निर्णय नं. २३ - वाली
अभिलेख दर्ता नं.२३/२००९ दे.नं.३७/९१
संख नारायण श्रेष्ठ बिरुद्ध सुर्यमान मानन्धर मुद्दा-वाली
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
कोर्ट फी अपिल नं.९१
अपिलाट प्र संखनारां श्रेष्ठ का ई हाडीगाउ दथुटोल विपक्ष-वादी सुर्ज्येमान मानन्धर का ई डिल्लीवजारको हाल ऐ महानकाल
श्री माननिय न्यायाधीश महेन्द्र वहादुर महत क्षत्रीको इजलास
फैस्ला
एस्मा गुठी खेत रोपनी १ र सो जगामा वनेको कचि घर १ स्मेत २००३।७।५ गते सो जग्गाको गुठी पालो पर्नेलाई वालि दी सो जगाको पोता तीरी मलाइ सालको धान मुरी ९।२ वुझाउने गरी भोगबन्धक कवुलियत गरी दिएको सो जगाको पोता तिरेको रसीद र वालि स्मेत २००४ ।०५।०६ साल ३ को नदीएकाले विगो मो रु ३७४।भराई जगा थैलि नबुझाये सम्म पजनी गर्न पाउं भंने वादी सो जगा मैले कमायेको छैन दाजु लाटो सार्की श्रेष्टले कमायको छ सो लीखत हेर्न पाय वयान गर्ने छु भन्ने स्मेत प्रतिवादी निज प्रतिवादीको पेटवोलीवाट बुझेको लाटोले मैले जगा कमायको र गुठी चलायको स्मेत छैन भन्ने वयान वादीवाट पेस भएको रजिष्ट्रेसन पास भएको लिखत सदे हो कवुलियत मैले जानी स्ही छाप गरिदिएको छैन भन्ने संख नारायणको वयान भयेकोमा वुझियेसम्मका प्रमाणवाट वादीलाई प्रतेवादिवाट वाली भराउने र मोहीयाहरु पजनी गर्न पाउने स्मेत ठहराई सुरु देवानी दोश्राले र सो इन्साफ सदर गरी अपिल दोश्रा फाटले फैस्ला गरे उपर अपिल जिकिर स्मेत हेरी विचार गर्दा सो गुठी जगा मैले कमायेको छैन दाजु लाटाले कमायको छ भन्ने जिकिरलाई लाटो बुझ्दा मैले कमायेको छैन भंने वयां गरेको सो जगाको कवुलियत भै प्रतिवादीले गरी दि राखेको देखिनाले स्मेत सुरुको इन्साफ सदर गरी अपिल दोश्राले छिनेको मुनासिब छ दोश्रा अपिलले गरेमा थप सजाय गर्नलाई कोर्ट फी राखी अपिल गरेकाले केही गर्न नपर्ने हुंदा मिसिल मिसिल फाटमा बुझाईदिनु ।
न्यायाधीश
इति सम्वत् २००९ साल माघ २८ गते रोज ३ शुभं ।