• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १२०० - खर्क जगा

साल: २०११ महिना: फागुन फैसला मिति :2011/12/14 ७९

अ.द.नं. 1210/2011

 

 प्रधान न्यायालय डिभीजन बेञ्‍च

मुद्दा न  ६86


नीवेदक प्रतेवादी नरबहादुरसमेत बाग्लुं खारवाँगाउ बस्ने

वीपक्षी वादी पंचे वुढामगरस्मेत बाग्लुं अर्जेल गाउ


मुद्दा खर्क जगा

इजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रशाद प्रधान एम ए बी एल

श्रीमाननीय न्यायाधीश भैरवराज पंत उपाध्या

फैसला

      येस्मा हाम्रो आर्जेल मौजाबाट भोग भयेको पुर्व तेर्छे वडार घोडरडा अनेठा अनेग सीरां थुंका पश्चीं वोवां धुरी वाक्रा धारै धार माझेरीको भां खोला उतर वुका धौलको धारैधार दक्षीण  पैया खोला स्मेत यती ४ कील्ला भित्रको गौ खर्कस्मेत वंपाखो जगा २५ सालका जाँचमा लाल पाटंको खर्चरी रु ७। महभीरको रु १ ।।।३ हामी रैतीले दामासाहिबाट तीरो उठाइ सर्कार दाखील गरी अघी देखी अैं सम्म भोग चलं गरेको वेइलाका पुखर वांगीहरुका वावु वाजे हरुले कीचोला गरी हाम्रो वाजेहरुले उजुर गरी ३९ सालमा पाल्पा अदालतबाट जीतेको ७० साल्मा खानी जाँच गर्दा सो लाल पाटं भन्ने रु ७।को जगा आफ्ना तर्फबाट दर्ता गर्न दावी गरेमा खानी जाँच गर्दा सो लाल पाटं भन्ने रु ७।को जगा आफ्ना तर्फबाट दर्ता गर्न दावी गरेमा खानी जाँचमा उजुर परी हाम्रै ठहराई 7१/12/9मा खानी  जाँचबाट मु राम सिं का नाउमा चलं पुर्जी दियेको सो हाम्रो दर्ताको जगा वाहेक प्रतेवादी भोग गरेको उत्तर पट्टीको हाम्रो दक्षीण पश्चीं पट्टीको मात्र खानी जाँचबाट प्रतेवादीहरुलाई मेठ वंदी तेरीज गरी दियेको पुर्व उत्तरपट्टि हाम्रो लाल पाटं मो रु ७। तीराको भयेकोले प्रतेवादीको सो खर्कमा दावी नपुग्ने सनद गराउदा पुर्व कौडेधुरीमा नीसाये स्मेत ४ कील्ला भीत्रको सावीक अवादी घर धुरी वाहेक लालपाटं भन्ने बं जङ्गल पाल्नु भंने ७३ साल्मा मु हर्कमानको बावु आटु वुदारामसिंका नाउमा वंपालाको सनद भयको खर्चरी रु ७। महभीर १।।।३ साल साल १० वर्षेमास्मेत दर्ता गराइ भोग चलं गरेको ४ सालको घर सदरमा मोरु 18/93/3 अर्जेल रैतीले वुझाउने भंने लेखी प्रतेवादी हस्तवीर सदरमा जनाइ देहायका लाल पाटं खर्चरी रु ७। महभिर रु 1/93/3 हस्तवीरका नाउमा दर्ता भयपनी हाम्रो हक भोग भयकोले हस्तवीरको ९७ साल्माचलनी पुर्जी ली भोगी आयको लाल पाटं महभीर लभंपुंका छोड पत्रको ४ कलंस्मेतमा किचोलागरी राम सों संग मुद्दापरि डीसमीस भै माल्मा दर्ता तीरोस्मेत चलेकाले हाम्रो हक भयको भनी जवाफ दियकाले अ. वं 111नं का म्याद थाहा पाएका ३५ दीन भीत्र नालेस गरेको छु २५ सालको तेरीज ३९ साल्को जीतापत्र ७१ साल्को पुर्जी स्मेतबाट प्रतेवादीहरुको दावी नपुग्ने हुनाले हाम्रो सदर गरी थामी पाउ भंने 02/10/14 को पंचे वुढास्मेतको फेराद ।

     भागीमां को पुर्खा अठार पवुं लाई ४ गाउ सितको साँध  वौल्पा दोभानस्मेत १६ कील्ला भीत्रको रेख जगा वन वुझी सेरी मेरी वन वनाउलोस्मेत जाङ गाउ र खार वां गाउले खानु भंने सिमल साहीले कीपट गरी दिएको ९4/11/25 साल्का महाजाँचमास्मेत दर्ता दर्रां भै भोग चलं गरी आयको वन वुकी खर्कमा वादीका गाउको लछुमंपुंले जरीवुटी खनी दावी कीचोला गरेमा म भागी मां को वाजे नामजालले वींती चढायको थाहापाई पु मोलर्ठों पुंस्मेतले अदालतमा नालेस दीनु पर्ने भै नालेस दीदा खारवाँगाउकै कायं गरी 40/1/12 मा म भागी मांको बाजे नाम जालका नाउमा जीतापत्र भएको स्वही किल्ला भीत्रको लाल पाटंस्मेतका ५ खर्कमा मिचां गरेमा नाम जाल घर्तीले वींती चढाउदा ४३ साल्मा दस्तखत भै ४६ साल्मा खारवां गाउकै कायं गरी जीतापत्र भयको ६५ साल्मा फेरी दोश्रो मुद्दापरी जीतापत्र भयको ७१ सालमा डीसमीस 75 +˟77 साल्का फैसला बाट जीतीपाएको 71˟48 साल्को मोठमा खारवां गाउ मौजा का .मु नरवहादुरका नाउमा रु 2/36 धावहादुर उदवीरका नाउमास्मेत स्वही वमोजिं दर्ता भयको सो गभरी गाउको सीरपुछ ध्यापसा थापनाले धुरी खर्क तीं धारादुंजादेखी उत्तर पश्चीं दक्षीण तर्फ हाम्रो खर्क पर्ने र लेखीयको कील्ला देखी पुर्व दक्षीण अर्जेली गाउको भयकोले अघी पटक पटकका फैसला वमोजीं हाम्रै हकसदर थामी पाउ भंने नरवहादुर उदवीर धनवहादुर भागीमान को र २५ साल्को जाँच र १० वर्षे घर दरमास्मेत हस्तवीरका नाउमा दर्ता भएपनी हामीले हक छोडी वादीको चलं भयको ७० साल्को खानी जाँचमा भागी मानले खीचोला गर्दा हाम्रै ठहरी चलं पुर्जी पायकोमा प्रतेवादीहरुले दोहरा दर्ता गरेको वदर गरी वादी कै हक सदर गर्नु पर्ने भंनेस्मेत हस्तवीरस्मेतको 2003/12/29 को प्रतेवादी  परेकोमा।

झगडापरेको जगामा अर्जेल गाउको मु.राम सिंस्मेतको र प्रतेवादीका वाजे वावुहरुस्मेतको सो सीमाना भीत्रको जगा झगडा परी 40/1/12 मा प्रतेवादीका गाउलेले जीतेको सो जगामा झागडा पर्दा नगर्नु भंने 43/12/9 मा कजदेव  म झोखं वडापत्र भै गएका ४६ साल्मा झगडा परी खारवां गाउले जीतेको 3९ सालमा  जीतेको फैसला नक्कल वादीले पेस  गरेपनी त्यसपछिका फैसला बाट   खारवां गाउको हक हुन आयकोले ३९ साल्को फैसलाकायं नहुने ७५ सालमा नालेस पार्दा प्रतेवादीको ठहराई वादी तर्फबाट तारेख छाडी खारेज भयको हुनालेस्मेत वादीको दावी पुग्न नसक्ने ठहराई 03/6/20/1 मा वाग्लुङ्ग अदालतबाट फैसला भयको ।

      अघी ४० साल देखी वखत वखत झगडा परी गाउकै हकलाई ली हारजीत भै आखीर ७७ सालको फैसला मीतीले 14˟15  वर्ष वाद पर्न आयको नालेस डायर राख्न नमिल्ने हुदा खारेज हुने ठहर्छ भनी 03/4/30 मा पाल्पा अपिलबाट फैसला भयपछि ।

पुरनु तीरो रु ७। दर्ता वादीतर्फ नया तीरो रु ३।लागी प्रतेवादी तर्फ भै दुवै तर्फ कायें रहेको देखीयकोले दुवै तर्फ तीरो कायं राखी खारेज गर्न हुदैन इन्साफ गरी दिनु भनी प्रधान न्यायालयले दोश्राबाट 03/8/15 मा फैसला भै ।

सरजमींबाट सो जगा हरु खानी भीत्रको नभै अर्जेली गाउ तर्फको रहेछ भंने प्रष्ट देखीन आयको सो वमोजींको जगा अर्जेली गाउ तर्फको नभय अर्जेली गाउको कील्ला यो हैन भनी देखाउन लेखाउन सक्नु पर्ने नक्सा उपर उजुर नपरेको प्रतेवादी पट्टी 74˟94˟97 साल्मा नया दलां देखीन आयेकोले वादी कै अर्जेली गाउलेको दर्ता तेरीज भीत्रकै ठहर्छ भनी 04/5/8/1 मा पाल्पा गौडाबाट फैसला भयको ।

 इनै प्रतेवादी मध्यको भागी मां संग ७१ साल्मा खानी जाँचमा यही जगामा झगडा परी खानी  वाहेकको जगा ठहरी स्व वमोजीमं २५ साल्को दर्ता कायें रही अर्जेली गाउले तर्फले  चलं भोग भयको जगामा १˟2 जना संग मात्र झगडा गरी जीतेको भंदैमा सवैको हक चलंको जगा जान्छ भंने नहुने प्रतेवादीहरुले पुरानो तीरो गरेको पनी नदेखीएको र पछी ७४ साल्मा छुट्टै बेइलाका  सल्याणा माल तर्फ नञा दर्ता गरेको देखियको नक्साबाट झगडा परेको जगा वाग्लुं इलाका तर्फ देखीनाले अर्जेली गाउ तर्फ को जगा ठहरेकाले तीराका हक्मा अर्जेली गाउको दर्ता तेरीज भीत्र गुल्मी माल्को दर्ता कायें  राखि सल्याणा माल जांखरवां गाउको तीराको दर्ताको लगत कट्टा गर्ने ठहराई पाल्पा गौडाले जाहेर गरेको मनासीव ठहराई 05/8/23 मा प्राधान न्यायालय दोश्रा ले छीनेको ।

प्रधान न्ययालय दोश्राले छीनेको मनासीव गरी 07/9/25 मा खङ्ग नीसानाबाट छीनेको स्व इन्साफामा चीत्त वुझेन दोहराइ इन्साफ जाँची पाउ भंने समेत प्रतेवादी नरवहादुर स्मेतको नीवेदनमा वेहोरा साँचो भया मिसील झीकी इन्साफ जाँची अैं सवाल मोजिं गर्नु भंने आदेश भै मिसील झिकाइ पेश हुदा डिभिजन वेंच खडा भये पछि पेश गर्नु भंने आदेश वमोजीं हाजिर हुन आयेको वादीको वारेस तुल्सी प्रसाद प्रतेवादीहरुको वारेस अर्जुन वहादुरस्मेत दुवै थर झगडीया राखि वुझ्दा झगडा परेको जगा नक्सा मेठ वंदीका कील्ला वाहीर देखीयेको हुनाले र अरु प्रधान न्यायालयका फैसलामा लेखीयका वुंदा प्रभावबाट इन्साफ गरी खड्ग नीसाना भै छीनीयको इन्साफ मुनासीव छ मुद्दाँ दोहहरायमा प्रतेवादी सल्यान खारवां वस्ने प्र. नरवहादुर रोका मगर ऐ वस्ने धनवहादुर वली श्रेष्ट १ स्मेत ४ जनाले सुरु डंड रु 7/89 को हाकीं का नाउमा कराउनेको ११ नं ले सैक्रा १० ले रु ।७९ पैसाल डंड हुन्छ वारेस हुदा दामासाही ले असुल गर्नु भनी लगत दी मिसील फाँटमा वुझाई दीनु ।

भैरवराज पंत        प्रधान न्यायायधीश

न्यायाधीश            प्रधान न्ययाधीश

इती सम्वत २०११ साल चैत्र १४ गते रोज १

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563