाबाट श्री अयोध्या स्थानमा र सदरमास्मेत धर्म सदावर्त चलाई आयकोमा मौजे भलावाको जगा वीगा २।।।२।।१ मौजे चुअडाको जगा वीगाहा १।२।१ स्मेत मेरो हक मार्न आफ्नु नाऊमा जीम्दारी पटवारीलाई नमालुं के कति रुपैया हो जानकी सर्णदासले दि दर्ता गराई ली धर्म सदावर्त वन्द हुने गरी वेदामैमा जोग कुमारका नाउबाट रु ३१०१ को 08/3/11/2 मा भोग बन्दकी रजिष्टेशन पास गराई लीय दीयकोस्मेत ०८/4/8 /2 का दिं थाहा पाई जगा दाखील दर्ता गरी भोग वन्धकी लिने दीने गर्ने ऊपर नालेस गर्न आयेको छु भोग वन्धकी वदर गरी मेरा नाऊमा दाषील दर्ता गराई दर्ता गरी दिन नहुने जगा दाषील दर्ता गराई गरी लीनु दीनु गरेमास्मेत सजाय गरी पाऊ भन्नयेस्मेत वादी ।
मेरा चेला राजाराम सर्णदासको यो वादी चेला हैन मेरा चेला राजाराम सर्णदासका नाऊको भलुवास्मेत मौजाको जगा मेरा आर्जनबाट चेलाका नाऊमा दर्ता गराई ऊत्तर वाहीनी मठमा स्थापीत रहेका श्रीराम ज्यानकी को राग भोग चलंमास्मेत राषी चेला भयेका वखत नीजले र नभयेका वखत मैले पोट वुझाइ आयेको र अयोध्या जिमा श्री सीयारामसरणले मेरा चेला राजाराम सरणलाई साधीक चेला कायें गरी रजाष्टरी पास गरीदीयकाले कहिले अयोध्याजीमा र कैले यहा आऊने गरी आयको ०५ साल आषाढ मैना मा आसाम तर्फ तीर्थ गर्न गयेको फर्की नआयेको र चीठी पत्र पनी नलेखेकाले देहान्तको संका लागी मेरा आर्जनबाट चेलाका नाऊमा दर्ता गराई राषेको जगा आफ्नु नाऊमा दर्ता गराई वेवार चलाऊने जोग कुमारलाई वंधकी दी कार्जि लीयको हुं जानकी सर्णदासको आर्जनको राजाराम सरणका नाऊमा दर्ता राषेको नीज देहान्तको संषा लागेकोले गुरुजानकी सरणका नाऊमा हामी जीम्दारपटवारीले दाखील दर्ता गरी दियको वादीको सो मठ जगामा सरोकार छैन जानकी सरणका नाऊको जगा हामी राम अनुग्रहका नाती वजैजि को छोरा जोग कुमारले भोग वन्धकी लीयको हुँ झुट्टा दावीबाट फुर्सद पाऊ भन्येस्मेत प्रतेवादी ।
राजाराम सर्णदासको प्रतेवादी जानकी सरणदास गुरु भन्ये कुरामा वादी सावीतै भयको राजाराम सर्णदास मरेकै हो भनी वादी अपुतालीले कीतान गर्न नसकेको अपुताली परेको भंन नहुने वादी सो जगा पाऊने राजाराम सर्ण दासको चेला भंन कुनै यस सरहदको कागजी सवुद पेस गर्न नसकेको साछीले पनी चेला भनी वक्न नसकी म्यादै गुजारेको प्रतेवादीका ७ जना साछीले वादी राजाराम सर्णदासको चेला हेन भनी बकेकोले चेला नठहर्ने जानकी सर्णदासकै आर्जनबाट चेला राजाराम सर्णदासका नाऊमा खरिद गरी भोग चलं गरी आयको भनी प्रतेवादीका साछी ८ भइ प्रतेवादीकोस्मेत १ मीलान को भनाइ भयको जान की सर्णदासले दर्खास्त साथ दाखिल गरेको साल सालको रसीद सर्लाही मालको फैसालाबाटस्मेत जानकी सर्णदासकै हक भोग भंन्ये देषीयकाले दर्तावालाका उजुर बेगर साछी प्रतेवादीका भनाइ फजुल हो दर्ता वदर हुन्छ भन्न नभै राजाराम जीवीत भै आई अै नले लाग्ने ऊजुर दीय उसै वखत ठहरे वमोजिं हुने हुदा राजाराम सर्णदासको गुरुले आफ्नु नाऊमा दर्ता गरी नीजले वंधकी राषी गरेको वेवारस्मेत सदर ठहर्छ भनी 09/2/29 मा सर्लाही अमिनीबाट फैसला गरेको।
गुरु राजाराम सर्ण तीर्थ गर्न गयेको 3˟3।। वर्ष सम्म नआयका नीजको सीस्य म भयकोले मेरो हक कायें गरी पाऊ भंन्येस्मेत वादी दावी दर्तावाल राजाराम सर्णबाट हक गराई लीयको र अपुतालीबाट हक हुन आयको भन्ये कीतावको वादी दावी नभयको तीर्थ स्नान गर्न गयको राजाराम सर्ण मरेको षवर केही नआयकोमा असौज वार्नेका ३५ नं
को रीत नपुगी क्रीया भयेपनी अपुतालीबाट वादीको हक कायं हुने........ कायं गरी दीन अपुतालीका १ नं ले नहुने हुदा वादीको दावी षारेज हुने ठहर्छ भनी 09/8/23/3 मा महुतरी सर्लाही अपिलबाट फैसला भयको ।
अपिलात रामकान्ता सर्णदास र झीकाइ आयेको जानकी सर्णदास जोग कुमारको वारेस राम अनुग्रहलाइस्मेत राषी वुझ्दा -----
राजाराम सर्णदासका नाऊमा दर्ता भएको जगा जानकी सर्णदासले आफ्नो नाऊमा दर्ता गराउन जीमदारी कचहरीमा दीयको जीम्दारी पटवारीबाट सर्लाही मालले झीकाइ पठायको दर्खास्तमा राजाराम सर्णदास फर्की आयमा नीजका नाउमा दर्ता कायें गरी दीने भंन्ये लवज लेखियकै र सो जगा ऊतर वाहीनी मठमा स्थापीत रहेका श्रीराम ज्यानकीका राग भोग लगाई गुठी चलाइ गुठी चलाई आयेको देखिनाले गुठीका 12 क नं ले सो राजाराम सरणदासका नाऊको जगा ज्यानकीसरण दासले वंधकी दीन नपाऊने जगा वन्धकी लीय दीयको हुनाले वंधकी लीय दीयको वदर गरी सावीक चलाई आय वमोजिं राम ज्यानकी को राज भोग गुठी चलाऊनु भनी प्रतेवादी जानकी सरण दासलाई सुनाइदीने सो राजाराम सरणदासका नाऊको ऊजुर परेको जगा वन्धकी दीयेको रजिष्ट्रेसं पास भयको छलफलमा नदेषाये को लेखतबाट अरु जगापनी वन्धी दी क लेखि यको दे खिनाले त्यसतर्फ वीचार गरी रहन नपर्ने भयकाले सो वदर भयेका जगाको दामासाहीले हुने थैलीका हक्मा अैंन सवाल वमोजिं गरी असुल ऊपर गरीलीनु भनी साहुको वारेसलाई सुनाइ दी त्पसील वमोजिं गर्न अदालत तहसिलमा लगतदी मीसील मीसील फाटमा वुझाइदीनु ।
त्पसील
देहायका प्रतेवादीके अैंनले लीनु दीनु गर्न नहुने जगा लीनु दीनु गरेमा साहु आसामीका ५४ नं का अैंनले तजवीजी कं रु५। पाचका दर्ले दंड हुन्छ देहाय वमोजिं गर्न------
जानकी सरणदास वैरागी रुजु हुदा अैंन सवालको रीत पुर्याइ असुल गर्ने कं रु -----
अपिलाट रामकान्ता सरणदासके इन्साफ पारी छीन्ने हाकीं उपर अपिल गरेमा अपिल अडाबाट दंड गरेको नहुदा हाकीमका नाउमा कराउनेका १० नं ले तजवीजी कं रु १ यक दण्ड हुन्छ सर्लाही अमिनीका 09/2/29 का फैसलाले गर्ने गरेको डंड कंरु १० दश रुपैञा महुतरी सर्लाही अपिलका 09/8/23/2 का फैसलाले नीज रामकान्ता सर्णदासलाई फीर्ता दीने गरेकोमा सो लाग्ने डंड कंरु यक कत्ता गरी वाकी कंरु ९ मात्र फीर्ता दीनु भनी सर्लाही अमिनीलाई पुर्जी गर्न लगत दीने
भैरवराज पंत
न्यायाधीस
फाटवाला वी. अष्टमान
ईती सम्वत् २०११ साल फागुण २५ गते रोज ३ सु