• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११९६ - करणी

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/30 १००

अ.द.नं. 1196

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

फौ ठा नं.  97


मुद्दा करनि


वादी पुर्व ४ नं खोटाङ्ग केराबारी बस्ने भीमनाथ पाध्या

प्रतेवादी पुर्व ४ नं खोटाङ्ग केरावारी वस्ने भागीरथ पाध्या लंसालस्मेत


इजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम ए बि एल

फैसला

यस्मा वेदमाया भगीरथ कर्णीमा वीग्री गर्भ वोकेकाले मामाको छोरी वैनी नाता पर्ने संग कर्नीमा वीग्रेमा छोरा भगीरथलाई र दाजु नातालाई कर्नी गरायेमा वेदमायालाईस्मेत सजायेगरी भोर भातमा वारेको भये पतीयासमेत पाउ भन्नेस्मेत वादी रहेछ ।

भागीरथलाई कर्नी दीयकी हुं भातमा कसैलाई बोरेकी छैन भन्नेस्मेत वेदमायाको प्रतेवादी वयां रहेछ भगीरथले टासीयेको म्यादैं गुजारेको रहेछ ।

वुझीयसम्मबाट मामाको छोरीको मामाको कर्नी गरेमा प्र. भगीरथ पाध्या लंसालके वीहावरीको ९ नं ले रु २० देखी मोरु ५०० संम नीकास भै आएको सजाये गरी भातबाहेक गरी लोग्ने स्वास्नी छुट्याइ दीनेस्मेत ठहराई पुर्व ४  भोजपुर अदालतबाट 10/3/24/3 मा जाहेरी फेसला गरेको रहेछ।

इन्साफ सजाये सुरुले गर्ने गरेको मुनासीवै ठहर्‍याई 10/7/9/1मा धनकुट्टा अपिलले जाहेरी फेसला गरेको रहेछ।

साधकद्वारा पेसहुन आएको वुझ्दा पोलीयेको प्रतेवादी भगीरथ तामेल भएको म्यादमा हाजीर नभै गुजारी वसेको देखीदा सुरुको इन्साफ सदर गरी जाहेर गरेको इन्साफ धंकुटा अपीलको मुनासीव नीज भगीरथलाई वीहावारीका ९ नं वमोजीं २० देखी ५०० सम्म दंड गर्न जाहेर गरे तर्फ नीज प्रतेवादी भगीरथ पाध्य लंसाल लाई मोरु ३०० तींसय दंड गर्नु सो दंड असुल गर्न वेरुजु हुदा तहसीलमा लगत दी मीसील जीलामा पठाइदीनु ।

हरिप्रसाद

प्रधान न्यायाधिस

फाटवाला दुर्गाप्रसाद

संवत २०११ साल फागुं ३० गते रोज १ सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..