• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११९८ - जग्गा

साल: २०११ महिना: फागुन फैसला मिति :2011/12/31 ७९

अ.द.नं. 1198/2011

प्रधान न्यायालय सिंगल बेंच

अ.नं.  145


अपिलाट् सरलाहि मौजे बकैनीया बस्ने सुबेदार मिया फकिर

विपक्षी –रौतहट्  प्रगंना जनाहा मौजे रामवन बस्ने अच्छेलाल तेली1 नासिब मिया 1स्मेत जवान२


मुदा – जगा

इजलास

श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपूत बि .एस .सी. बि. एल

फैसला

               यस्मा भतिजो प्र.मध्ये नासिव खौ र म ९७ सालमा छुट्टि भिन्न भएकाले आफ्नो आफ्नो भागमा परेको जगा ९८ सालमा आफ्नो आफ्नो नाममा नामसारी गरि हामी संगोल छदै प्र. मध्ये अच्छेलालको वावु रामनाथलाई हाम्रा वावु वाजेले रु  ९०।– मा भोग वंधकिमा दिएको जगा  पछि आधा आधा थैली तिरी निखनी आधा मेरा नाममा र आधा प्र. नासिवका नाममा दर्ता गर्ने गरि ९८ सालमा सो वंधकिको ।।२।।३ जगा नासिवका नाममा दर्ता भएको थियो हाल सो जगा मलाई थाहा नदि प्र. नसिवले प्र. अच्छेलाललाई  विक्री दर्ता नामसारी भै सकेको स्मेत थाहा पाएकोले नालेस गर्न आएको छु मेरो भागमा पर्ने भोग वंधकी कि थैली कंरु ४५ साहु अच्छेलाल लाई वुझाइ आधा जगा ।१।१।।मेरा नाममा नामसारी गरि पाऊ भंने वादि रहेछ ।

         वादिले बाबु र म नसिवको वाजे ५०˟60 वर्ष आघीनै छुट्टी भींद भै आफ्ना आफ्ना भागको जगा  आफु आफुले देता भोग चलन गरी आएकोमा वादिका दावीको जगा मेरो भागमा परेकोले सो ।।२।।३ जगा र अरु जगास्मेत गरि जम्मा ।।।४ जगा 07/4/17 मा प्र. अच्छेलालको आमा महंगीलाई कं रु २८२५ मा राजीनामा पास गरि दिइ निज महंगी हरुले भोग चलन गरेकोमा ०८ सालको धानवाली वादिस्मेत ७ जनाले लुटि खाएकोले अमिनीमा नालेस परेकोले वादिले झुट्टा उजुर गरेको हो भन्ने प्र. अच्छेलालको र नासिव को प्रतिउत्तर रहेछ।

    प्र. नसिबको बाबु चुल्हाईका नामबाट वादिका नाममा ९८ सालमा मात्र जगा नामसारी भएको देखिएकोले वादी प्रतिवादिहरु ९८ सालमा मात्र छुट्टि भिंद भएको भन्नु परि अवंडाको  जगा ९८ सालमा कति रहेछ भनी वुझ्दा निज चुल्हाईका नाममा ५।।।२०२ देखिई तेस्मध्ये वादिका नाममा ।।२ मात्र दर्ता भएकोले आधा जगा वंडा गर्नालाई वादिको दावीनै नभएकोले वादि दावीको ।।२।।३ वार कट्टा तेह्र धुर जगा मध्य आधा जगा वादिका नाममा दर्ता नामसारी गराई खान पाऊछ तेस्मा महंगी तेलीनी को दामासाहिले हुने थैली प्र. नसिवबाट कपाली भइ दावि गरि लिन पाउने ठहर्छ भनी सरलाहि अमिनीले ०२।६।४ ।६ मा फैस्ला गरेको रहेछ ।

        अरु जगा जमिं वंडा भएकोमा वादी सावितै भएको अवंडाको ।।२।।३ जगा अघीनै रु ९० मा रामनाथलाई भोग वंधकि गएको भंने वादिको लेखाइ भएकोमा त्यसको सवुद वादीले दिन नसकि ०७।४।१७ गते प्र. नासिवले महंगीलाई राजीनामा गरि दिएपछी 08/8/15 मा मात्र म्याद नाघी सकेपछि मात्र वादिको उजुर परेकोले वादिको उजुर खारेज गर्ने ठहर्छ भनी महुत्तरी अपिलले 09/10/8/4 मा फैसला गरेको रहेछ ।

       यस्मा अपिलको इन्साफमा  चित्त वुझेन भन्नेस्मेत व्यहोराको अपिललाट ससुवेदार मियाको अपिल परि आएको यस्मुद्दामा तारेखमा रहेको सुवेदार मियालाई राखि वुझ्दा अंस वंडानै नभएकोले अंस दिलाई पाउ भंने वादिको उजुर नभै अरु जगा वंडा भै सकेको र भोग वंधकि गएको ।।२।।३ जगा मात्र अवंडाको भएकोले सो अवंडाको जगा बाट मेरो भाग दिलाई पाऊ भंने वादिको उजुर भएकोमा सो जगा भोग वंधकिमा साहुलाई गै अवंडारहेको सवुद प्रमाण वादिले दिन नसकेको। वादि दावीको जगा प्रतिवादिले राजीनामा गरि लें दें गरेको म्याद भित्र वादिले उजुर गर्न नसकि म्याद नाघी सकेपछि मात्र उजुर गरेको देखिएकोले वादिको उजुर गर्ने गरेको महोत्तरी अपिलको इन्साफ मनासिव छ । अपिल गरेमा वादि सुवेदारमियाके सुरु दण्ड कंरु ।को हा .का. १० नं का ऐन वमोजिं सैक्रा १० ले कंरु ऽ।। दुई पैसा दण्ड हुन्छ रुजु हुदा असुल गरि मिसिल अ. त. मिसिल फाट्मा वुझाइ दिनू ।

 

 

 

 

भगवतिप्रसाद सिंह

न्यायाधीश

फाट्वाला वि. दण्डमान्

इति सम्वत २०११ साल चैत्र ३१ गते रोज ४ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563