निर्णय नं. ११९९ - सरजमीं जालसाजी
अ.द.नं. 11९9/2011
नेपाल प्रधान न्यायालय डिविजन बेञ्च
अ. नं १२0
मुद्दा सरजमीं जालसाजी
अपिलाट वादी मोरं प्र. वेली मौजे कोलरुवा गछ सिमरीया बस्ने बालकुमारी कसाइनी
विपक्षी प्रतेवादी ऐ. ऐ. बस्ने वासमति ईलीनीसमेत
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम. ए. बि. एल
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्याय
फैसला
यस्मा हाम्रो ईविवाला वलभद्रसंग लागी वासमतीले लुटपिट कुटपिट मुद्दा चलाएपछि फेरी मो. वि. पुलिसमा चोरीमा उजुर गरि मेरो लोग्नेलाई हीरासतमा थुनेको मौका पारी पुलिसकेको वैडार कृष्णवहादुर र १ जना सीपाईसमेत ल्याई वलभद्रस्मेत भई म मेरो घरमा मलाइ वस्न नदी घर भित्र पसि दसि वरामद भयो भनि हल्ला गरी अव सरजमिं गर्न पर्छ भनि वलभद्रको घरमा गै मलाई नरगवी सरजमी गरे। दर्जा नपुगेको मानीसबाट जालसाजी सरजमिं गराई पाउ भन्नेस्मेत वालकुमारीको निवेदन मा के भएको रहेछ वुझी अैन सवाल वमोजीम गर्नु भन्नेसमेत 08/9/18 को श्री से अच्युतराज ज्यूको तोक रहेछ ।
वलभद्र ले वासमतीलाई उचाली चोरी लुटपिट कुटपिट मुद्दा चलाउन लगाएमा तलासी गर्नु पर्छ भनी वलभद्र डीडुलाल वहीदार सीपाइ समेत घर भित्र पसी १०/5 मिनेट पछि पोकाबाट माल निस्क्यो भनि खान तलासी र सरजमिंस्मेत जालसाजीबाट मनपर्दो गराई ल्यायका छन सो वाला कस्को हो थाहा छैन भन्नेसमेत वालकुमारी को 09/1/9/2 को वयान रहेछ ।
खानतलासी र सरजमिंसमेत पुलिसका जागिरदारले हाम्रो रोहवरमा गरेका हुन वरामद भएकोवाला वालकुमारीले झुण्डाई ल्यायायको पोकाबाट निस्केको हो खान तलासी गर्ने काम हाम्रो नहुदा हामीले जाल साजी गरेको हैन हामीले देखे जानेको कुरा चोरी मुद्दाँको सरजमिं मुचुल्का मा लेखाइ दीयका छौ भन्नेसमेत 09/2/31 को वासमेतको वलभद्र को वयान रहेछ ।
खानतलासी गर्नेकाम पुलीसका जागीरदार आएकाछन हीड् भनी वलभद्रले भनेकोले गए जाकीरदारसमेत घर भित्र पसे केही नीस्केन भनी भनेकोले जागीरदारले गराएको मुचुल्कामा तेसै सै गरी दिएको हु जालसाज गरेको छैन भन्नेस्मेत 09/4/19 को डीडुलालको वयान रहेछ ।
वलभद्र भन्दा आधा घण्टा पछी वालकुमारीको घर मा गए माल केहि निस्केन भंन्थे कागज नसुनी सै गरी दीएको हुँ जालसाज गरेको छैन भन्नेस्मेत ०९।। को वन्देलालको वयान रहेछ ।
वासमती र वालकुमारीको चोरी मुद्दामा पुलीस अफिसका आडर वमोजिं सीपाई म समेत सरजमिंमा गै वालकुमारी सीपाई समेत लाई घर भीत्र पठाई ल्यायको पोको फुकाइ हेर्दा चादीको चुरा २ नीस्कीयो सो चुरा वासमतिले मेरो हो भनेकी र सरजमिं वाल कुमारी स्मेतले चुरा वासमती कै हो भनेकाले तेही वेहोराको कागज गराई पुलिस आफीसमा दाखेल गरेको हुँ जालसाजी गरेको छैन भन्नेस्मेत 09/10/5/1 को कृष्णवहादुरको वयान रहेछ ।
वुझिए सम्मबाट जालसाजी तर्फ विचार गर्दा चोरी मुद्दाँको मीसीलबाट 08 साल श्रावण ३ गतेमा वादी वालकुमारी को घरवाट वादीको वाला वरामद भएको भनी सरजीमींको कागज भएको र सो वाला मेरो घर बाट वरामद भएको ठीक हो भनी सोही मीतीमा वालकुमारीले कागज गरेको देखियको र सो कागज उपर उजुर वाजुर भएको नदेखिनाले जालसाजबाट सरजमिं औ खान तलासी गरेको ठहर्दैन भन्ने समेत 09/10/26को मो. वि. अपीलको फैसला रहेछ ।
मैले तेसकिसिमको कागज गरेकै छैन मेरो सै भिडाई मात्र यीन्साफ गर्नु पर्नेमा सो नगरी जालसाज नठहराई हराएमा नीत्त वुझेन भन्नेसमेत 10/1/14 को वालकुमारीको अपिल रहेछ ।
खानतलासी गर्दा वालकुमारीको घरबाट वाला निस्केको भनि भएको कागजको वालकुमारीको सै छाप मिल्दैन भनि मास्टरले लेखिदीएकोले कृष्णवहादुर समेतका प्रतेवादीलाई छलफल मा झिकाई पेस गर्नु भन्नेसमेत 11/4/4 को सिंगल सिंगल वेञ्चको आदेश रहेछ ।
लुटपिट मुद्दा तर्फ झगडीया झिकिने भएकोले स्व लुटपिट मुद्दा पेस हुदा यो मुद्दा पेस गर्नु भन्ने 011/10/7/5 को सिंगल वेञ्चको आदेश रहेछ ।
यो मुद्दा डिविजन वेञ्चमा पेस गर्नु भन्ने 011/11/27/5 को सिङ्गल वेञ्चको आदेश रहेछ ।
आदेसद्वारा पेस हुन आएको यो मुद्दा अपिलाटको वारेस वम्वहादुर र प्र.वा समेतको अमृत समेतलाई राखि वुझ्दा साछि नराखी दर्जा नपुगेको ठानाको नौसिन्दा १ जनाले मात्र गरेको खानतलासि अैं वीरुद्द देखिदा सदर नहुने र तेस्तो खान तलासी गरी सकेको सरजमिंमा वसी मुचुल्कामा सैं गर्ने मध्यका डिडुलाल वन्देलालहरुले पनी जालसाजीसंगै कागज गरे गराएको रहेछ भन्ने कुरालाई पुष्टायाँई दि वयान गरेको देखियकोले लोग्ने लाई पक्री थुनेको मौका पारी लोग्ने मानीस नभएको अदना स्वास्नी मानीसको घर खानतलासी गर्नु नै जालसाजी गर्नाको मुख्य उद्देश्य रहेछ भन्ने देखिन आएकोमा पनी नीज अपिलाट वालकुमारीका अपिल जिकिर वमोजिं खान तलासी कागजमा परेको निजको सैछाप भनेको सही र मिसिलमा परेको सै छाप जाँच गराउदा पनी कोही सही नवुझिनेसमेत भै मिल्दैन भनी मास्टरले लेखिदिएकोलेसमेत प्रतेवादीहरु मिली जालसाज गरेकै देखिन ठहर्न आएकोले जासाजी ठहर्दैन भनी मो. वि. अपिले गल्ती ईन्साफ गरेको ठहर्छ सो ठहर्नाले तपसीलका कुरामा तपसिल वमोजिं गर्नु मिसिल मिसिल फाटमा वुझाइ दिनु ।
तपसिल
देहायका कुरामा देहाय वमोजिं गर्नु भनि सुरुमा पुर्जि गर्न अ .त फौ. मा लगत दीनु -----
वादी अपिलाट वालकुमारी कसाईनी के मो .वि अपिलका 09/10/23का फैसलाले जालसाजीमा झुट्टा उजुर गरेको ठहराई गर्ने गरेको दण्ड कं रु १ हाल नलाग्ने हुदा असुल भएको भए अैन सवालको रित पुर्याई फिर्ता र नभए लगत काट्ने कलं धरां चन्द्रपुर वजार वस्ने रत्न लाल कसाई के झुठ्ठा वकेको ठहराई ऐ. ऐ .का ऐ. मीतीका फै. ले लीने गरेको कं रु १।– ऐ ऐ...................................................................................................................
देहायका प्रतेवादी के जालसाज गरेको ठहरेकोले कृते कागज का १३ नं ले जनही कं रु ५ का दर्ले दण्ड हुन्छ स्वास्नी मानीसलाई दंस २ नं ले आधीसमेत देहाय वमोजिं गर्ने कलं..................................................................................................................
मोरं प्र. वेली मौजे कोलरुवा गछसीमरीया वस्ने प्र. सुमरीनदास थारु वेरुजु हुदा के .............................................................................................5
ऐ. ऐ. वस्ने छेव धर्नु माझी थारु ऐ. ऐ--------------------------------5
ऐ. ऐ. वस्ने छेव धर्नु माझी थारु ऐ .ऐ -------------------------------5
ऐ. ऐ. वस्ने डीमल खवास ऐ. ऐ ---------------------------------------5
ऐ. ऐ. वस्ने राजेन्द्र प्रसाद कलवार ऐ .ऐ ---------------------------5
ऐ. ऐ. वस्ने कलसु वहरदार ऐ. ऐ ------------------------------------5
ऐ. ऐ. वस्ने हीरा साह तेली ऐ. ऐ. ---------------------------------5
ऐ. ऐ. वस्ने डम्वर सिं थारु ऐ. ऐ. -----------------------------------5
ऐ. ऐ. वस्ने वासमतिया तेलीनी ऐ. ऐ. -------------------------------5
ऐ. ऐ. वस्ने कोकील खवास ऐ. ऐ. ----------------------------------5
ऐ. ऐ. वस्ने तेजु सर्दार थारु ऐ. ऐ. -----------------------------------5
ऐ. ऐ. वस्ने वलभद्र वहादुर खड्गी ऐ. ऐ. --------------------------------5
ऐ. ऐ. वस्ने अमृत माझी थारु रुजु हुदा अैन बमोजिं गर्ने ---------------5
मोरं प्र. भाला भलेनी मौजे चरैथा वस्ने डाक्टर ईलाई मिञाँ वेरुजु हुदा ऐ-5
मोरं प्र. वेली मौजे कोलरुवा गछसिमरीया वस्ने कलसुमाझी थारु ऐ---------5
ऐ विराटनगर गोग्राहा वस्ने नौ कृष्णवहादुर छेत्री के हाल सम्म जागीरमा वाहाल रहे भएको छ भन्ने मिसिल बाटा देखीन नआएकाले जालसाजी गरे वापत कृते कागजका १३ नं का अैं वमोजिं तजवीजी कं रु ५० ।पचास दण्ड हुन्छ वेरुजु हुदा लगत दीने कलं-----------------
झुट्टा वक्ने प्रतेवादीका देहाएका साछीके अ .वं २१३ नं ले तजवीजी कंरु १ का दर्ले जरीवाना हुन्छ ऐ. ऐ-------------------------------------------------------------------------
प्र. वेलीमौजे सीमरीया वस्ने वौताई माझी थारु के कंरु ------------------------------1
ऐ ऐ वस्ने लोकवहादुर खड्गी के कं रु --------------------------------------------1
प्रतेवादी डीडुलाल वंदेलालहरुले हामीले थाहा पाइ सै छाप गरेको हैन भनी वयान गरेको ले नीजहरुलाई र प्र. सी. जीतवाहादुर ०९ साल आषाड मै मरी सकेको भंने मीसीलबाट देखीएकाले नीजलाई समेत केही गर्नु पर्दैन ------------------------------------------
मोरं विराटनगर अपिलका देहाएका मानीसके उल्टी जरीवाना गर्नु पर्दैन----------------
हा.सु सारदा प्रसाद पोखरेलव ---------------------------।
अ ख गेरु प्रसाद कोईराला-------------------------------।
वि. दीनानाथ उपाथ्याय------------------------------------।
भैरवराज पंत हरिप्रसाद
न्यायाधिश प्रधान न्यायाधिश
फाटवाला वि वासुदेव
ईति सम्वत २०११ साल चैत्र १४ गते रोज १ सुभ्म् ----------