निर्णय नं. ११९५ - जगा जालसाजी
अ.द.नं. 1195/2011
नेपाल प्रधान न्यायालय फुल बेञ्च
ठा. नं. 34
मुद्दा जगा जालसाजी
नीवेदक वादी प.4 नं पैञ्यूं टकलाक बस्ने प्रवंद न्यौपाने जैसी १
विपक्ष्य प्रतेवादी ऐ गन्ह्रौ मीदी खोला चापले मुना भुपाल पाध्या१
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम ए बि एल
" " " प्र. मा. ने .ता. ले. ज. प्रकाश शम्ससेर जंवारा1
" " " महेन्द्रबहादुर महत क्षत्री 1
" " " भैरवराज पन्त ऊपाध्या 1
" " " भगवतीप्रसाद सींह बि एस्सी. सी. बिएल1
फैसला
यस्मा नरभुपाल पाध्यासंगको जगा जालसाजी मुद्दामा प्र. न्या. सिङ्गल वेञ्चबाट भयको फैसलामा चीत्त वुझेन भंने वादी प्रवंद न्यौपानेको नीवेदन पत्र परेको सो दोहरीने आदेष भै मुद्दा डिभीजन वेत्र्चमा पेस हुदा रायवाझी फुल वेञ्चमा पेस गर्ने आदेस वमोजिं विपक्ष्यवाला नरभुपाललाई झीकाई यही ०११ साल फागुण १३ गतेको तारेष तोकीयेकोमा दुवै थरले तारेष गुजारी झगडा परेको छवीसे भंने खेत सिङ्गल वेञ्चका फैसला वमोजीं प्रतेवादी नरभुपाल कै कायें राखि घरसारमा मिलापत्र भयेकोले डीसमीस होस भनी वेहवोरा खुलाई दुवै थरले यकै विंतीपत्र दियेको स्मेतबाट अ. वं २२६ नंले यो मुद्दा डायेर राषी छाडन मनासीव नपरी डिस्मीस गरीदीनु पर्ने भएकोले डीस्मीस गरी दीने ईन्साफ सदर भयेमा हा. का ११ नं ले दोहर्याई पाऊ भनी मुद्दा दोहर्याऊने वादी प ४ नं पैञ्यू टकलाल वस्ने प्रवंद न्यौपाने सुरु फैसलाको दसौद दंड लाग्नेमा प्र. न्या. सिङ्गल बेञ्चका 201०/12/17/3 का फैसलाले सुरु र अपीलको फैसला ईन्साफ सदर भै मुद्दै खारेज भै मोरु ५। दंड लागेको हुदा सो मोरु ५। को दसौद मोरु ।५० थप दंड लाग्नेमा डीस्मीस गरायेको हुदा सो हुने दंड मोरु ।५० को अ. वं २२८ नं ले विसौद मोरु ।२।२ दुई पैसा थप दंड लागछ रुजु नहुदा असुल गर्न लगत दी मिसील मिसील फाट्मा वुझाइदीनु ।-
भगवतीप्रसाद सिंह महेन्द्रबहादुर भैरवराज पंत प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीस न्यायाधीस न्यायाधीस न्यायाधीस प्रधान न्यायाधीस
फाटवाला वि. नारायण दास श्रेष्ट
ईती सम्वत २०११ साल फागुण ३० गते रोज १ सुभं